आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य)हरू प्रदर्शन गर्नु भएता पनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट चन्द्र पात्रोअनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सव २०८०, कार्तिक १८ गते शनिबारको दिन परेको छ । लुम्बिनीमा तत्कालीन महाराजा शुद्धोधन र महारानी मायादेवीको सुपुत्रको रूपमा राजकुमार सिद्धार्थ गौतमको जन्म…
Read Moreवर्ग: विविध
बौद्धधर्मावलम्वीका लागि विजयादशमीको महत्व
विजयादशमीको दिन बौद्ध धर्मावलम्बीहरुका लागि पनि महत्वपूर्ण र विशेष दिन हो । विजयादशमीलाई बौद्ध धर्मावलम्वीहरुले अहिंसा दिवसको रूपमा मान्दै आएका छन् । बौद्ध धर्मावलम्वीमध्ये पनि थेरवादहरुका लागि विजयादशमी अझ विशेष दिन हो । उनीहरु आ–आफ्नो विहारमा यसलाई भव्यताका साथ मान्दछन् । यस दिन हत्या, हिंसा र मारकाटबाट आफूलाई राजाबाट सम्राट बनाउन पुगेका मौर्य राजा अशोकले आफ्नो जीवनमा नयाँ परिवर्तन देखाएका थिए । कलिङको युद्ध उनको विजयी अभियानको अन्तिम युद्ध बन्न पुगेको थियो । यस युद्धमा देखिएको मृत्यु र शोकबाट सम्राट अशोक एकदमै विक्षिप्त बने । उनको यो बेचैनी बालक बौद्ध…
Read Moreबुद्धको नजरमा ‘अछुत’
एकपटक एक स्थानमा भगवान् बुद्धको धर्मसभा चलिरहेको थियो । बुद्ध ध्यानमग्न अवस्थामा बसेर चिन्तन गरिरहेका थिए । त्यति नै वेला उनको धर्मसभा भइरहेको स्थानको बाहिर उभिएका एक व्यक्ति आक्रोशपूर्वक निकै जोडले चिच्याइरहेका थिए । आज मलाई यस धर्मसभामा बस्ने अनुमति किन दिइएन ? यो कस्तो धर्मसभा हो ? शान्त सभामा उनको क्रोधमिश्रित चर्को बोलीले सभाभवन नै गुञ्जायमान भयो । तर, बुद्धले यसतर्फ कुनै चासो दिएनन् । उनी उसैगरी ध्यानमग्न नै रहे । ती आगन्तुकले पहिलेभन्दा पनि झनै चर्को स्वरमा आफ्नो प्रश्न दोहो¥याए । शिष्यहरूले सभामा शान्ति कायम राख्न ती आगन्तुकलाई भित्र आउने अनुमति दिन बुद्धसित अनुरोध गरे ।…
Read Moreबौद्ध धर्ममा महायानको परिभाषा
महायान वर्तमान कालमा बौद्ध धर्मको दुई प्रमुख शाखाहरू मध्ये एक हो । अर्को शाखाको नाम थेरवाद हो । महायान बुद्ध धर्म नेपालबाट आरम्भ भएर उत्तरतिर धेरै अरू एसियाली देश हरूमा फैलिएर गएको पाईन्छ, जस्तै भारत, चीन, तिब्बत, कोरिया, जापान, ताइवान, भूटान, मंगोलिया र सिंगापुर । महायान सम्प्रदायको अगाडि अरू उपशाखा हरू पनि छन्, मसलन जÞेनरचान, पवित्र भूमि, तियानताई, निचिरेन, शिन्गोन, तेन्दाई तथा तिब्बती बौद्ध धर्म । थेरवाद र महायानको फरक थेरवाद शब्दको अर्थ हो श्रेष्ठ पुरुषहरुको कुरा । बौद्ध धर्मको यो शाखामा पाली भाषामा लेखिएको प्राचीन त्रिपिटक धार्मिक ग्रन्थहरूका पालन…
Read Moreगुम्बै-गुम्बाको गाउँ चुमनुब्री
गोरखाको चुमनुब्री गुम्बैगुम्वाले भरिएको छ । नयाँ र पुराना गरी ९२ वटा गुम्वा रहेको यहाँ झण्डै ९४ प्रतिशत बौद्ध धर्मालम्वीहरु बसोबास गर्छन् । रिम्पुचेहरुबाट संरक्षित चुमनुब्रीका गुम्बाहरु ध्यान गर्ने र ज्ञान प्राप्त गर्ने थलोको रुपमा परिचित छन् । पिटिसी-श्रृंगी हिमालको काखमा रहेको यो श्रृंगी गुम्बा बौद्धधर्मालम्वी ध्यान र ज्ञान केन्द्रका रुपमा लिने गर्दछन् । गोरखा चुमनुब्रीको शेराङमा रहेको स्थानीय शेरांगी नामले चिनिने श्रृंगी गुम्बामा रेजेन लामाले ८ महिनाको ध्यान गर्दै तपस्या पूरा गरे । उनी अहिले यही गुम्बामा बस्छन् । बेलाबेलामा गुरुका रुपमा रहेको रिम्पुचेको प्रवचन र औतारी लामा दर्शन…
Read Moreकाठमाडौँका बौद्धमार्गी कालभैरव पछाडि किन टेक्दैनन् ?
कालभैरवको मूर्तिलाई काठमाडौँ उपत्यकामा न्यायको प्रतिकको रुपमा लिइन्छ । प्राचीनकालदेखि नै यो मूर्तिलाई न्याय निसाफ गर्ने देवताको रुपमा लिइदै आएको छ । काठमाडौँभित्र रहेका विभिन्न धार्मिक सम्पदामध्ये कालभैरवको मूर्ति प्रति बौद्ध धर्मावलम्वीको पनि अगाध आस्था रहेको छ । तर काठमाडौंका गुभाजु, बज्राचार्य, शाक्य लगायत बौद्ध धर्मावलम्बीहरू कालभैरव प्रदक्षिणा गर्दा अरू मन्दिरमा जस्तो ठ्याक्कै पछाडिबाट घुम्दैनन् । बरू पछाडिको डबलीमाथि चढेर प्रदक्षिणा पूरा गर्छन् । ‘जंगबहादुर राणाको पालामा यही कालभैरवको मूर्तिपछाडि बौद्ध धर्मका थुप्रै ग्रन्थ र थ्यासफूः (पुराना पाण्डुलिपि) जलाएर नष्ट गरिएको कारणले बौद्ध धर्ममा आस्था राख्नेहरूले कालभैरव मूर्ति पछाडिको भुइँ…
Read Moreपाटनः खुल्ला बौद्ध संगहालय
दुई वर्षजति अगाडि पाटन सहरमा सम्यक् पर्व मनाइएको थियो र यसले धेरैको ध्यान खिचेको थियो । प्रत्येक पाँच वर्षमा मनाइन्छ, यो पर्व । यो पर्व काठमाडौंमा पनि मनाइन्छ अनि भक्तपुरमा पनि । तर बढी चर्चा पाटनको सम्यक् पर्वकै हुन्छ, किनभने यो ठीक समयको अन्तरको ठीक अवसरमा हुने गर्छ । वंशावली अनुसार यो पर्व पाटनमा मनाउन थालेको सात सय वर्ष भयो र यसको सिधा–सिधा सम्बन्ध पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहारसँग छ । यो पर्व खासमा दान र दिपंकर बुद्धसँग सम्बन्धित छ । यो पर्वको सबैभन्दा ठूलो विशेषता भन्नु नै विशाल दिपंकर बुद्धका प्रतिमा नागबहालयमा ल्याएर प्रदर्शन गर्नु हो ।…
Read Moreएउटै ढुङ्गामाथि बनेको सोलुखुम्बुको प्रशिद्ध गुम्बा (फोटो फिचर)
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, वडा नं. २, फुग्मोछेमा अवस्थित फुग्मोछे ङग्यूर कर्मा छ्योलिङ गोन्पा सोलुखुम्बु जिल्लाकै प्राचीन ऐतिहासिक महत्त्व भोकेका गोन्पाहरू मध्ये एक गोन्पा हो । प्राचीनकालमा बौद्ध धर्मको प्रचार–प्रसारको क्रममा तिब्बतबाट धेरै प्रसिद्ध लामाहरू पाल्नु भई करिब १६ औँ शब्तादीदेखि यस स्थानमा ध्यान साधना गर्ने र बौद्ध शिक्षा दीक्षा दिने केन्द्रको रही आएको कुरा विभिन्न धार्मिक गरु परम्पराका पुस्तकहरूमा पाइन्छ । विशेष गरी ञिङमा परम्पराको डकार अन्तर्गत शिठो रङसल (क्रोधि–शान्ता स्वप्रकाश) को साधना विधिका गुरु परम्पराका गुरुहरू ख्याप्दक कर्मा ङेतोन, उर्गेन साङक तेन्जीन, ङवाङ साङक तेन्जीन, ञयाग्री पेमा छेवाङ,…
Read Moreबुद्धले राजा प्रसेनजीतलाई कसरी पशु बलि बिरोधी बनाए ?
बुद्ध कालिन समयको कुरा हो, त्यस समयमा कौशल देशमा प्रसेनजीत नाम गरेको एकजना राजा थिए । एक समय जब प्रसेनजीत समस्या नै समस्यामा परे, राजा समस्याहरुबाट छुटकारा पाउने बाटो भेट्टाउन सकिरहेको थिएनन् । यश समस्याको कारण अजातसत्रुको चिन्ता धेरै बढेको थियो । त्यसै समयमा उसको भेट एक तान्त्रिकसगं भयो । राजाले तान्त्रिकसगं चिन्ताको कारण बताए । तान्त्रिकले राजालाई समस्याबाट छुटकारा पाउनको लागि पसु बलिदिने उपाय बताए । राजाले तान्त्रिकको कुरामा बिश्वास गरेर पशुहरुको बलि दिने निर्णय गरे । यशको लागि एक ठुलो अनुस्ठानको तयारी गरियो र बलिको लागि भैंसीलाई बाधेर…
Read More‘ॐ मणि पेमे हुङ’ को अर्थ र जप गर्दा हुने लाभहरु
शक्ति र शान्तिको मन्त्र “ॐ मणि पेमे हुङ”को अर्थ ॐ : ॐ ले शिर अर्थात् मन्त्रको शिर जनाउछ तसर्थ ॐ भनेको मन्त्रको शिर वा टाउको हो भनेर बुझ्नुपर्दछ । मणि : मणिले बहुमुल्य अर्थात् बहुमुल्य रत्न जनाउछ |तसर्थ मणि भनेको बहुमुल्य रत्न हो भनेर बुझ्नुपर्दछ । जुन आर्य आवलोकेश्वरको हातमा प्रत्यक्ष देख्न सकिन्छ। पेमे : पेमे ले जगतमा सबै भन्दा राम्रो फुल अर्थात कमलको फुल जनाउछ तसर्थ पेमे भनेको कमलको फुल हो भनेर बुझ्नुपर्दछ। जुन फुल पनि आर्य आवलोकेश्वरको हातमा देख्न सकिन्छ । हुङ : हुङले चित्त बज्र अर्थात आत्मा…
Read More