नेपाली बुद्धिस्ट न्यूजले गुरु पद्मसम्भव (गुरु रिन्पोचे)को जीवनी नेपाली भाषामा प्रकाशन गरेको छ । तिब्बती भाषामा रहेको गुरु पद्मसम्भवको जीवनीलाई खेन्पो जितलाल तामाङले नेपाीमा अनुवाद गर्नु भएको हो । गुरु पद्मसम्भवको बारेमा सहज र सरल नेपाली भाषामै उनका अनुयायीहरुले बुझ्न सकुन् भनेर अनुवाद गरिएको खेन्पो तामाङले बताउनु भयो । नेपाल बुद्धिस्ट न्यूजले एनबी टीभीमा बौद्ध धर्मका महत्वपूर्ण गुरुहरुको जीवनीको अडियो बुक बनाउने क्रममा गुरु पद्मसम्भवको नेपाली भाषामा सहजै पूस्तक पाउन नसकेपछि आफै अनुवाद र प्रकाशनमा संलग्न भएको हो । खेन्पो जितलालसहितको समूहले करिब डेढ वर्ष लगाएर गुरु पद्मसम्भवको जीवनीलाई नेपालीमा…
Read Moreमहिना: मार्च 2024
छोग्याल रिन्पोछेको जन्मदिनमा फर्पिङमा महामुद्रा हल उद्घाटन
श्रद्धेय गुरु छोग्याल रिन्पोचेको जन्मदिनको अवसर पारेर फर्पिङमा महामुद्रा हल उद्घाटन गरिएको छ । सोमवार उद्घाटन गरिएको महामुद्रा हल बाँस, माटो लगायतका स्थानीय सामग्रीको प्रयोग गरेर मौलिक तरिकाबाट निर्माण गरिएको छ । यो हलमा गहिरिएर ध्यान साधना गर्न चाहने रेपा कार्यक्रम अन्तर्गतका साधक÷साधिकाले आवासीय सुविधासहित प्रयोग गर्न पाउने छन् । हल उद्घाटनपछि छोग्याले रिन्पोछेले सम्पुर्ण दाताहरु, हल निर्माणमा खटिएका श्रमिक तथा स्वयंसेवक तथा हल डिजाइन गर्ने इन्जिनियरहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
Read Moreलुम्बिनीमा त्रिपिटक पाठ सम्पन्न
बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीन दिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन मंगलबार सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिकासहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो । त्रिपिटक पाठको मंगलबार निवर्तमान शिक्षामन्त्री अशोक राईले समापन गरे । समापन समारोहलाई सम्बोधन गर्दै निवर्तमान शिक्षामन्त्री राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरुको संगालो त्रिपिटक पाठले विश्वभर सकरात्मक सन्देश प्रवाह गरेको बताए । गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै बुद्धको शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको उनले बताए । उनले विश्वमा देखिएको अशान्ति…
Read Moreनेपाल बुद्धिस्ट एसोसियसनद्वारा छात्रवृत्ति प्रदान
त्रिभूवन विश्वविद्यालय अन्तर्गतको पाटन संयुक्त क्याम्पसमा नेपाल बौद्ध संघले छात्रवृत्ति प्रदान गरेको छ । उक्त क्याम्पसमा बौद्ध शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्रदान कार्यक्रममा नेपाल बौद्ध संघमा प्रमुख छोग्याल रिन्पोछे विशिष्ट अतिथिको रुपमा समेत सहभागि हुनुहुन्थ्यो । १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । नेपाल बौद्ध संघले प्रदान गरेको छात्रवृत्तिका कारण बौद्ध शिक्षाको अध्ययन गरिरहेका विद्यार्थीमा उत्साह थपिएको इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. लक्ष्मणसिंह कुँवरले बताए । त्यस्तै कार्यक्रममा बोल्दै इतिहास तथा बौद्ध विभागकी विभागीय प्रमुख डा.…
Read Moreलुम्बिनीमा तेस्रो अन्तराष्ट्रिय त्रिपिटक वाचन सुरु
बुद्धजन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । बौद्ध धर्मको मुख्य ग्रन्थको त्रिपिटक वाचनमा स्वदेश तथा विदेशी धर्मगुरु सहभागी छन् । त्रिपिटक वाचनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रबद्र्धनका साथै विश्वभर शान्तिको सन्देश फैलाउने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शनसहित त्रिपिटकको महत्वबारे जानकारी गराउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन हुँदै आएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषको समन्वयमा सुरु त्रिपिटक वाचनले बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रबद्र्धन गर्ने विश्वास गरिएको छ । तीन दिनसम्म लुम्बिनीस्थित…
Read More