काठमाडौँ, असोज १९ । नेपाल बौद्ध महासंघले नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले संसद्मा बौद्ध गोन्पाहरूबारे दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पार्टीलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा) र कोषाध्यक्ष पेमा दोन्देन गुरुङले सोमबार बिहान एमाले केन्द्रीय कार्यालय पुगेर महासचिव शंकर पोखरेललाई उक्त पत्र हस्तान्तरण गर्नुभएको हो। असोज १८ गतेको ध्यानाकर्षणपत्रअनुसार, थापाले गत भदौ ३ गते प्रतिनिधिसभाको बैठकमा अघिल्लो वर्षको जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार गोन्पाहरूमा लुकाइएको हुन सक्ने र त्यहाँ शक्ति सङ्ग्रह भइरहेको आशङ्का व्यक्त गर्नुभएको थियो। महासंघले उक्त अभिव्यक्तिलाई तथ्यहीन, भ्रामक र पूर्वाग्रहपूर्ण भन्दै…
Read MoreCategory: विविध
गोन्पा विद्यालयहरूको बृहत् भेला कात्तिक २० गते
काठमाडौं । नेपाल बौद्ध महासंघअन्तर्गतको बौद्ध विद्यालय समिति नेपालको बैठकले आगामी कात्तिक २० गते गोन्पा विद्यालयहरूको बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ । नेपाल बौद्ध महासंघको सभा कक्षमा बसेको समितिको बैठकमा विभिन्न गोन्पा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूसँग गोन्पा शिक्षाको अवस्था, शैक्षिक विकास, व्यवस्थापन तथा आगामी कार्ययोजनाबारे व्यापक छलफल गरिएको थियो । छलफलपछि २०८३ साल कात्तिक २० गते शुक्रबार गोन्पा विद्यालयहरूको बृहत् भेला आयोजना गरी नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरिएको समितिले जनाएको छ । भेलामार्फत गोन्पा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शैक्षिक नीतिको प्रभावकारी कार्यान्वयन तथा विद्यालयबीचको आपसी समन्वय र…
Read Moreमुस्ताङ किदुग यूएसएद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड २७ लाखभन्दा बढी सहयोग
काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित मुस्ताङ किदुग यूएसए इन्क. (Mustang Kyidug USA Inc.) ले नेपालमा हालैको बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड २७ लाख ३८ हजार ५ सय ७६ रुपैयाँ सहयोग प्रदान गरेको छ। संस्थाले बिहीबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई ८५ हजार ९ सय ३१ अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरिएको मुस्ताङ किदुगले जनाएको छ। नेपालमा विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले अमेरिकामा रहेका नेपाली तथा सहयोगीहरूबाट संकलित रकम नेपाल…
Read Moreआलोक पिस फाउन्डेसन नेपालमा राहत अभियानमा सहभागी हुँदै, ‘आलोक’ पनि नेपाल आउँछ कि आउँदैन भन्ने चासो
काठमाडौं। नेपालमा हालै आएको आकस्मिक बाढीबाट प्रभावित समुदाय तथा जोखिममा परेका पशुको उद्धार र राहतका लागि आलोक पिस फाउन्डेसन (Aloka Peace Foundation) नेपाल आउने भएको छ। असोज २१ देखि २८ गतेसम्म (७–१४ अक्टोबर २०२६) सञ्चालन हुने राहत अभियानमा आलोक पिस फाउन्डेसनले हुओङ तु लभिङ काइन्डनेस फाउन्डेसन (Hương Từ Loving Kindness Foundation) तथा नेपालमा पशु कल्याणका क्षेत्रमा कार्यरत स्नेहाज केयर (Sneha’s Care) सँग सहकार्य गर्ने जनाएको छ। नेपाल आउने राहत प्रतिनिधिमण्डलको नेतृत्व वाक फर पिस (Walk for Peace) अभियानका नेतृत्वकर्ता तथा हुओङ तु लभिङ काइन्डनेस फाउन्डेसनका संस्थापक भिक्षु पञ्ञाकार तुए न्हान…
Read Moreबौद्ध सम्पदा र आधुनिक विकास जोड्दै गेलेफु, ‘प्रोजेक्ट १०८’ अन्तर्गत एकै दिन १०८ स्तूप सम्पन्न गर्ने तयारी
काठमाडौं, १४ असोज । बौद्ध आध्यात्मिक सम्पदा, प्रकृतिसँगको सामञ्जस्य र आर्थिक समृद्धिलाई जोड्ने उद्देश्यसहित भुटानले गेलेफु माइन्डफुलनेस सिटीको विकास अघि बढाइरहेको छ। यसै योजनाको आध्यात्मिक पहल ‘प्रोजेक्ट १०८’ अन्तर्गत आगामी १ नोभेम्बर २०२६ मा १०८ वटा बोधि स्तूप एकसाथ सम्पन्न गर्ने तयारी भइरहेको छ। भुटानका राजा जिग्मे खेसर नामग्येल वाङ्चुकको परिकल्पनामा अघि बढाइएको गेलेफु माइन्डफुलनेस सिटी भारतको असम राज्यसँग सीमा जोडिएको दक्षिणी भुटानमा अवस्थित छ। आधिकारिक वेबसाइटअनुसार यसको क्षेत्रफल ४,०४६ वर्गकिलोमिटरभन्दा बढी छ, जुन भुटानको कुल भूभागको करिब १० प्रतिशत हो। फेब्रुअरी २०२४ मा राजकीय अधिकारपत्रमार्फत स्थापना गरिएको यस विशेष…
Read Moreराहत कोषमा डोल्पो समाजको २० लाख सहयोग, दिगो पर्यटन विकासको प्रस्ताव पेस
काठमाडौं । डोल्पो समाजले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । सोही अवसरमा समाजले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माथिल्लो डोल्पाको दिगो पर्यटन विकाससम्बन्धी प्रस्तावसमेत पेस गरेको छ । समाजका अनुसार संस्थापक तथा प्रमुख सल्लाहकार न्यिमा रिन्पोछे र अध्यक्ष दावा डाडुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलमार्फत उक्त सहयोग हस्तान्तरण गरेको हो । समाजले राहत सहयोगमा साथ दिनुहुने शाक्य रिन्पोछेलगायत सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ । माथिल्लो डोल्पाका डोल्पो बुद्ध,…
Read Moreभोटेकोशी बाढीपीडितका लागि कपन गुम्बाद्वारा ३० लाख सहयोग
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल बौद्ध महायान केन्द्र, कपन गुम्बाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ। कपन गुम्बाका प्रतिनिधिहरूले उक्त रकमको सहयोग अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको गुम्बाले जनाएको छ। सहयोग हस्तान्तरणका क्रममा कपन गुम्बाले राहत सहयोगका लागि आवश्यक सहजीकरण तथा समन्वय गरेकोमा अर्थमन्त्रीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ। नेपाल बौद्ध महायान केन्द्रअन्तर्गतको कपन गुम्बाले बौद्ध अध्ययन, साधना तथा शिक्षाका साथै विभिन्न…
Read Moreबाढी पीडितलाई छोक्नी रिन्पोछेको ५० लाख रुपैयाँ सहयोग
काठमाडौं, — गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि चोभारस्थित छोक्नी गेछाक लिङ गुम्बाका प्रमुख श्रद्धेय छोक्नी रिन्पोछे तथा छोक्नी नन्स वेलफेयर फाउन्डेसनको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५०,००,००० (पचास लाख रुपैयाँ) सहयोग प्रदान गरिएको छ। बौद्ध दर्शन र बुद्धधर्मलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्दै नेपाल भूमिमा करुणा, सेवा र मानव कल्याणको उदाहरण प्रस्तुत गर्नुहुने श्रद्धेय छोक्नी रिन्पोछेज्यूलाई हार्दिक नमन तथा कृतज्ञता व्यक्त गरिएको छ । यस सहयोगले रसुवाका प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको…
Read Moreबाढीपहिरो प्रभावितका लागि छोग्याल रिन्पोछेद्वारा १० लाख सहयोग
काठमाडौँ, २ असोज २०८३। बीआईए फाउन्डेसन तथा रेपा नेपालका संस्थापक पुजनीय छोग्याल रिन्पोछेले बाढी–पहिरोपीडित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्नुभएको छ। रिन्पोछेले शुक्रबार काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राहत कोषका लागि उक्त रकम हस्तान्तरण गर्नुभएको हो। परराष्ट्रमन्त्रीसँगको भेटमा उहाँले रसुवा र नुवाकोटलगायत बाढी–पहिरो प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त बस्तीको पुनर्निर्माण र विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनामा पनि सहयोग गर्न आफू प्रतिबद्ध रहेको रिन्पोछेले बताउनुभएको छ। बीआईए फाउन्डेसन र रेपा…
Read Moreबौद्ध स्तूप परिसरमा विश्व शान्ति पूजा कार्यक्रम सम्पन्न
भोटेकोशीमा आएको बाढीका कारण केरुङ, रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न स्थानमा भएको विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मानव तथा प्राणीहरूको चित्तविज्ञान मुक्तिको कामना गर्दै आयोजित विश्व शान्ति पूजा कार्यक्रम बिहिवार सम्पन्न भएको छ । विपत्तिको २१औँ दिनको पुण्यतिथिको अवसर पारेर बौद्ध स्तूपा परिसरमा आयोजित कार्यक्रममा मोन्लाम पूजा, दीप प्रज्वलन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। प्राकृतिक विपत्तिबाट प्रभावित परिवार तथा समुदायको शान्ति, साहस र कल्याणको कामनासहित विश्वमा शान्ति र करुणाको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा परम पूजनीय ख्याब्जे श्याल्पा रिन्पोछे ज्यू प्रमुख गुरुका रूपमा सहभागी हुनुभएको…
Read More