बसन्त महर्जन पशुपति आर्यघाटबाट उत्तर वाग्मती नदीको विपरित दिशामा अघि बढ्न हिजोआज बायाँ किनारमा बाटो बनेको छ । अलि अगाडि बढेपछि दुई वटा गुफा भेटिन्छ । निकै खोंचमा रहेको यो ठाउँसम्म पुग्न कैलाश पर्वतबाट सानो खुड्किलाहरु पनि बनेका छन् । यहाँ पुग्ने अर्को बाटो भनेको गौरीघाटबाट दायाँ किनारा लागेर अलि तल झर्ने हो । अलि एकान्त र मान्छेको चहल पहल पनि उस्तो नहुँदा दिउँसै अँध्यारोजस्तो वा कहाली लाग्दो वातावरण पाइन्छ । लागू पदार्थ सेवन गर्ने कुलतमा फसेका युवाहरुको अखडा भएकाले जो कोही सज्जनहरु प्रायः यतातिर जाँदैनन् । तर यहाँ रहेका…
Read Moreमहिना: अगस्ट 2020
पशुपति राजराजेश्वरी घाटको बुद्ध मूर्ति
पशुपति क्षेत्रको राजराजेश्वरीघाटमा बुद्धको उभिएको एउटा सुन्दर मूर्ति छ । सो क्षेत्रमा बुद्धका अन्य प्राचीन मूर्तिहरु पनि प्रसस्त मात्रामा पाइन्छन् । विभिन्न कालमा बनेका ती मूर्तिहरुले त्यति बेलाको इतिहास, संस्कृति, समाज र ज्ञानविज्ञानका कुराहरु व्यक्त गरिरहेका हुन्छन् । त्यहाँ प्राप्त प्रत्येक मूर्तिका आआफ्नै विशेषताहरु छन् र उल्लेखनीय नै मान्नु पर्दछ, शैव मूर्ति हुन् वा वैष्णव मूर्ति, शाक्त मूर्ति हुन् वा बौद्ध मूर्ति । बौद्ध मूर्तिहरुका सम्बन्धमै पनि लामो चर्चा सकिन्छ तर यहाँ उल्लेखित मूर्तिमा नै केन्द्रित हुनाका कारण बुद्धका अन्य मूर्तिहरुमध्येमा पनि यो विशेष उल्लेखनीय हुनु हो । मूर्तिको सुन्दर…
Read Moreकाठमाडौं उपत्यकाको बौद्ध नेवार समाजमा प्रचलित ‘पञ्जराँ’ पर्व
बसन्त महर्जन बौद्ध धर्मदर्शनमा बज्रयान विस्तृत भूभागमा फैलिएर लामो समयदेखि जीवन्त रहेको भएपनि यसका संस्कार संस्कृति र परम्परा तथा अभ्यासहरु सबै ठाउँ र समाज समान रुपमा रहेको पाइँदैन । अर्को शब्दमा भन्नु पर्दा बज्रयान समाजभित्र पनि विविधता पाइन्छ । काठमाडौं उपत्यकाको बौद्ध नेवार समाजमा प्रचलित ‘पञ्जराँ’ पर्व यही कुराको एउटा ज्वलन्त उदाहरण हो । बौद्ध धर्ममा दानको महिमा मुक्तकण्ठले गाउने गरिन्छ । दानलाई पुण्य संचय गर्ने अवसरका रुपमा पनि लिइन्छ । तसर्थ, सर्वसाधारणदेखि धनीमानी तथा राजा महाराजा पनि दानकार्यमा सरिक भइरहेका हुन्छन् । बोधिसत्वहरुले पूरा गर्नुपर्ने पारमितामा एउटा दानपारमिता रहेको…
Read Moreशाक्यमुनि मन्त्रको १० करोड जप पुर्याउने लक्ष्यमा भाग लिन आग्रह
शाक्यमुनि मन्त्रको १० करोड जप पुर्याउने अभियान सुरु भएको छ । आगामी जनवरी १ सम्म १० करोड जप पुर्याउने लक्ष्य लिइएको छ । जपको लक्ष्य पुरा गर्न बौद्ध धर्मका अनुयायीहरुलाई झोंगसार जामयांग खेन्चे रिन्पोछेले आह्वान गर्नु भएको छ । शाक्यमुनी मन्त्र यस्तो रहेको छ ॐ मुने मुने महा मुने महामुने स्वाहा अथवा ॐ मुनी मुनी महामुनी शाक्यमुनि स्वाहा अर्थ (हामीभित्रै मुनित्व छ अर्थात मुनिमा हुने गुण छ । हामी भित्र नै शौर्य छ, साहास छ ) अहिलेको विश्वमा कोरोना भाइरसको महामारीले पुर्याएको असरको समयमा शाक्यमुनि मन्त्र जप गरी प्रार्थना गर्न…
Read More१५ सय वर्षदेखि भिरमा झुण्डिएर रहेको एक बौद्ध मन्दिर
करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्राचीन कालदेखि नै मेहनती थिए । चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ । चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ । थुप्रै प्राकृतिक बाधा, अवरोध…
Read Moreनेपाल बौद्ध संघद्वारा ८ गुम्बा तथा विहारलाई सहयोग
कोरोना महामारीका कारण अहिले सम्पुर्ण विश्व नै आक्रान्त छ । विविध गतिविधि पूर्ववत अवस्थामा जस्तो नहुँदा अहिले धेरैतिर आर्थिक अभाव समेत देखिन थालेको छ । कोरोनाको असर धार्मिक क्षेत्रहरुमा समेत परेको छ । कोरोनाका कारण लामो समयदेखि जारी लकडाउनको असर गुम्बा तथा विहारहरुमा पनि देखिन थालेको छ । यसै सन्दर्भमा नेपाल बौद्ध संघले काठमाडौँ र काभ्रेका ८ गुम्बा तथा विहारलाई आर्थिक सहयोग गरेको छ । दक्षिणकाली, काठमाडौँ, काभ्रेका ८ गुम्बा तथा विहारलाई आज एक कार्यक्रमका बीच काठमाडौँको बौद्धमा करिब ७ लाख रुपैयाँ सहयोग अर्पण गरिएको छ । कोरोनाका कारण विभिन्न…
Read Moreबौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय
भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा मागेपछि मन्त्रालयले जवाफ दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको सर्वत्र प्रमाणित भइसकेको उल्लेख गरिएको छ । बुद्धको जन्म लुम्बिनीमा भएको भन्ने ऐतिहासिक र पुरातात्विक तथ्यहरु समेत रहेको र बौद्ध धर्मको उद्गम नेपाल रहेको भन्नेमा आशंका नरहेको उल्लेख गर्दै मन्त्राललयले लुम्बिनीलाई युनेस्कोले समेत विश्व सम्पदा सूचिमा सूचिकृत गरिसकेको भनेको छ ।…
Read Moreअनेक नामका भगवान बुद्धहरु
बसन्त महर्जन बुद्ध व्यक्तिको नाम भन्ठान्नेहरु पनि धेरै हुँदा रहेछन् । उनीहरुका अनुसार अन्य धर्मसम्प्रदायका राम, कृष्ण, महादेव, विष्णु, वर्धमान, जीसस आदि भनेजस्तै बुद्ध पनि व्यक्ति विशेषको नाम हो । बुद्ध र बौद्ध धर्मदर्शनको सामान्य रुपरेखासम्बन्धी ज्ञानको अभावमा यस्तो भ्रम रहने गरेको भनेर बुझ्न गाह्रो छैन । गहिरिएर अध्ययन गर्नेहरुका लागि बुद्ध मात्रै भनेर पुग्दैन । बुद्ध त बुद्ध, कुन बुद्ध भनेर प्रश्न गर्दा यससम्बन्धमा जानकारी नभएकाहरु सामान्यतः अलमलिन्छन् । हामीसँग केही बुद्धको नाम मात्रै जानकारीमा छ, त्यो भन्दा निकै संख्यामा बुद्धहरु हुनसक्ने अनुमान बौद्ध धर्मदर्शनको अध्ययनपछि थाहा हुन्छ ।…
Read Moreभूकम्पले क्षति पुर्याएका गुम्बा तथा विहार पुननिर्माण एकदमै सुस्त
विनाशकारी भूकम्पबाट भत्किएका गुम्बा, विहार मर्मत तथा पुनर्निर्माणका काम सुस्त देखिएको छ । २०७२ वैशाख १२ गते भूकम्प गएको पाँच वर्ष बिते पनि गुम्बा, विहार र स्तूपहरूको संरक्षण जीर्णोद्धार तथा पुनर्निर्माण कार्य भने बल्ल ६५ प्रतिशत सकिएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएका दुई हजार ७०३ वटा गुम्बा, विहारमध्ये एक हजार ३५७ वटा गुम्बा, विहार २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना, कार्यान्वयन एकाइ (अनुदान, व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का निर्देशक गणेश वस्तीले मर्मत सम्भार मात्र गरेर सञ्चालन…
Read Moreबौद्ध तथा पशुपतिमा मागेर गुजारा चलाउनेलाई भिक्षुको सहयोग (फोटो फिचर)
कोरोना भाइरसको महामारी दिनप्रति दिन बढिरहँदा यसबाट प्रभावित हुनेको संख्या पनि निकै बढिरहेको छ । अहिले हरेक तह र तप्काका मानिस यसबाट प्रभावित भएका छन् । त्यसमा पनि मागेर गुजारा चलाउदै आएमा वर्ग त यो महामारीबाट झनै पिडित बनेका छन् । शुक्रवार टेकराज तामाङको सहयोगमा बौद्ध र पशुपति क्षेत्रमा मागेर जीवनयापन गरिरहेका करिब ४ सय जनालाई सहयोग गरिएको छ । उनीहरुलाई प्रतिव्यक्ति १० थान मास्क, डिटोल साबुन, ड्राई फुड लगायत सहयोग दिइएको छ ।
Read More