बुद्ध जन्मस्थल लुम्बिनीमा कार्तिक २८ देखि ३० गतेसम्म दोस्रो अन्तराष्ट्रिय त्रिपिटक पाठ आयोजना हुँदैछ । ३ दिने त्रिपिटक पाठमा सहभागि हुन इन्टरनेशनल त्रिपिटक चान्टिङ कमिटीले भिक्षु, अनागरिका तथा उपासक–उपासिकाहरुलाई अनुरोध गरेको छ । पाठमा सहभागि हुन चाहनेले कात्तिक १८ गतेसम्म नाम दर्ता गरिसक्नु पर्नेछ । विश्व शान्ति विहार, शान्तिनगरमार्फत त्रिपिटक पाठमा सहभागी हुन चाहनेले निम्न भिक्षुहरुसँग सम्पर्क गर्न सक्नेछन् । विश्व शान्ति विहार – भिक्षु जयन्ताे ( 9845997251) सिद्धिमंगल बुद्ध विहार, थसि – भिक्षु विमलाे ( 9841598383) मनमयजु ध्यानकुटी विहार – भिक्षु जनक ( 9841609924) धापाखेल विहार, धापाखेल – भिक्षु…
Read MoreMonth: October 2019
दुई दिने बज्रकिलाय फुर्दोक पूजा, काठमाडौँको जोरपाटी सुन्दरटोलस्थि डुब्छेन छ्योलिङ (सेतो) गुम्बा
सेतो गुम्बामा २ दिने वज्रकिलाय पूजा सम्पन्न
काठमाडौँको जोरपाटी सुन्दरटोलस्थि डुब्छेन छ्योलिङ (सेतो) गुम्बामा आयोजित दुई दिने बज्रकिलाय फुर्दोक पूजा सम्पन्न भएको छ । पूजा शुक्रबारदेखि सुरु भएको थियो । परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पोछेबाट भएको बज्रकिलाय पूजामा सयौको संख्यामा लामा, आनी तथा धर्मावलम्वी सहभागि थिए । कर्मा डुब्छेन छ्योलिङका प्रमुख गुरु कर्मा तान्पाई ग्याल्छेन कात्तिक ५ गते परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पोछेसँग भेट गरी पूजाका लागि आग्रह गरेका थिए । कर्मा तान्पाई ग्याल्छेनका आग्रह स्वीकार गर्दै परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पाछेले विश्व शान्तिको कामना सहित बज्रकिलाय, घणचक्र छोक अर्पण तथा…
Read Moreधर्मदेशनाका लागि अमेरिका पुगेका भिक्षु तपस्सी धम्मलाई टेक्ससमा सम्मान
काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध बिहारका प्रमुख भिक्षु तपस्सी धम्म यतिबेला धर्मदेशनाका लागि अमरिका पुगेका छन् । अमेरिकामा रहेका उनलाई शनिबार नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्ससले सम्मानका लागि विशेष कार्यक्रम आयोजना गर्यो । भिक्षु धम्मलाई गरिएको सम्मान कार्यक्रममा ड्यालसस्थित श्रीलंका बौद्ध विहारका विजयपुर पुण्यानन्द थेरो पनि सहभागि थिए । कार्यक्रममा भिक्षु धम्मले बौद्ध परम्परा अनुसार बुद्ध पूजा, परित्राण पाठ, धर्मदेशना तथा पुण्यमोदना समेत गरेका थिए । श्रीलंकन भिक्षु पुण्यानन्द थेरोले बौद्ध धर्ममा नेपालको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा भिक्षु्द्वयले सहभागिलाई पावनसुत्र प्रदान गर्नुका साथै संघलाई बुद्धको पेन्टिङ समेत उपहार दिए । भिक्षु…
Read More“ॐ मणिपद्मे हूँ” अवलोकितेश्वरको मन्त्र भाग २
यम्पी महाविहारमा कथिन चिवर दान सम्पन्न
ललितपुरको यम्पी महाविहारमा अखिल भिक्षु महांघद्वारा कथिन चिवर दान सम्पन्न भएको छ । कथिन दानमा सयौको संख्यामा उपासक उपासिका तथा भिक्षुहरु सहभागि थिए । नेपाल भिक्षु महसंघले अनुशासित र नियम पुर्वक ३ महिने वर्षावास बस्ने भिक्षुलाई चिबर र भिक्षा पत्र प्रदान गर्दै बिहिबार कथिन चिवर दान सम्पन्न गरेको हो । बौद्धधर्ममा महत्वपुर्ण मानिने ३ महिनाको वर्षावास सम्पन्न गरेपछि दाताहरुले विभिन्न किशिमका दान प्रदान गर्ने परम्परा छ ।
Read Moreमहासतीपाथ्थना धर्मोदयमा कथिन दान
३ महिना वर्षावास बसेको भिक्षुहरुका लागि कथिन दान अहिले विभिन्न विहारहरुमा भइरहेको छ । यसैक्रममा ललितपुरको गोदावरीस्थित महासतीपट्थाना धर्मोदय विहारमा पनि कथिन दान गरिएको छ । संघनायक ज्ञानपूर्णिक महास्थवीर समेत सहभागि रहेको कथिन दानमा भिक्षु, भिक्षुणी तथा उपासक–उपासिकाहरुको उल्लेख्य सहभागिता थियो । फोटो : रविन्द्र डंगोल
Read Moreमृत्यु भार्दोमा वायु तत्वलेले काम नगर्दा हुने भित्रि र बाहिरी लक्षणहरु
लुम्बिनीसँग जोड्ने सैनामैना नगरपालिकाको योजना
भरत केसी बुटवल, ३ कात्तिक (रासस) : गौतम बुद्धको जीवनसँग सम्बन्धित सैनामैनामा रहेका पुरातात्विक स्थलहरुको संरक्षण गर्न र ती स्थललाई विश्वसामु उजिल्याउन सैनामैना नगरपालिकाले विभिन्न आयोजनाहरु अघि बढाएको छ । सैनामैना क्षेत्रमा बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलहरु छरिएर रहेका छन् । तिनको संरक्षण र प्रवद्र्धन गरेर सैनामैना नगर क्षेत्रलाई लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले चाहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई नगरका विभिन्न क्षेत्रबाट सडक सञ्जालले जोडिसकेको परिप्रेक्ष्यमा लुम्बिनीको पर्यटनसँग जोड्न नगरपालिकाले महत्वपूर्ण आयोजनाहरु अगाडि बढाउन थालेको हो । विदेशी विद्धान पर्सिवलले ठम्याएको सैनामैनाको दरबार भएको ठाउँलाई स्थानीय मानिसहरुले बुद्धको दरबार भन्ने…
Read Moreम्यानमारद्वारा नेपाललाई ३० बुद्ध मुर्ति प्रदान
याङ्गूनस्थित सितागु अन्तर्रा्ष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा परराष्ट्र मन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्तको योगदान भुल्न नसकिने बताउँदै ती मूर्ति नेपाल–म्यानमारदिगो सम्बन्धको प्रतीक भएको स्पष्ट गर्नुभयो । उहाँले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यानमारबीच सम्बन्ध अझ प्रगाढ हुने पनि बताउनुभयो । बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त…
Read More