काठमाडौँको जोरपाटी सुन्दरटोलस्थि डुब्छेन छ्योलिङ (सेतो) गुम्बामा आयोजित दुई दिने बज्रकिलाय फुर्दोक पूजा सम्पन्न भएको छ । पूजा शुक्रबारदेखि सुरु भएको थियो । परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पोछेबाट भएको बज्रकिलाय पूजामा सयौको संख्यामा लामा, आनी तथा धर्मावलम्वी सहभागि थिए ।

कर्मा डुब्छेन छ्योलिङका प्रमुख गुरु कर्मा तान्पाई ग्याल्छेन कात्तिक ५ गते परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पोछेसँग भेट गरी पूजाका लागि आग्रह गरेका थिए । कर्मा तान्पाई ग्याल्छेनका आग्रह स्वीकार गर्दै परम पुजनीय दुजोम साङ्गे पेमा श्हेपा रिन्पाछेले विश्व शान्तिको कामना सहित बज्रकिलाय, घणचक्र छोक अर्पण तथा आशिरवाचन गरेका थिए ।

गुम्बाको वार्षिक कार्यक्रम अन्तर्गत दुई दिने बज्रकिलाय पूजा गरिएको आचार्य कर्मा रिञ्जिङ शेर्पाले बताए ।

