पहिलो अफ्रिकन रिन्पोचे पन्नबोधि लुम्बिनीमा चौथो एसियन बौद्ध सांस्कृतिक महोत्सवमा सहभागि हुनु भएको छ । केही महिना अघि चर्चामा आउनु भएका पहिलो अफ्रिकन रिन्पोछे, कंगोका भिक्षु पन्नबोधि रिन्पोछे, हालै लुम्बिनीमा सम्पन्न चौथो एसियन बौद्ध सांस्कृतिक महोत्सव २०२५ मा सहभागी हुनुभएको हो ।
लुम्बिनीस्थित लिटिल बुद्धको उभिएको मूर्ति परिसरमा आयोजित कार्यक्रममा करिब ६०,००० दीप प्रज्वलन गरिएको थियो । सारीपुत्र फाउन्डेसनद्वारा आयोजित सो दीप प्रज्वलन कार्यक्रममा पन्नबोधि रिन्पोछेले पनि दीप प्रज्वलन गर्नुभएको थियो । अफ्रिकामा पहिलो पटक तिब्बती बौद्ध गुरुको पुनर्जन्मको मान्यता प्राप्त गरी इतिहास रचेका पन्नबोधि रिन्पोछेको त्यतिबेला धेरै चर्चा भएको थियो ।