बौद्ध धर्ममा विजयादशमी : युद्धको विजयभन्दा धम्म र करुणाको सन्देश

विजयादशमीलाई हिन्दू धर्ममा देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको तथा असत्यमाथि सत्यको विजय भएको पर्वका रूपमा मनाइन्छ । तर बौद्ध धर्मको एउटा महत्वपूर्ण परम्परामा यही दिनलाई ‘अशोक विजयादशमी’ र धम्मचक्र प्रवर्तनसँग जोडेर स्मरण गरिन्छ । यसको सम्बन्ध मौर्य सम्राट अशोकको बौद्ध धम्मप्रतिको आस्था र आधुनिक भारतमा डा. भीमराव अम्बेडकरले गरेको ऐतिहासिक धर्मान्तरणसँग जोडिएको छ । कलिंग युद्धपछि अशोकको जीवनमा आएको परिवर्तनसम्राट अशोकको बौद्ध धर्मसँगको सम्बन्ध बुझ्न कलिंग युद्धलाई महत्वपूर्ण मानिन्छ । इसापूर्व तेस्रो शताब्दीमा कलिंग युद्धका कारण भएको व्यापक मानवीय क्षतिप्रति अशोकले शिलालेखमार्फत पश्चात्ताप व्यक्त गरेका थिए । त्यसपछि उनले…

Read More

‘सिङ्गिङ नन’ आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

काठमाडौं । बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) अनुसार मनोनीत भएकी आनीको पदावधि पाँच वर्षको हुनेछ । कोषको विनियमावलीअनुसार उपाध्यक्ष प्रमुख प्रशासकीय पदाधिकारीसमेत रहने व्यवस्था छ । लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्तिसँगै लुम्बिनीको विकास, व्यवस्थापन र प्रशासनिक कामले गति लिने विश्वास गरिएको छ ।…

Read More

सोलु, फेरा गाउँको ल्हाबब छोर्तेन (देव अवतरण चैत्य) को प्राण प्रतिष्ठा सम्पन्न

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–२ स्थित फेरा गाउँको प्रवेशद्वारमा नवनिर्मित महापवित्र ‘ल्हाबब छोर्तेन’ (देव अवतरण चैत्य) को विधिवत् रूपमा प्राण प्रतिष्ठा (राब्ने) पूजा सम्पन्न भएको छ । परम श्रद्धेय खेन् रिन्पोछे साङ्ये राङज्युङज्यूको बाहुलीबाट बौद्ध धर्म परम्परा अनुसार उक्त विशेष अनुष्ठान सम्पन्न गर्नुभएको हो । शुक्रवार बिहान ८ बजेदेखि सुरु भएको प्राण प्रतिष्ठा कार्यक्रममा खेन् रिन्पोछे साङ्ये राङज्युङका साथै नेपाल बौद्ध ञिङमा संघका अध्यक्ष श्रद्धेय सेङटाक टुल्कु रिन्पोछे, खेन्पो, लोपोन तथा लामा गुरुहरूको उपस्थितिमा बौद्ध धर्म परम्पराअनुसार पाठपूजा सम्पन्न गर्नुभएको थियो । चैत्यको प्राणप्रतिष्ठा पश्चात् प्रमुख अतिथि रिन्पोछेज्यूले बौद्ध धर्ममा चैत्यको…

Read More

सोलु फेरामा ‘ञिङमा साङ्ङाग क्षोलिङ्ग’ गोन्पाको प्राण प्रतिष्ठा पूजा सम्पन्न

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–२, फेरा गाउँमा अवस्थित ‘ञिङमा साङ्ङाग क्षोलिङ्ग’ गोन्पाको जीर्णोद्धारपछि विधिवत् प्राण प्रतिष्ठा (राब्ने) पूजा सम्पन्न भएको छ। परम श्रद्धेय खेन् रिन्पोछे साङ्ये राङज्युङको बाहुलीबाट बौद्ध धर्म परम्पराअनुसार पूजा सम्पन्न गरिएको हो। २०७२ सालको विनाशकारी भूकम्पबाट गम्भीर क्षति पुगेपछि जीर्ण बनेको गोन्पा केम्जे क्लब फेरा र देश–विदेशमा रहेका फेराबासीहरूको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो। गोन्पा व्यवस्थापन समितिको अगुवाइमा सम्पन्न प्राण प्रतिष्ठा कार्यक्रममा खेन् रिन्पोछेसहित टुल्कु, खेन्पो, लोपोन तथा लामा गुरुहरूको उपस्थिति थियो। बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म धार्मिक पाठपूजा गरिएको थियो। वि.सं. २०१० सालमा परम पूज्य लामा…

Read More

नाला गुम्बाका मध्यावधि परीक्षा २०२६ सफलतापूर्वक सम्पन्न

दिवंगत ख्याब्जे लामा रिन्पोछेको मार्गदर्शन तथा दूरदर्शी सोचलाई आत्मसात् गर्दै खेन्पो लेक्शे ग्यात्सोको नेतृत्व र मार्गदर्शनमा नालास्थित धाग्पो सेड्रब लिङ गुम्बाको शैक्षिक तथा बौद्ध अध्ययन परम्परा निरन्तर अघि बढिरहेको छ । View Post गुम्बाको वार्षिक शैक्षिक कार्यतालिकाअनुसार नाला गुम्बाका विद्यार्थीहरूले सात दिनसम्मको निरन्तर अध्ययन, मेहनत र समर्पणपछि मध्यावधि परीक्षा २०२६ सफलतापूर्वक सम्पन्न गरेका छन् । परीक्षा सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ । विद्यार्थीहरूको मेहनतले सकारात्मक परिणाम ल्याओस् र उनीहरूमा ज्ञान, आत्मविश्वास तथा करुणासहित निरन्तर अध्ययन गर्ने प्रेरणा बढ्दै जाओस् भन्ने कामना गरिएको छ…

Read More

छोकी ङिमा रिन्पोछेको अगुवाइमा रसुवा बाढीपीडितका लागि ५८ लाखभन्दा बढी सहयोग, भिक्षु प्रज्ञाकार तुई नान् र रवि लामिछाने सहभागी

रसुवा बाढीपीडितका लागि कानिङ सेडुप लिङ गुम्बाबाट ५८ लाखभन्दा बढी सहयोग दिवंगतहरूको ४९औँ दिनको स्मृतिमा राहत कोषमा रकम हस्तान्तरणसँगै सुगतिको कामना गर्दै विशेष पूजा काठमाडौँ। रसुवाको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ कानिङ सेडुप लिङ गुम्बा संगठन तथा विकास कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५८ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको जनाएको छ। गुम्बाका प्रमुख श्रद्धेय छोकी ङिमा रिन्पोछे तथा संघका तर्फबाट उक्त रकम प्रदान गरिएको हो। बाढीमा परी ज्यान गुमाएकाहरूको निधनको सातौँ हप्ता अर्थात् ४९औँ दिनको स्मृतिमा दिवंगतहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना…

Read More

प्रोजेक्ट १०८ को पवित्र समारोहमा ग्येत्रुल जिग्मे रिन्पोछे सहभागी हुने

भुटानको गेलेफु माइन्डफुलनेस सिटीमा आयोजना हुने प्रोजेक्ट १०८ अन्तर्गतको पवित्र समारोहमा परमपूज्य ग्येत्रुल जिग्मे रिन्पोछे सहभागी हुने भएका छन् । प्रमुख ञिङमा बौद्ध धर्मगुरु तथा रिपा आध्यात्मिक परम्पराका उत्तराधिकारी रिन्पोछे पुस्तौँदेखि अभ्यास हुँदै आएको बौद्ध धर्म, ज्ञान र आध्यात्मिक साधनाको परम्परालाई निरन्तरता दिँदै आएका छन् । प्रोजेक्ट १०८ अन्तर्गत आयोजना हुने यस पवित्र जमघटमा विभिन्न बौद्ध गुरु तथा साधकहरू प्रार्थना र आध्यात्मिक आकाङ्क्षासहित एकत्रित हुँदैछन् । रिन्पोछेको सहभागिताले यस आध्यात्मिक समारोहलाई थप महत्त्वपूर्ण बनाउने अपेक्षा गरिएको छ । सन् १९६८ मा भारतमा जन्मिएका ग्येत्रुल जिग्मे रिन्पोछेलाई ग्येत्रुल पेमा योन्तेन रिन्पोछेको…

Read More

दिवङ्गतहरूको सुगति र विश्वशान्तिका लागि खुलामञ्चमा सामूहिक प्रार्थना हुने

आनी छोइङ डोल्मासँगै बुद्धि तामाङ र ऋचा शर्माबाट सहभागिताको आह्वान काठमाडौँ । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको ४९औँ दिनको स्मृतिमा आगामी असोज २८ गते बुधबार काठमाडौँको खुलामञ्चमा सामूहिक प्रार्थना सभा आयोजना हुने भएको छ। आनी छोइङ डोल्मा फाउन्डेसनको आयोजना तथा मानवसेवा आश्रमको सहआयोजनामा अपराह्न ४ः३० बजेदेखि ‘प्रेयर्स फर पिस’ कार्यक्रम हुन लागेको हो। आनी छोइङ डोल्माले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रममा संयुक्त मणि मोन्लम पाठ, दीप प्रज्वलन तथा सामूहिक प्रार्थना गरिनेछ। दिवङ्गतहरूको सुगतिको कामना गर्दै पुण्य समर्पण गर्ने, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने र विपद्को सामना गर्न सबैमा शक्ति तथा धैर्यको कामना…

Read More

बाढीपीडितलाई नेपाल काग्यू सङ्घ र कर्मपा सेवा समाजद्वारा राहत वितरण

नेपाल काग्यू सङ्घ र कर्मपा सेवा समाज नेपालको संयुक्त आयोजनामा भोटेकोशी नदीको बाढीबाट प्रभावित त्रिशूली बजार क्षेत्रका पीडित परिवारलाई राहत वितरण गरिएको छ। १७औँ ग्याल्वाङ कर्मापाको करुणा, मैत्रीभाव र मानवीय सेवाको प्रेरणाबाट आयोजित कार्यक्रममा नेपालभरका विभिन्न काग्यू गोन्पाका प्रतिनिधित्व गर्दै वज्राचार्य, खेन्पो, लोपोन, आचार्य तथा धर्मानुयायीहरूको प्रतिनिधिमण्डल सहभागी भएको थियो। कार्यक्रममा बाढीपीडित परिवारलाई खाद्यान्न तथा दैनिक जीवनयापनका आवश्यक सामग्री वितरण गरिएको थियो। साथै, बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्ति र सद्गतिको कामना गर्दै धार्मिक पूजा–पाठ तथा सामूहिक प्रार्थना गरिएको आयोजकले जनाएको छ। प्रार्थनाका क्रममा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको…

Read More

रसुवा बाढीपीडितलाई नेपाल र अमेरिकामा रहेका मुगुमबासीको सहयोग

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि अमेरिकामा रहेका बौद्धमार्गी मुगुमबासीले १२ लाख रुपैयाँ सहयोग गरेका छन् । युनाइटेड मुगुम अर्गनाइजेसन, अमेरिकामार्फत प्रधानमन्त्री राहत कोषमा १२ लाख रुपैयाँ सहयोग गरिएको हो । अमेरिकामा रहेका मुगुमबासीले संकलन गरेको उक्त रकम बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले हस्तान्तरण गरिएको हो । त्यस्तै, काठमाडौंस्थित मुगुम समाज कल्याण केन्द्रले पनि आफ्ना सदस्यबाट संकलित रकम बाढीपीडितका लागि खर्च गरेको छ । केन्द्रले तीन लाख रुपैयाँ बराबरको सहयोग रसुवा पुगेर ४० पीडित घरपरिवारलाई वितरण गरेको छ । पीडित परिवारलाई ग्यास र जिन्सी अत्यावश्यक…

Read More