बौद्ध धर्ममा विजयादशमी : युद्धको विजयभन्दा धम्म र करुणाको सन्देश
विजयादशमीलाई हिन्दू धर्ममा देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको तथा असत्यमाथि सत्यको विजय भएको पर्वका रूपमा मनाइन्छ । तर बौद्ध धर्मको एउटा महत्वपूर्ण परम्परामा यही दिनलाई ‘अशोक विजयादशमी’ र धम्मचक्र प्रवर्तनसँग जोडेर स्मरण गरिन्छ । यसको सम्बन्ध मौर्य सम्राट अशोकको बौद्ध धम्मप्रतिको आस्था र आधुनिक भारतमा डा. भीमराव...