प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा सात दिनसम्म बुद्धवचन पाठ, विश्वभरका बौद्ध साधकलाई अनलाइनबाट पनि सहभागी हुने अवसर १५ कार्तिक,लुम्बिनी: बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम सुरु हुने तालिका छ । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान तथा साधकहरूले बुद्धका उपदेश सामूहिक रूपमा वाचन गर्नेछन् । लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा आयोजना भएको उक्त कार्यक्रम ७ दिन सम्म सञ्चालन हुनेछ । कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा…
Read MoreDay: November 1, 2026
भुटानमा ४० हजारभन्दा बढी स्वयंसेवकले बनाए १०८ बौद्ध स्तूप, माइन्डफुलनेस सिटी निर्माणमा ऐतिहासिक अभियान
एकै दिन १५ मिटर अग्ला १०८ स्तूप निर्माण, करिब दुई लाख मानिसको सहभागिता । आध्यात्मिकता, प्रकृति संरक्षण र आर्थिक समृद्धिलाई जोडेर नयाँ सहर बनाउँदै भुटान १५ कार्तिक, काठमाडौं: हिमाली मुलुक भुटानले आध्यात्मिकता र आधुनिक विकासलाई एकसाथ अघि बढाउने आफ्नो महत्त्वाकाङ्क्षी योजनाअन्तर्गत आइतबार ऐतिहासिक सामूहिक निर्माण अभियान सम्पन्न गरेको छ । दक्षिणी भुटानको गेलेफुमा ४० हजारभन्दा बढी स्वयंसेवकले एकै दिन १०८ वटा विशाल बौद्ध स्तूप निर्माण गरेका छन् । भारतसँग सीमा जोडिएको गेलेफु क्षेत्रमा निर्माणाधीन ‘गेलेफु माइन्डफुलनेस सिटी’ परियोजनाअन्तर्गत यी स्तूप बनाइएका हुन् । प्रत्येक स्तूप १५ मिटर अग्लो छ ।…
Read Moreधान फल्ने खेतमा फूलखेती
१५ कात्तिक,भद्रपुर: धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती गरेर रु १० देखि १२ लाखसम्मको कारोबार गर्ने लक्ष्यसहित बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् । विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक प्रयासमा १० कट्ठा जमिनमा सयपत्रीखेती गरेका हुन् । ‘कृषि कम्पास’ समूह गठन गरेर सुरु गरिएको उनीहरूको यो प्रयास परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि नयाँ सम्भावना बनेको छ । समूहले उक्त जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको थियो ।…
Read More