साक्या परम्पराको गद्दीधारी ४१औं साक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको जीवनी

महाकरुणामय अवलोकितेश्वर महाभिषेक (वाङ्छेन) का लागि श्री परम पावन ४१ औं साक्या गोङ्मा ठ्रिछेन रिन्पोछे यतिबेला नेपालमा हुनुहुन्छ । नेपालमा रहेका बौद्धमार्गी अनुयायीलाई अभिषेक दिन उहाँ असोज ६ नेपाल आइपुग्नु भएको हो । उहाँले काठमाडौँको चावहिल, चुच्चेपाटीस्थित हायात ग्राउण्डमा असोज २७ गते हुने विशेष समारोहमा महाअभिषेक दिदै हुनुहुन्छ । महाभिषेक कार्यक्रम दिउँसो दिउँसो १२ बजदेखि सुरु हुनेछ । महासिद्ध मैत्रीयोगीको परम्पराको अति दुर्लभ महाकरुणामय अवलोकितेश्वर महाभिषेक बौद्ध धर्ममा एकदमै महत्वपूर्ण मानिन्छ । यो महाभिषेक एक मनुष्यलाई जीवनमा चाहिने सम्पूर्ण उपदेशहरूले सम्पन्न भएको पञ्चदेवको मण्डलवाला महाभिषेक (वाङ्छेन ) हो । यो…

Read More

बौद्धमार्गीको महान पर्व ल्होसारः कसरी बनाउने ?

आचार्य सार्की शेर्पा ल्होसार, ल्हो भनेको ‘वर्ष’ र सार भनेको ‘नयाँ’ हो, अर्थात् ल्होसारको शाब्दिक अर्थ के हो भने एक साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनुलाई बुझिन्छ । हाम्रो समाजमा जान लागेको पुरानो वर्षको बिदाइ गर्नका लागि ल्होसार आउनु भन्दा २, ३ दिन पहिलेदेखि धर्म गुरुहरू आमन्त्रण गरी भव्य पूजा प्रचलन पनि रहेको छ । त्यसै गरी आउन लागेको ल्होसार अर्थात् नयाँ वर्षको स्वागत गर्नको लागि आफ्नो गच्छे अनुसार जमर्को गर्ने गर्दछ । हिमाली क्षेत्रमा बसोबास गर्ने महायानी बौद्धमार्गी जनसमुदायहरूले मान्ने ल्होसार अर्थात् नयाँ सालको गणना मञ्जुश्री र…

Read More

आधुनिक युगमा बुद्ध धर्मको उपादेयता

केही दिनअघिको कुरा हो, फेसबुक चलाउँदै गर्दा बुद्ध स्प्रिच्युयल लाइफ शीर्षक अन्तर्गत एकजना पत्रकार महोदय र अस्ट्रेलियाली बौद्ध भिक्षुको अन्तर्वार्ताको केही अंश पढ्ने मौका पाएँ। अन्तर्वार्ता घतलाग्दो छ। पढ्दा अनौठो, उच्छृखल वा अशोभनीय जस्तो लागे पनि यो बुद्ध धर्मको संवेदनशीलता, स्वरूप र गहनतालाई जागृत गर्ने खालको छ। अन्तर्वार्तामा बौद्ध भिक्षुलाई प्रश्न सोधिएको रहेछ–बुद्ध धर्मको पवित्र ग्रन्थ त्रिपिटक च्यातचुत पारी चर्पीको नालमा फ्याँकिदियो भने तपाईँ के गर्नुहुन्छ? बौद्ध भिक्षु एकक्षण मौन रहनुभयो। अनि शान्त भावले जवाफ दिनुभयो–सर्वप्रथमत चर्पीको नाल बन्द होला भनेर नाल सफा गर्नेतिर लाग्नेछु। अन्तर्वार्ताको पृष्ठमा लेखिएको छ। भिक्षुको…

Read More

बौद्ध धर्ममा सरस्वतीको स्थान र धारणा

विवेक शर्मा उत्तरः १२औं शताब्दिमा मुसलमानी हमलाले भारतबर्षकै इतिहासमा अध्ययन र विद्याको चरमोत्कर्षको रुपमा रहेका करिब एक दर्जन नालन्दा, विक्रमशिल, जगद्दल, औदन्तपुरी आदि जस्ता बौद्ध महाविद्यालयहरुको समुल नाश भएपछी हालको भारतमा बौद्ध धर्मको अवसान हुन पुग्नुका साथै अध्यात्मको क्षेत्रमा सम्पुर्ण व्याख्या प्रणालीनै वैदिक–हिन्दु धर्मको स्थापना हुन गएको र बौद्ध धर्मको ग्रन्थ, व्याख्याप्राणाली, विधिविधान र अवधारणा पछि धकेलिएकोले भारत र नेपालका अधिकाँश मानिसलाई बौद्ध धर्मको बारेमा जानकारीको कमिले गर्दा बौद्ध धर्ममा सरस्वतीको के स्थान छ भनेर थाहा नहुनु स्वभाविक नै हो। नेपालमा बौद्ध धर्म मल्ल,शाह र राणाकालमा पेलिएकोले पनि आजको दिन्मा…

Read More

विक्रमशील महाविहार र ठमेलको इतिहास

– भागवतनरसिंह प्रधान काठमाडौं महानगरपालिका– २९, ठमेलको सञ्चय कोष केन्द्रीय कार्यालय र अस्कल क्याम्पस बाटोको पश्चिममा अवस्थित विक्रमशील महाविहार काठमाडौं उपत्यकाको अति प्राचीन् विहारमध्ये गणनामा आउँछ । उपत्यकाको सबैभन्दा पुरानो विहार साँखुको वज्रयोगिनी आसपासमा रहेको गुँ विहार मानिन्छ । विक्रमशील महाविहारको पुरानो भग्नावशेष ठमेल गल्कोपाखा सामाखुसीबाट ब्रिटिस चिहानको पश्चिम सानो बाटिकामा अहिलेसम्म पनि उपलब्ध छ । यहाँस्थित पुरानो विक्रमशील महाविहारलाई सामाखुसीको किनारमा रहेकाले यसलाई सामावही भन्ने चलन थियो । सामाखुसीआसपास हर साल सानो तिनो बाढी आइरहनाले यसलाई ठमेलको हारांम्ह म्ह्या मचाः भनेर जानिन्छ अर्थात् चुलबुले पुरानो सामावही सामाखुसीको बाढीले, भूकम्प…

Read More

पाँच सय वर्षसम्म कहाँ हरायो लुम्बिनी ? यस्ता छन् ५ आशंका

प्रदीप आचार्य ईशाको सातौं शताब्दी अर्थात आजभन्दा १४ सय वर्षअघि पनि बुद्ध जन्मस्थल लुम्बिनीमा थुप्रै तीर्थयात्रु आए । खासगरी चिनियाँ यात्रुले लुम्बिनी घुमेपछि लेखेका यात्रा वृतान्तहरु लुम्बिनीको पहिचान र प्रचारका लागि महत्वपूर्ण दस्तावेज नै बने । चौथो शताब्दीमा लुम्बिनी भ्रमण गर्ने सेङ साई, पाँचौं शताब्दीमा लुम्बिनी आउने फाहियान र सातौं शताब्दीमा हुनएन साङलगायत थुप्रै अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रु लुम्बिनीलाई बौद्ध आस्थाको केन्द्र मानेर आएका हुन् । यसको अर्थ त्यतिबेला नै लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थलका रुपमा प्रचार भइसकेको थियो । पुरातत्त्व तथा इतिहासका विज्ञहरु ईशापूर्व २४९ मा भारतीय सम्राट अशोक आउनु अघिदेखि…

Read More

बौद्धधर्मको जीवितीकरण

हिरण्यलाल श्रेष्ठ भारतले हालका वर्षमा बौद्धमार्गको पुनः जीवितीकरण गर्ने महत्वाकांक्षी योजना बनाएको छ। आफ्ना केही मजबुत र केही सामान्य शक्तिका साधनस्रोतहरूका साथमा, भारत बौद्ध सांस्कृतिक केन्द्रका लागि चीनसँग र जन्मभूमिका लागि नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ। यो कुरा सन् २०११ मा दिल्लीमा भएको विश्व बौद्धमार्गी सम्मेलन– २०१४ को सेप्टेम्बरमा सम्पन्न अन्तराष्ट्रिय बौद्धमार्गी सम्मेलन र २०१७ मार्चमा सम्पन्न एक्काईसौं शताब्दी अन्तराष्ट्रिय सम्मेलन तथा भारतकै आन्ध्र प्रदेशमा विकसित बौद्धमार्गी करिडरका साथ मोदी सरकारका पालामा राष्ट्रिय शक्ति तथा रणनीति विकासका लागि सांस्कृतिक शक्तिलाई सबलीकरण गर्न भएका प्रयासबाट प्रस्ट हुन्छ। भारतमा विकसित बौद्धमार्गीको लामो इतिहास…

Read More

बुद्धलाई बुझ्ने कसरी ?

भिक्षु कश्यप बुद्धलाई भगवान मानिन्छ। भगवान शब्दका कारण ‘अनिश्वरवादी’ बुद्धलाई किन भगवान भनियो भनेर शंका उत्पन्न हुन सक्छ। खासमा बौद्धकालमा भगवान शब्दको अर्थ ‘सृष्टिकर्ता ईश्वर’ भन्नेमा प्रयोग हुन्थेन। पाली भाषामा ‘भग्गो ति रागो भगवा, भग्गो ति दोसो भगवा, भग्गो ति मोहो भगवा’ अर्थात् जसले राग, द्वेष र मोह भगाउन वा हराउन सक्यो, त्यो नै भगवान भन्ने अर्थमा यो शब्द प्रयोग हुन्थ्यो। आज पनि बुद्धलाई भगवान भनेर सम्बोधन गरिने यही अर्थमा हो, न कि सृष्टिकर्ता ईश्वर मानेर। बुद्धको नाम सिद्धार्थ थियो, गौतम गोत्र। सिद्धार्थ गौतमका बुबा शुद्धोधन तथा आमा महामाया थिए,…

Read More

बौद्ध तीर्थस्थल परिक्रमा (कोरा) गर्दा हुने फाइदाहरु

बौद्धधर्मलम्विहरु बिहान ,दिउसो वा बेलुका सधै स्वयम्भु ,बौद्ध वा अन्य स्थलहरुमा रहेको बुद्धिस्ट चैत्य ,मानीहरुमा परिक्रम गर्नेको संख्या बाक्लो देखिन्छ । यसै परिक्रम गर्दा महायाना बौद्ध सुत्र अनुसार निम्न लाभहरु प्राप्त गर्न सकिन्छ । [१] छ्योर्तेन परिक्रमा गर्नार्ले, सयौं कल्प सम्म पनि, कहिल्यै अन्धा, रोगी र असफल नभई, काय अथवा शरीर पनि परि शुद्ध हुनेछ । [२] छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भइ सम्पत्ति पनि प्रसस्त हुनेछ,धनको लोभ नगरी धनको दान गर्नेछ,दान आधिमा बहादुरी हुनेछ । [३] छ्योर्तेन परिक्रमा गर्नाले, मन मोहक भइ हेर्दामा राम्रो देखिनेछ, राम्रो रुप देख्दा खुसी हुनेछ, प्रसस्त सम्पत्ति…

Read More

बौद्ध सभ्यता र सिन्धु उपत्यका

रघु परियार सिन्धु घाँटी सभ्यताको व्यवस्थित खोजी तथा अनुसन्धानको काम हुँदा भारतीय पुरातत्व विभागका महानिर्देशक थिए– जोन मार्सल। मोहनजोदडोको एल एरियामा अवस्थित सभा भवनको बनावटलाई लिएर उनले बौद्ध चैत्यजस्तो बताएका थिए। जुन चैत्य जहाँ बौद्ध भिक्षुहरू लामो पंक्ति बनाएर ध्यान गर्दछन्। सिन्धुघाँटी सभ्यताका हडप्पा तथा मोहनजोदडो नगरलाई हेर्दा त्यहाँ बसोबासको क्षेत्र तथा धार्मिक क्षेत्र छुट्टाछुट्टै अवस्थित रहेको पाउँछौं। कपिलवस्तुको बनावटलाई हेर्ने हो भने पनि हामी यस्तै पाउन सक्छौं। बुद्धको घर गनवरिया क्षेत्रमा थियो भने पिपरहवामा धार्मिक क्षेत्र। जस्लाई पुरातत्वविद्हरूले स्तूपक्षेत्र बताएका थिए। सिन्धु घाँटी सभ्यताबाट प्राप्त पीपलको पातको चिन्ह र…

Read More