भक्तपुरका बौद्धमार्गी नेवार समुदायले आज माघे सङ्क्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाउँदैछन् । सो समुदायमा हाम्ह सँलु अर्थात् तिल सङ्क्रान्तिका रूपमा परिचित माघे सङ्क्रान्तिमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले हर्षोल्लासका साथ मनाइने एक मौलिक पर्व हो । दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच दीपङ्कर बुद्ध, विभिन्न विहारका गुरु र पुरोहितलाई आ–आफ्नो मनोकाङ्क्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक महादान पर्व हो । सम्यक महादानका लागि भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौ, चतब्र्रम्ह महाविहार साकोथा, मङ्गल…
Read Moreवर्ग: समाचार
सकियो १५ औं ञिङ्मा मोन्लाम
काठमाडौँको बौद्धमा जारी ञिङ्मा मोन्लाम सकिएको छ । गत बुधवारदेखि शुरु भएको मोन्लाम सोमवार समापन भएको हो । नेपाल बौद्ध ञिङमा संघको आयोजनामा बौद्धस्थित शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) मा पन्ध्रौँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) आयोजना गरिएको थियो । मोन्लाम कार्यक्रमकै बीच आइतवार र सोमवार बुद्धको अस्तुधातु (रिङ्सेल) श्रद्धालु भक्तजनहरूलाई दर्शन गराउने व्यवस्था गरिएको छ । ञिङ्मा मोन्लाममा दुई दिन बुद्धको अस्तुधातु विहान ९ बजेदेखि मध्यान्ह ४ बजेसम्म दर्शनको व्यवस्था मिलाइएको थियो ।
Read Moreबौद्धमा बुद्धको अस्तुधातु (रिङ्सेल) को दर्शन गराइदैं
नेपाल बौद्ध ञिङमा संघद्वारा शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा), बौद्ध, काठमाडौंमा आयोजित पन्ध्रौँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रममा आज र भोली बुद्धको अस्तुधातु (रिङ्सेल) श्रद्धालु भक्तजनहरूलाई दर्शन गराउने व्यवस्था गरिएको छ । गत बुधवारदेखि शुरु भएको ञिङमा मोन्लाममा दुई दिन बुद्धको अस्तुधातु राख्ने क्रममा आज पहिलो दिन विहान ९ बजेदेखि शेर्पा गुम्बामा राखिएको हो । मध्यान्ह ४ बजेसम्म राखिने अस्तुधातुको भक्तजनहरुले बिहानैदेखि दर्शन गरिरहेका छन् । भोली सोमवार पनि विहान ९ देखि ४ बजेसम्म अस्तुधातु दर्शनका लागि राखिनेछ । मोन्लाम भोली नै समापन हुँदैछ ।
Read Moreलुम्बिनीमा तीर्थयात्रुको दानबाट १ करोड ४२ लाख बढि संकलन
बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवि मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रूपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली गणना गर्ने गरिएको भट्टराईले बताए । दानपेटिकामा संकलित दानलाई सिसिटिभि क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरू खटाएर गणनाको व्यवस्था मिलाइएको थियो ।…
Read Moreशान्तिको सन्देश फैलाउन बौद्ध सञ्चार यात्रा
लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिका अनुयायीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म दोस्रो बौद्ध संचार यात्रा गरिएको छ । भैरहवा–लुम्बिनी क्षेत्रका पत्रकारहरुको सक्रियतामा बिहीबार बौद्ध संचार यात्रा गरिएको हो । पर्यटकीय विकास र लुम्बिनीको प्रबद्र्धनका लागि संचारले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । भगवान गौतम बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ…
Read Moreकंगोमा पहिलो अफ्रिकन बौद्ध रिन्पोछे : भिक्षु पन्नबोधी
कंगोका भिक्षु पन्नबोधि रिन्पोछे अफ्रिकी भूमिमा पहिलो पटक तिब्बती बौद्ध गुरुको पुनर्जन्मको मान्यता प्राप्त गरी इतिहास रच्न सफल भएका छन्। यो उपलब्धि तिब्बती बौद्ध धर्मको अन्तर्राष्ट्रियकरण र विविधतामा नयाँ आयाम थप्ने महत्वपूर्ण कदम हो। उहाँलाई तिब्बती बौद्ध परम्पराले मान्यता दिएको यो पहिचानले अफ्रिकामा बौद्ध धर्मको फैलावट र स्थानीय सांस्कृतिक वैविध्यसँगको सम्बन्ध झल्काउँछ। पन्नबोधि रिन्पोछे कंगोमा जन्मिनु भएको हो। उहाँको बाल्यकालदेखि नै अध्यात्मप्रतिको झुकाव र आत्मज्ञानको खोजले उहाँलाई बौद्ध धर्मतर्फ आकर्षित ग¥यो। स्थानीय धर्म र संस्कृति भित्रैबाट प्रभावित भएर उहाँले तिब्बती बौद्ध धर्मलाई आत्मसात गर्नुभयो। बाल्यकालमै ध्यान, आध्यात्मिक साधना, र मानवीय…
Read More१० दिने शाक्यमोन्लन लुम्बिनीमा सम्पन्न, हजारौं सहभागि
बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित ३३औँ १०दिने शाक्यमोन्लम पूजा मंगलबार सकिएको छ । यस क्रममा विश्व शान्ति र प्राणी कल्याणको कामना गर्दै करिब सात हजार लामा, भिक्षु, आनी, रिन्पोछे तथा बुद्धका अनुयायीले पूजा गरेका हुन् । प्रणिधान र बुद्ध पाठले १० दिनसम्म मायादेवी मन्दिरपरिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आकर्षित भएका थिए । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षपछि २३ मंसिरदेखि सुरु भएको थियो । लुम्बिनी विकास कोषको पहलमा ४१औँ शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो । १० दिने मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष…
Read Moreनेपाल बुद्ध धर्मको अध्ययन केन्द्र हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल–चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् । काठमाडाँैमा नानहाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उनले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गरे । यस्ता सम्मेलनले नेपाल र चीनबीचका मात्रै नभइ अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने प्रधानमन्त्री ओलीको धारणा छ । प्रधानमन्त्री ओलीले गौतम बुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता पनि उनले औल्याए…
Read Moreभोली भुटानका राजा रानीले स्वयम्भू र बौद्ध स्तुपको दर्शन गर्ने
शुक्रबार नेपाल आउन लागेका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुकले स्वयम्भु र बौद्धनाथको मन्दिरको दर्शन गर्ने भएका छन् । भारत भ्रमण सकेर फर्किने क्रममा उनीहरू करिब ५ घण्टा नेपालमा रहने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । नेपाल बसाईका क्रममा उनीहरुले उनीहरूले स्वयम्भु र बौद्धनाथको दर्शन गर्ने तयारी रहेको बताइएको छ । राजा र रानीको भमणका लागि आवश्यक सबै सुरक्षा सुरक्षा प्रबन्ध मिलाइ सकिएको परराष्ट स्रोतले बताएको छ । स्रोतका अनुसार, बिहान करिब १० बजेतिर काठमाडौं ओर्लिएलगत्तै उनीहरूको अनौपचारिक भ्रमण सुरु हुनेछ । यो भ्रमणका…
Read Moreधम्मवती गुरुमालाई मानार्थ विद्यावारिधि
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे । ललितपुरमा जन्मनुभएकी ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालय सभाले गुरुमालाई सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।
Read More