नेपाल–भारत हवाई सहकार्यले लुम्बिनीको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

१० मंसिर काठमाडौं : नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यस सहमतिसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विस्तार तथा बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खुलेको छ । हवाई मार्गलाई दुवैतर्फी सञ्चालन गर्न सकिए भैरहवा हुँदै नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि थप सहज वातावरण बन्ने अपेक्षा गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटक, बौद्ध धर्मावलम्बी, भिक्षु, भिक्षुणी तथा धार्मिक पर्यटकका लागि महत्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको छ । विशेषगरी भारत, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम, चीन, जापान, दक्षिण कोरिया…

Read More

मंगोलिया र दक्षिण कोरियाबीच बौद्ध धार्मिक सम्बन्ध विस्तारबारे छलफल

१० मंसिर काठमाडौं : मंगोलिया र दक्षिण कोरियाबीच बौद्ध धर्म, संस्कृति तथा आध्यात्मिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको छ। मंगोलियाको बौद्ध केन्द्रका प्रमुख हाम्बो लामा जाभसान्दोर्जको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले नोभेम्बर २३ मा दक्षिण कोरियाको जोग्ये बौद्ध सम्प्रदायका प्रमुख भिक्षु जिनवूबीच भेटवार्ता गरेको हो। भेटका क्रममा दुवै देशमा बौद्ध धर्मको ऐतिहासिक विकास, धार्मिक परम्परा, सांस्कृतिक सम्बन्ध तथा बौद्ध संस्थाहरूबीचको सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो। बौद्ध धर्मले दुई देशका जनताबीच आध्यात्मिक तथा सांस्कृतिक सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको विषयमा पनि छलफल भएको बताइएको छ। बैठकमा दक्षिण कोरियामा बसोबास…

Read More