लुम्बिनीमा भेला भए विश्वभरका बौद्ध साधक

कार्तिक १२, लुम्बिनी: बुद्धको जन्मस्थल लुम्बिनीमा यतिखेर विश्वभरका बौद्ध साधक आइरहेका छन् । उनीहरू आइतबारदेखि सातासम्म चल्ने दोस्रो अन्तर्राष्ट्रिय प्रनिधान समारोहमा सहभागी हुन आएका हुन् । प्रणिधानमा विश्वका विभिन्न देशबाट आउने बौद्ध भिक्षु, भिक्षुणी तथा साधकहरूले एकै ठाउँमा भेला भएर बुद्धका उपदेश सामूहिक रूपमा वाचन गर्नेछन् । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजना हुने कार्यक्रम लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न बौद्ध परम्पराका अनुयायीहरू सहभागी हुनेछन् । उनीहरूले पाली, संस्कृत, चिनियाँ, तिब्बती, भियतनामी, अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धवचन वाचन गर्नेछन्…

Read More