कार्तिक १२, लुम्बिनी: बुद्धको जन्मस्थल लुम्बिनीमा यतिखेर विश्वभरका बौद्ध साधक आइरहेका छन् । उनीहरू आइतबारदेखि सातासम्म चल्ने दोस्रो अन्तर्राष्ट्रिय प्रनिधान समारोहमा सहभागी हुन आएका हुन् । प्रणिधानमा विश्वका विभिन्न देशबाट आउने बौद्ध भिक्षु, भिक्षुणी तथा साधकहरूले एकै ठाउँमा भेला भएर बुद्धका उपदेश सामूहिक रूपमा वाचन गर्नेछन् । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजना हुने कार्यक्रम लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न बौद्ध परम्पराका अनुयायीहरू सहभागी हुनेछन् । उनीहरूले पाली, संस्कृत, चिनियाँ, तिब्बती, भियतनामी, अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धवचन वाचन गर्नेछन्…
Read MoreDay: October 29, 2026
एआईको युगमा मनको शान्ति कसरी जोगाउने ? दक्षिण कोरियामा बौद्ध ध्यानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
कार्तिक १२, काठमाडौँः कृत्रिम बुद्धिमत्ता (एआई) ले मानिसको काम गर्ने, सोच्ने र संवाद गर्ने तरिका तीव्र गतिमा परिवर्तन गरिरहेको छ । प्रविधिले दैनिक जीवनलाई सहज बनाउँदै लगे पनि मानिसको ध्यान, मानसिक शान्ति र आन्तरिक सन्तुलनको प्रश्न उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ । यही सन्दर्भमा दक्षिण कोरियामा बौद्ध ध्यान र आधुनिक प्रविधिबीचको सम्बन्धमाथि विशेष सम्मेलन आयोजना हुने भएको छ । दक्षिण कोरियाको प्रमुख बौद्ध संस्था जोग्ये सम्प्रदाय र संसदीय माइन्डफुलनेस फोरमको पहलमा आगामी नोभेम्बर ४ मा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा कृत्रिम बुद्धिमत्ताको विस्तारसँगै मानिसको मानसिक जीवनमा देखिएका चुनौती…
Read More