नेपाल बौद्ध महासंघले पछिल्लो समय गोन्पा (गुम्बा) तथा विहारहरूविरुद्ध तथ्यहीन, कपोलकल्पित, अतिरञ्जित र भ्रामक प्रचार गर्दै सामाजिक सञ्जाल युट्युब, फेसबुक आदि विभिन्न माध्यममार्फत भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न स्थानहरूमा गत भदौ २३ र २४ गते भएको जेनजीहरूका आन्दोलनपश्चात् सो आन्दोलनसँग जोड्दै देशमा धार्मिक तथा सम्प्रदायिक द्वन्द्व निम्त्याउने प्रयत्नमा रहेका केही अराजक तत्वहरूले भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । ‘प्राचीनकालदेखि नै बौद्ध गोन्पा तथा विहारहरू…
Read More
