तश्विर : विजय तुलाधर
२५६७ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँको स्वयम्भूमा नेपाल बौद्ध संघले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमा छोग्याल रिन्पोचे, खेन्पो ङवाङ होइसेर, सांगे रिन्छेन, लोपेन नाम्गेल, टीका शेर्पा र पूण्यप्रसाद पराजुली विशेष वक्ताका रुपमा सहभागि थिए । कार्यक्रममा सांगे रिन्छेनले बुद्ध जयन्तीको महत्प, पुण्यप्रसाद पराजुलीले बुद्ध जीवनी, लोपेन नाम्गेलले पञ्चशील, टीका शेर्पाले आर्य अष्टांिगक मार्ग र खेन्पो ङवाङ होइसेरले चार आर्य सत्यको बारेमा प्रवचन दिएका थिए ।

भगवान बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाणमा केन्द्रीत कार्यक्रममा वक्ताहरुले विभिन्न कोणबाट बुद्ध र बुद्ध पूर्णिमाको महत्वको बारेमा टिप्पणी गरेका थिए । कार्यक्रमको सहजकर्ता नेपाल बुद्धिस्ट न्यूजका सम्पादक सुरज खड्का रहेका थिए भने कार्यक्रम सञ्चालन छिरिङ डोल्करले गरेकी थिइन् ।

कार्यक्रमको विशेष आकर्षणको रुपमा छोग्याल रिन्पोछेको ध्यान साधना अभ्यास रहेको थियो । छोग्याल रिन्पोछेले ध्यानको महत्वको बारेमा जानकारी दिदै ध्यानको अभ्यास समेत गराउनु भएको थियो ।

कार्यक्रममा पञ्च बुद्ध नृत्यले पनि बुद्ध मार्गका अनुयायीहरुको मत जितेको थियो । त्यस्तै कार्यक्रममा छोग्याल रिन्पोछेको स्वरमा रहेको बुद्ध वचनको अमृत गीत समेत सार्वजनिक गरिएको थियो । आगामी दिनमा बुद्ध धर्म र दर्शनको महत्वलाई थप उजागर गर्ने कार्यक्रमहरु निरन्तर गरिने नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए ।

बुद्ध जयन्तीमा नेपाल बौद्ध संघको विशेष कार्यक्रम

