२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा भएको छ । बैशाख २२ गते अर्थात बुद्ध पूर्णिमाका दिन आयोजना हुने मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको छ । निर्धारित कार्यक्रम अनुसार २१ गते साँझ मायादेबी मन्दिरमा दिपप्रज्वलन सहित महापरित्राण हुनेछ भने बैशाख २२ गते बिहान ६ बजे पूर्णिमा पाठ पुजा, ७ बजे ५ नम्बर गेटबाट अन्तर्राष्ट्रिय सभाहलसम्म शोभायात्रा र सम्मेलन केन्द्रमा मूल समारोह हुने छ ।
बैशाख २२ गते नै पण्डितपुरबाट रामग्रामसम्म बुद्धको अस्थिधातु यात्रा समेत हुने छ । २१ गतेको दिपप्रज्वलन र पाठमा लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरांतीले नेतृत्व गर्नेछन् भने २२ गतेको अस्थिधातु यात्राको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला श्रीपालीले गर्ने कार्यक्रम तय भएको छ । बोधिसत्व सिद्धार्थलाई तिललौराकोट भित्राउँदै गरेको प्रतिक स्वरुप मायादेबी शोभायात्रा गरिने छ । बुद्ध जयन्तीको मूल समारोहमा स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी समेत हुनेछन् ।



Great insights, the part about color matching was presented nicely, very practical advice.