बुद्धका सन्देश किन महत्वपूर्ण ?

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण पनि गौतम बुद्धका सन्देशहरू महत्त्वपूर्ण हुँदै गएको बताएका छन् ।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनलाई सम्मानित गर्ने विशेष कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू शान्ति स्थापनाका लागि अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएको बताए ।

‘गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढ्दो छन्,’ उनले भने विश्वभर बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएका छन् ।’

नेपाल शान्ति प्रक्रियाको अन्तिम चरणमा रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले द्वन्द्वलाई परास्त पार्दै नेपाल शान्ति र समृद्धिको बाटोमा लम्केको बताए ।

Share

Related posts

Leave a Comment