दिवङ्गतहरूको सुगति र विश्वशान्तिका लागि खुलामञ्चमा सामूहिक प्रार्थना हुने

आनी छोइङ डोल्मासँगै बुद्धि तामाङ र ऋचा शर्माबाट सहभागिताको आह्वान काठमाडौँ । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको ४९औँ दिनको स्मृतिमा आगामी असोज २८ गते बुधबार काठमाडौँको खुलामञ्चमा सामूहिक प्रार्थना सभा आयोजना हुने भएको छ। आनी छोइङ डोल्मा फाउन्डेसनको आयोजना तथा मानवसेवा आश्रमको सहआयोजनामा अपराह्न ४ः३० बजेदेखि ‘प्रेयर्स फर पिस’ कार्यक्रम हुन लागेको हो। आनी छोइङ डोल्माले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रममा संयुक्त मणि मोन्लम पाठ, दीप प्रज्वलन तथा सामूहिक प्रार्थना गरिनेछ। दिवङ्गतहरूको सुगतिको कामना गर्दै पुण्य समर्पण गर्ने, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने र विपद्को सामना गर्न सबैमा शक्ति तथा धैर्यको कामना…

Read More