रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि अमेरिकामा रहेका बौद्धमार्गी मुगुमबासीले १२ लाख रुपैयाँ सहयोग गरेका छन् । युनाइटेड मुगुम अर्गनाइजेसन, अमेरिकामार्फत प्रधानमन्त्री राहत कोषमा १२ लाख रुपैयाँ सहयोग गरिएको हो । अमेरिकामा रहेका मुगुमबासीले संकलन गरेको उक्त रकम बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले हस्तान्तरण गरिएको हो । त्यस्तै, काठमाडौंस्थित मुगुम समाज कल्याण केन्द्रले पनि आफ्ना सदस्यबाट संकलित रकम बाढीपीडितका लागि खर्च गरेको छ । केन्द्रले तीन लाख रुपैयाँ बराबरको सहयोग रसुवा पुगेर ४० पीडित घरपरिवारलाई वितरण गरेको छ । पीडित परिवारलाई ग्यास र जिन्सी अत्यावश्यक…
Read MoreDay: October 10, 2026
बौद्ध सेतो गुम्बामा आज शनिवारदेखि छोकी ङिमा रिन्पोछेबाट तीन अभिषेक प्रदान गरिने
काठमाडौं। बौद्धस्थित का–ङिङ शेडुप लिङ सेतो गुम्बामा श्रद्धेय छोकी निमा रिन्पोछेले ‘बार–साम–डोल–सुम’ अन्तर्गत तीन अभिषेक प्रदान गर्नुहुने भएको छ। कार्यक्रम २०८३ असोज २४ गते शनिबार अर्थात् १० अक्टोबर २०२६, दिउँसो १ बजे सुरु हुनेछ। गुम्बाले जारी गरेको सूचनाअनुसार, संघको लामो समयदेखिको अनुरोध स्वीकार गर्दै रिन्पोछेले गृहस्थ धर्मावलम्बी तथा साधकहरूलाई अभिषेक प्रदान गर्न लाग्नुभएको हो। यीमध्ये ‘बार्छे लाम्सेल’ (བར་ཆད་ལམ་སེལ།) को अर्थ ‘मार्गका बाधा–विघ्न हटाउने’ र ‘साम्पा ल्हुन्ड्रुप’ (བསམ་པ་ལྷུན་གྲུབ།) को अर्थ ‘मनोकामना सहजै सिद्ध हुने’ हो। दुवै गुरु पद्मसम्भवसँग सम्बन्धित छन्। यी प्रार्थनामा साधनाका बाधा हटून् र शुभ आकाङ्क्षा पूरा होऊन् भन्ने…
Read More४४औँ साक्या ठिजिनको गद्दी आरोहण नोभेम्बर ६ मा, भोलिपल्ट दीर्घायु अभिषेक
काठमाडौं। भारतको पश्चिम बङ्गालस्थित जयगाउँमा आगामी नोभेम्बर ६, २०२६ मा ४४औँ सक्या ठिजिनको गद्दी आरोहण समारोह हुने भएको छ। साक्या थेग्छेन फुन्छोक लिङ गुम्बामा आयोजना हुने समारोहमा श्रद्धेय खोन्दुङ अविकृतवज्र रिन्पोछेलाई सक्या परम्पराको ४४औँ सिंहासनधारीका रूपमा पदस्थापन गरिनेछ। साक्या हेरिटेज सोसाइटीले परम्परागत विधिअनुसार समारोह आयोजना गरिने जनाएको छ। गुम्बाको कार्यालयले अक्टोबर १ मा जारी गरेको सूचनाअनुसार, गद्दी आरोहणको भोलिपल्ट नोभेम्बर ७ मा परमपूज्य ४१औँ साक्या गोङ्मा ठिक्षेन दोर्जे क्षाङले दीर्घायु अभिषेक ‘छेवाङ’ प्रदान गर्नुहुनेछ। आयोजक तथा श्रद्धालुहरूको प्रार्थना र अनुरोध स्वीकार गर्दै उहाँले अभिषेक प्रदान गर्न सहमति दिनुभएको सूचनामा उल्लेख…
Read More