रसुवा बाढीपीडितलाई नेपाल र अमेरिकामा रहेका मुगुमबासीको सहयोग

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि अमेरिकामा रहेका बौद्धमार्गी मुगुमबासीले १२ लाख रुपैयाँ सहयोग गरेका छन् । युनाइटेड मुगुम अर्गनाइजेसन, अमेरिकामार्फत प्रधानमन्त्री राहत कोषमा १२ लाख रुपैयाँ सहयोग गरिएको हो । अमेरिकामा रहेका मुगुमबासीले संकलन गरेको उक्त रकम बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले हस्तान्तरण गरिएको हो ।

त्यस्तै, काठमाडौंस्थित मुगुम समाज कल्याण केन्द्रले पनि आफ्ना सदस्यबाट संकलित रकम बाढीपीडितका लागि खर्च गरेको छ । केन्द्रले तीन लाख रुपैयाँ बराबरको सहयोग रसुवा पुगेर ४० पीडित घरपरिवारलाई वितरण गरेको छ । पीडित परिवारलाई ग्यास र जिन्सी अत्यावश्यक सामग्री उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यसैगरी केन्द्रले थप ६ लाख रुपैयाँ महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।

केन्द्रले बाढीपीडित रहेको सुन्दरीजल, स्वयम्भू, नुवाकोटस्थित होल्डिङ सेन्टरहरुमा रहेका ६८ घरधुरी बाढीपीडितहरुलाई पनि आवश्यक सामाग्री सहयोग गरेको छ । बाढीपीडितलाई राहत पुर्याउन विभिन्न संघसंस्था तथा समुदायबाट सहयोग जुट्ने क्रम जारी छ ।

Share

Related posts

Leave a Comment