लुम्बिनीको धार्मिक गरिमा जोगाउन विकास कोषको कडाइ, निषेधित क्षेत्र खाली

१२ मंसिर,लुम्बिनी : बुद्ध जन्मस्थल लुम्बिनीको धार्मिक पवित्रता, स्वच्छता र ऐतिहासिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रका निषेधित स्थानमा राखिएका पसलहरू हटाएको छ । पवित्र उद्यान, शान्तिदीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायतका स्थानमा अनधिकृत रूपमा सञ्चालन गरिएका पसल शनिबार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको समन्वयमा हटाइएको हो । लुम्बिनी विकास कोषले २०८३ मंसिर १० गते सार्वजनिक सूचना जारी गर्दै निषेधित क्षेत्रमा राखिएका पसल २४ घण्टाभित्र हटाउन सम्बन्धित व्यवसायीलाई आग्रह गरेको थियो । मंसिर ११ गतेदेखि लागू हुने गरी जारी गरिएको सूचनाको समयसीमा समाप्त भएपछि कोषले सुरक्षाकर्मीको सहयोगमा…

Read More

लुम्बिनी गुरुयोजना क्षेत्रका अवैध पसल हटाउन विकास कोषको २४ घण्टे अल्टिमेटम

१२ मंसिर, लुम्बिनी : बुद्ध जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व संरक्षण गर्ने उद्देश्यले लुम्बिनी विकास कोषले पवित्र उद्यान, शान्तिदीप क्षेत्र तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रमा सञ्चालन भइरहेका अनधिकृत पसल तथा व्यवसाय हटाउन निर्देशन दिएको छ । कोषले अनुमति नलिई सञ्चालन गरिएका पसल र अस्थायी संरचना हटाउन सम्बन्धित व्यवसायीलाई २४ घण्टाको समयसीमा दिएको हो । लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीका लागि आस्थाको प्रमुख केन्द्र हो । गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पोखरी तथा विभिन्न देशले निर्माण गरेका बौद्ध विहार र गुम्बाहरू यहाँका प्रमुख धार्मिक तथा ऐतिहासिक सम्पदा हुन्…

Read More

श्रीलङ्कामा विश्व बौद्ध संघको ६०औँ वार्षिकोत्सव सुरु, ५० भन्दा बढी देशका धर्मगुरु सहभागी

१२ मंसिर, काठमाडौं : विश्व बौद्ध संघ (डब्लुबीएससी) स्थापनाको ६०औँ वार्षिकोत्सव तथा ११औँ महासभाअन्तर्गत दोस्रो कार्यकारी समिति बैठक शनिबारदेखि श्रीलङ्कामा सुरु भएको छ । नोभेम्बर २८ देखि डिसेम्बर २ सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न बौद्ध धर्मगुरु, भिक्षु, भिक्षुणी, बौद्ध विद्वान् तथा प्रतिनिधिहरू सहभागी भइरहेका छन् । श्रीलङ्काको केलानियास्थित नागानन्द अन्तर्राष्ट्रिय बौद्ध अध्ययन संस्थानमा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रपति अनुरकुमार दिसानायकेको संरक्षणमा हुने कार्यक्रम छ । आयोजकका अनुसार थेरवाद, महायान र वज्रयान परम्परासँग सम्बन्धित ५० भन्दा बढी देशका प्रतिनिधिहरूलाई सम्मेलनमा आमन्त्रण गरिएको छ । अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सहभागी गरी ६०० भन्दा…

Read More

पालिदेखि तिब्बती भाषासम्म बुद्धवचन पाठ, लुम्बिनीको अन्तर्राष्ट्रिय कार्यक्रमको भिडियो सार्वजनिक

१२ मंसिर, काठमाडौं : बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रमको गतिविधि समेटिएको भिडियो सार्वजनिक गरिएको छ । पाल थुब्तेन शेड्रुब लिङ (हजार स्वर्ण बुद्ध मन्दिर) ले नोभेम्बर २६ मा कार्यक्रमका विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि समेटिएको भिडियो सार्वजनिक गरेको हो । नोभेम्बर १ देखि ७ सम्म सञ्चालन भएको उक्त कार्यक्रममा विश्वका ५० भन्दा बढी देशबाट एक हजारभन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी तथा गृहस्थ साधक सहभागी भएका थिए । तिब्बती बौद्ध परम्पराको महत्वपूर्ण पर्व ल्हाबाब दुछेनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विभिन्न बौद्ध परम्परा र समुदायका अनुयायीहरू…

Read More