बुद्धले राजा प्रसेनजीतलाई कसरी पशु बलि बिरोधी बनाए ?

बुद्ध कालिन समयको कुरा हो, त्यस समयमा कौशल देशमा प्रसेनजीत नाम गरेको एकजना राजा थिए । एक समय जब प्रसेनजीत समस्या नै समस्यामा परे, राजा समस्याहरुबाट छुटकारा पाउने बाटो भेट्टाउन सकिरहेको थिएनन् । यश समस्याको कारण अजातसत्रुको चिन्ता धेरै बढेको थियो । त्यसै समयमा उसको भेट एक तान्त्रिकसगं भयो । राजाले तान्त्रिकसगं चिन्ताको कारण बताए ।

तान्त्रिकले राजालाई समस्याबाट छुटकारा पाउनको लागि पसु बलिदिने उपाय बताए । राजाले तान्त्रिकको कुरामा बिश्वास गरेर पशुहरुको बलि दिने निर्णय गरे । यशको लागि एक ठुलो अनुस्ठानको तयारी गरियो र बलिको लागि भैंसीलाई बाधेर मैदानमा राखियो ।

संयोगले तथागत गौतम बुद्ध राजा प्रसेनजीतको नगरमा पुग्नुभयो । उहाँले देख्नुभयो कि निर्दोष पसुको गर्दनमा मृत्युको तलबार झुण्डी रहेको छ, तब उहाँको मन करुणाले भरिएर आयो । बुद्ध राजा प्रसेनजीतको नजिकै जानुभयो ।

बुद्धले एक सिन्का राजालाई दिएर भन्नुभयो स्( हे राजन ! यशलाई भाचेर मलाई देखाउ ।

राजाले सिन्कालाई दुईटुक्रा गरेर गौतम बुद्धलाई दिए ।
गौतम बुद्धले भाचिएको सिन्कालाई पुनः राजालाई दिएर भन्नुभयो अब यश दुई टुक्रालाई जोडेर देखाउ ।

गौतम बुद्धको यो कुरा सुनेर प्रसेनजीत अचम्मित भए ।
राजाले भने, भाचिएको सिन्का कसरी जोडिन सक्छ ?

राजाको जवाफ सुनेर बुद्धले भन्नुभयो हे राजन ! जसरी यो सिन्का भाँच्न सकिन्छ तर जोडन सकिदैन । त्यसरी नै निर्दोष पशुको हत्या पश्चात् तपाईं त्यसलाई जिबित गर्नु सक्नु हुन्न । साथै यश प्राणी हत्याबाट समस्या घटनुको साटो झन झन बढनेछ । तपाईंलाई जस्तै यश पशुहरुलाई पनि जिउने अधिकार छ । जहाँसम्म तपाईंको समस्याको सवाल छ, त्यसलाई हटाउनको लागि बिबेक र साहासको साहारा लिनुपर्छ । असहाय र निर्दोष पशुहरुको बलि नदिनुहोस ।

तथागत बुद्धको यो कुरा सुनेर राजा प्रसेनजीत शर्मिन्दा भए । राजाले तत्कालै पशु(वलि बन्द गर्ने आदेश दिए ।

Share

Related posts