प्रोजेक्ट १०८ को पवित्र समारोहमा ग्येत्रुल जिग्मे रिन्पोछे सहभागी हुने

भुटानको गेलेफु माइन्डफुलनेस सिटीमा आयोजना हुने प्रोजेक्ट १०८ अन्तर्गतको पवित्र समारोहमा परमपूज्य ग्येत्रुल जिग्मे रिन्पोछे सहभागी हुने भएका छन् ।

प्रमुख ञिङमा बौद्ध धर्मगुरु तथा रिपा आध्यात्मिक परम्पराका उत्तराधिकारी रिन्पोछे पुस्तौँदेखि अभ्यास हुँदै आएको बौद्ध धर्म, ज्ञान र आध्यात्मिक साधनाको परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

प्रोजेक्ट १०८ अन्तर्गत आयोजना हुने यस पवित्र जमघटमा विभिन्न बौद्ध गुरु तथा साधकहरू प्रार्थना र आध्यात्मिक आकाङ्क्षासहित एकत्रित हुँदैछन् । रिन्पोछेको सहभागिताले यस आध्यात्मिक समारोहलाई थप महत्त्वपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

सन् १९६८ मा भारतमा जन्मिएका ग्येत्रुल जिग्मे रिन्पोछेलाई ग्येत्रुल पेमा योन्तेन रिन्पोछेको पुनर्जन्मका रूपमा पहिचान गरिएको थियो । उनले प्रतिष्ठित बौद्ध गुरुहरूको मार्गदर्शनमा बौद्ध धर्मको व्यापक अध्ययन गरेका छन् । यस क्रममा ञिङमा बौद्ध परम्पराअन्तर्गत उच्च तहको अध्ययनसमेत पूरा गरेका छन् ।

रिन्पोछेले भारत र नेपालमा रहेका विभिन्न गुम्बा तथा भिक्षु समुदायहरूको नेतृत्व र व्यवस्थापन गर्दै आइरहेका छन् । उनले अन्तर्राष्ट्रिय स्तरमा बौद्ध धर्मका शिक्षाहरू प्रवाह गर्दै आध्यात्मिक ज्ञान र बौद्ध दर्शनको प्रचारप्रसारमा योगदान पु¥याउँदै आइरहेका छन् ।

Share

Related posts

Leave a Comment