युवक बौद्ध मण्डल ५० वर्षमा, विभिन्न कार्यक्रम गरी मनाइने

युवक बौद्ध मण्डल नेपालको स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा वर्ष भरि नै विविध कार्यक्रम गरी मनाइने भएको छ । स्वर्ण महोत्सव मनाउने कार्यक्रमको शुभाराम्भ शनिबार थेरवाद, बज्रयान र महायान सम्प्रदायका भिक्षुहरुबाट मैत्री तथा मंगल पाठ लगायत गरिएको थियो ।


कार्यक्रममको अन्त्यमा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो । स्वयम्भू ज्ञानाला भजन संघ, हिरण्यवर्ण महााविहार तारेमान संघ, सुनागुथि ज्ञानमाला भजन संघ, ज्ञानोदय ज्ञानमाला भजन खल रत्नाकार महाविहार हबाहा समूहले भजन प्रस्तुत गरेका थिए ।

Share

Related posts