ललितपुरको यम्पी महाविहारमा अखिल भिक्षु महांघद्वारा कथिन चिवर दान सम्पन्न भएको छ । कथिन दानमा सयौको संख्यामा उपासक उपासिका तथा भिक्षुहरु सहभागि थिए ।

नेपाल भिक्षु महसंघले अनुशासित र नियम पुर्वक ३ महिने वर्षावास बस्ने भिक्षुलाई चिबर र भिक्षा पत्र प्रदान गर्दै बिहिबार कथिन चिवर दान सम्पन्न गरेको हो । बौद्धधर्ममा महत्वपुर्ण मानिने ३ महिनाको वर्षावास सम्पन्न गरेपछि दाताहरुले विभिन्न किशिमका दान प्रदान गर्ने परम्परा छ ।



