थाइल्याण्डमा बस्दै आएका नेपाली भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले नेपाललाई एक जहाज स्वास्थ्य सामग्री पठाएका छन् । थाइल्यान्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातीले व्यक्तिगत रुपमा कोरोना संक्रमणविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् । थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, ११ हजार ५२० थान पीपीई गाउन, १० हजार जोडि लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेसशिल्ड, २० हजार युनिट रेपिड एन्टिजेन युनिट, ६ सय थान अक्सिमिटर, १५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बोडिब्याग, ३० थान अक्सिजन…
Read Moreमहिना: मे 2021
अमेरिकी इतिहासमै पहिलोपटक ह्वाइट हाउसमा मनाइयो बुद्धजयन्ती
अमेरिकाको इतिहासमा पहिलो पटक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै बुद्ध जयन्ती मनाइएको छ ।२५६५ औ बुद्ध जयन्ती अर्थात् वैशाख डे ह्वाइट हाउसमा मनाइएको हो । अमेरिकी उपराष्ट्रपति कमला हेरिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयान बौद्ध भिक्षु र गुरुहरुले दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन् । इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वागमो डिक्से संयोजक गरेको समारोहमा थेरवादको तर्फबाट भिक्षु उपराटन महास्थवीर, महायानको तर्फबाट भिक्षु मारविन हराडा र वज्रयानको तर्फबाट टारथगं टुल्कु रिम्पोछेले बुद्ध पूजा र प्रार्थना गर्नु भएको थियो । अध्यक्ष डिक्सेले अमेरिकी लोकतन्त्रमा तीनै…
Read Moreओझेलमा परेका बुद्ध भूमिहरु
युवराज कँडेल ईसापूर्व ५६३ वैशाख शुक्लपूर्णिमाको दिन लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । खासगरी चीन र पूर्वी एशियामा बुद्ध धर्मको प्रचार भएपछि बुद्ध जन्मस्थलको बारेमा खोजी भयो । यसैक्रममा घुम्दै आएका यात्री फाहियान बौद्ध तीर्थस्थलको भ्रमण गर्ने क्रममा सन् ४०३ मा लुम्बिनी आइपुगे र उनले कपिलवस्तु नगरदेखि पूर्वतर्फ लुम्बिनी उद्यान रहेको र त्यहीं बुद्धको जन्म भएको ठहर गरे । सन् ६३६ मा घुम्दै आएका चिनियाँ यात्री हुएन सांगले आफ्नो यात्रा वृत्तान्तमा लुम्बिनी र त्यहाँको संरचनाको बारेमा उल्लेख गरे । यिनै विद्वान्ले उल्लेख गरे अनुसार लुम्बिनीको खोजी गर्दै जाँदा सन्…
Read Moreदेशभर बुद्ध पूर्णिमा मनाइदै
आज देशभर २५६५ औँ बुद्ध जयन्ती मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै…
Read Moreराष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् । शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी…
Read Moreप्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री ओलीले दुई हजार ५६५ औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिएको सन्देशमा भनेका छन्, ‘‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ। म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन। त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण…
Read Moreयसरी मनाइदैछ लुम्बिनीमा यो वर्षको बुद्धजयन्ती
यस वर्षको बुद्ध जयन्ती विश्व शान्ति र कोरोना महामारी नियन्त्रणको कामना गर्दै मनाइने भएको छ । लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा सरकारले नै विशेष कार्यक्रम गर्दै आएको थियो । तर अघिल्लो वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण गएको वर्ष पनि बुद्धजयन्तीमा विशेष कार्यक्रम भएन । यो पटक पनि बुद्ध जयन्ती सामान्य तरिकाले मनाइने भएको छ । कोरोना महामारी सुरु भएयता मुलुकको प्रमुख पर्यटकीय तथा धार्मिकस्थल लुम्बिनी गएको एक वर्षदेखि सुनसान छ । भिक्षु, भिक्षुणी र उपासकले विश्व शान्ति र महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको लुम्बिनी विकास कोषमा…
Read Moreईश्वरको बारेमा बुद्धको धारणा
भिक्षु कश्यप अनन्त विशाल अस्तित्वलाई इंगित गर्न भव, सृष्टि, ब्रह्माण्ड, संसार, जगत लगायत अनेक शब्द छन्। समानअर्थी शब्द भए पनि यी सुक्ष्म रूपमा फरक छन्। जस्तो भवले ‘यो अनन्त विशाल अस्तित्व छ’ मात्र जनाउँछ। सृष्टिले ‘यो अनन्त विशाल अस्तित्व छ, किनकी कसैले सृष्टि गरेको छ’ भन्ने बुझाउँछ। भव वा सृष्टिका बारेमा मानिसमा आदिकालदेखि नै कौतुहलता रहँदै आएको छ। भव अनादिकालदेखि छ कि आदिकालमा सुरू भएको हो? भव वा सृष्टि स्वयम्भू (आफैं निर्मित) हो कि यसको सृष्टिकर्ता कोही छ? छ भने, उसले कुन उद्देश्यले सृष्टिको रचना ग¥यो? अनि सृष्टि छ भने…
Read Moreबुद्धको दर्शनः दुःख–सत्य र दुःख मुक्तिको बाटो
आर. मानन्धर ‘सत्य के हो?’ मानवजाति सभ्यतामा प्रवेश गरेकै दिनदेखि चिन्तन थालिएको विषय हो यो । यसै प्रश्नमा घोत्लिँदै कति दार्शनिक जन्मिए, कति ऋषिमुनि भए । यही सत्यको खोजको परम्परामा २६०० वर्षअघि एउटा नाम जोडिन्छ — सिद्धार्थ गौतम । राजकुमार थिए उनी । तर उनले सत्यको खोजीमा दरबार त्यागे । दरबारको सुखसयल त्यागे । उनी एक्लै सत्यको खोजीमा जंगल पसे । अनेक दुःखकष्ट सहेर छ वर्षसम्म खोजेपछि उनले सत्य भेट्टाए । अनि उनले चार सत्य प्रस्तुत गरे । ती सत्य के हुन् त ? के ती सत्य दार्शनिक, दुरूह, बुझ्न…
Read Moreथाइल्याण्डका भिक्षुद्वारा सबैको सामुन्ने देह त्याग ‘महापरिनिर्वाण’ प्राप्त (भिडियोसहित)
थाइल्याण्डमा महापुण्यशाली भिक्षुले आफ्नो जाने बेला आएको भन्दै शिष्य र चेलाहरुको सामुन्ने सुतेर एकैछिनमा देह त्याग गरेका छन् । जागृत अवस्थाका भिक्षुले आफ्नो मृत्युुको सूचना दिँदै सबैको सामुन्ने महापरिनिर्वाण प्राप्त गरेका हुन् । बौध्दधर्म र शास्त्रमा महापरिनिर्वाणलाई ठूलो पुण्य मानिन्छ । यो सामान्य भिक्षु र धर्मावलम्बीले प्राप्त गर्न नसक्ने कुरा हो । भगवान गौतम बुद्धले पनि यसैगरी महापरिनिर्वाण प्राप्त गर्नुभएको बौध्द धर्म ग्रन्थहरुमा उल्लेख छ । महापुण्यशालीले देह त्याग गरिरहँदा उनका शिष्यहरु हात जोडेर बसेका थिए । एकैछिनमा देह त्याग गरेपछि उनलाई विशेष बाकसमा हालेर भिक्षुहरुले समाधिस्थलतर्फ लगेको भिडियोमा देखिन्छ…
Read More