बौद्ध धर्मका चार आर्य सत्यलाई एकपटक स्मरण गरौँ

१. दुःख : यस दुनियामा सबै केही दुःख छ । जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, प्रियतम भन्दा टाढा हुनमा, मन नपर्ने चीजहरू सहितमा, चाहिकोलाई नपाउनुमा, सबैमा दुःख छ । २. दुःख प्रारम्भ : तृष्णा, या चाहना, दुःखको कारण छ र फेरी सशरीर गरेर संसारलाई जारी राख्दछ । ३. दुःख निरोध : तृष्णाबाट मुक्ति पाएमा जान सक्दछ । ४. दुःख निरोधको मार्ग : तृष्णाबाट मुक्ति आर्य अष्टांग मार्गका अनुसार बाँच्नबाट पाएमा जान सक्दछ । बुद्धले पहिलो धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साथीहरुलाई दिएका थिए, ती चार आर्य सत्यहरूका विषयमा थिए…

Read More

बौद्ध धर्म र दर्शन भित्रका पञ्चबुद्ध

बसन्त महर्जन बौद्ध जगतमा बुद्ध एक शास्ता हुन् । शास्ताको अर्थ हो, मार्गदर्शक । गैरबौद्ध समाजबाट आउनेहरु प्रायशःले बुद्ध भनेर लुम्बिनी वनमा इ.पू. ५६३ मा मायादेवीको कोखबाट जन्मेका गौतम बुद्धलाई बुझ्ने गर्दछ जुन गल्ती हो । वास्तवमा विविध नाम र पहिचान रहेका अनेकौं बुद्धमध्ये एक गौतम बुद्ध हुन् । हिनयान बौद्ध धर्मअनुसार दिपंकर बुद्धभन्दा अघिका तीन जना मेधंकर, तण्हंकर र शरणंकरलाई पनि गणना गर्ने हो भने ज्ञात भएकामध्ये गौतम बुद्धको गणना अठाइसौंमा पर्दछ । महायानी बौद्ध साहित्यमा उल्लेख भएका बुद्धहरुको संख्या त्यो भन्दा अझ बढी छ । यसरी नै बज्रयानी…

Read More

भगवान बुद्धको अन्तिम उपदेश

प्रस्तुति : बिष्णु धनञ्जय अतुलनीय तथागत सम्मासम् गौतम भगवान बुद्ध (८०) बर्षिय आयु र (४५) बर्षा वासिक परिनिर्वाण लिने समय थियो। सम्पूर्ण एउटा सालको सारा वनैभरी सुनसान मौन भएको थियो। भिक्षु- भिक्षुनी हरु र मनुष्य देवता परिषद् आदिहरूले जनपूर्ण भिड थियो। भगवान बुद्ध दुईवटा सालको मध्यम बिचमा वृक्षको मुनि उत्तर दिशा तर्फ शीर पारेर अन्तिम विदाई लिँदै लोकमा धर्मका सूर्य चाँडैनै अस्ताउँदै हुनुहुन्छ। सुनसान मौनता भित्र सुँक्क सुँक्क बिलौनाहरु को शब्द निस्किँदै आयो। कुनै भिक्षुहरूले बगेर आएको तातो आँसु धारालाई आफ्नै चिवरले पुसेर, कुनै भिक्षुनीहरु को गहभरी आँसुको बाढी बगेको थियो।…

Read More

‘जय बुद्ध’ का अनर्गल प्रशस्तीहरू

बसन्त महर्जन कुनै पनि असल काम थाल्नका लागि गौतम बुद्धले निश्चित समय पर्खन भनेका छैनन् । अन्य समाजमा यसलाई ‘शुभ मुहूर्त’ भन्ने चलन छ तर बौद्ध समाजमा यस्तो छैन । बुद्धका अनुसार असल काम थालनी हुने सबै समय शुभमुहूर्त नै हुन्छ । यही धर्मले सिंचित भारतीय समाजमा एउटा काव्यात्मक हिन्दी कहावत छ, ‘जब जागा तब सबेरा’ । स्वयम्भू महाचैत्यको पश्चिमतिर काठमाडौं उपत्यका प्रवेश गर्ने केही बाटा छन् र कोही कोही निश्चित बाटो प्रयोग गर्दैनथे किनभने ती बाटा प्रयोग गर्दा सबैभन्दा पहिला स्वयम्भू महाचैत्यको दर्शन हुन्छ । स्तूपको दर्शन गर्नु अशुभ…

Read More

यस वर्षको सागा दावा मोन्लाम स्थगित

संसारभर फैलिएको कोरोना भाइरसको प्रकोपका कारण अहिले सबैतिर सन्त्रास छाएको छ । कोरोनाकै कारण अहिले सम्पुर्ण विश्व नै लकडाउनको स्थितिमा रहेको छ । यही कारण पनि विभिन्न गतिविधि तथा सांस्कृतिक चाडपर्वहरुमा पनि यसको असर देखिएको छ । यसैक्रममा कोरोना भाइरसकै कारण यो वर्षको सागा दावा मोन्लाम पूजा स्थगित गरिएको जानकारी नेपाल बौद्ध महासंघले विज्ञप्तिमार्फत दिएको छ । विज्ञप्तिमार्फत् नै महासंघले कोरोनाको प्रकोपबाट बच्न सबैलाई अनुरोध गर्दै आ आफ्नो स्थानबाटै पूजापाठ गरी कोराना भाइरसका कारण ज्यान गुमाउनेहहरुको चित्त शान्तिको कामना र उपचार गराइरहेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न पनि अनुरोध गरेको…

Read More

म्यानमारको एउटा बौद्ध सम्पदा जुन बर्षौदेखि एउटा पत्थरको टुप्पोमा अडिएको छ (फोटो फिचर)

दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ । २५ फिट अग्लो उक्त ढुंगालाई गोल्डेन रक अर्थात सुनौलो चट्टान पनि भनिन्छ । झण्डै चिप्लिन्छ कि जस्तो गरी अडिएको यो ढुंगाको अवस्थिति कुनै रहस्यभन्दा कम छैन । यो चट्टान म्यानमारका बोद्ध धर्माबलम्बीहरुको प्रमुख तीर्थस्थल हो । सुनजस्तै पहेँलो देखिने हुनाले यसको नाम नै गोल्डेन रक अर्थात् क्याटियो प्यागोडा रहेको छ । वास्तवमा मानिसहरुले यो चट्टानमा सुनका पत्रहरु टाँसेर यसलाई सुनजस्तै बनाइदिएका हुन् । यो चट्टान कसरी अर्को चट्टानको टुप्पोको…

Read More

प्राचीन लेख्य परम्परामा ‘लुम्बिनी’ शब्दको उल्लेख

बसन्त महर्जन प्राचीन बौद्ध वाङमयहरूमा ‘लुम्बिनी’ शब्दको प्रयोग बडो विशिष्ट र शालीनताका साथ हुने गर्दछ । आजभोलि पनि कसैले ‘लुम्बिनी’ नाम लिनुमात्रै पर्दछ, संसार भरका बौद्धहरू गौतम बुद्धको जन्मस्थल भनी बुझ्दछन् र श्रद्धाले झुक्छन् । अन्य सम्प्रदायबाट आएकाहरू पनि यसमा सद्भाव राख्छन् । लुम्बिनी कसैका लागि पर्यटकीय स्थल होला तर बौद्धहरूका लागि भने यो पर्यटकीय गन्तव्य मात्रै नभएर तीर्थस्थल नै हो । किन भने ई.पू. ५६३ को वैशाख पूर्णिमाका दिन यहाँ गौतम बुद्ध जन्मेका थिए । यसैले बौद्धहरू यहाँ आएर श्रद्धा व्यक्त गर्दछन् । बुद्धकै अनुसार चार संवेजनीय स्थलहरूमा एक…

Read More

रजनिश ओशो भन्थे : नेपालीले बुद्ध नचिन्नु भूल

भिक्षु कृष्णमान चार महान् विश्व प्रसिद्ध तीर्थस्थलहरू हुन्ः बुद्ध जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्तिस्थल बोधगया, धर्मचक्र प्रवर्धन स्थल सारनाथ, महापरिनिर्वाण स्थल कुशीनगर । यी चार पावन तीर्थस्थलमध्ये बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख एवं महत्वपूर्ण मानिन्छ । किनभने बुद्ध दर्शनको उद्गम स्थल नै लुम्बिनी उद्यान हो, जहाँ गौतमबुद्धको जन्म भयो वैशाख पूर्णिमाको दिन । बुद्धले आजकै दिन बुद्धत्व प्राप्त गर्नुभएको र आजकै दिन देह त्याग गर्नुभएकाले बुद्ध जयन्तीलाई त्रियोग महोत्सवको नामले पनि पुकार्ने गरिन्छ । लुम्बिनी बुद्धको जन्मस्थल भएकाले नै बौद्ध इतिहासमा नेपालले अद्वितीय स्थान हुन पुगेको हो । बुद्धको जन्मस्थलमा तीर्थाटन हुन…

Read More

संघनायक भिक्षु ज्ञानपूर्णिकको सघनकक्षमा उपचार गरिँदै

सङ्घनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको सघनकक्षमा उपचार भइरहेको छ । मिर्गौला रोगबाट पीडित ८१ वर्षीय भिक्षु अग्गमहापण्डितलाई उपचारका लागि दुई साताअघि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । डायलसिस गराउँदै आएका उनलाई चार दिनदेखि सघनकक्षमा राखिएको भिक्षु निग्रोधले जानकारी दिए । “स्वास्थ्य अवस्था स्थिर छ”, उनले भने । भिक्षु अग्गमहापण्डितको उपचारमा चिकित्सकद्वय डा ऋषि काफ्ले र डा विक्रम शाक्य खटिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार अस्पताल पुगी भिक्षु अग्गमहापण्डितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर…

Read More

कपन गुम्बाद्वारा ५ सय भन्दा बढिलाई राहत

नेपाल बौद्ध महायान (कपन गुम्बा)ले बूढानीलकण्ठ नगरपालिका वडा नं.११ मा बसोबास गर्ने लकडाउन पीडित विपन्न परिवारलाई वडाको समन्वयमा दोस्रोपटक खाद्यान्न राहत वितरण गरेको छ । गुम्बाले पहिलोपटक वैशाख १५ र १६ गते करिब ६०० भन्दा बढी विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको थियो । धेरै विपन्न परिवार राहत पाउनबाट बन्चित भएको गुनासो आएपछि वडा कार्यालयबाट पहल भएपछि गुम्बाले दोस्रोपटक पनि राहत प्रदान गरेको हो । ग्राम शिक्षा मन्दिर मा.वि.को प्राङ्गणमा ५ सय भन्दा बढिलाई राहत वितरण गरिएको हो । शान्तिटोल विकास समिति भित्र बसोबास गर्ने ४० विपन्न परिवारलाई पनि टोल…

Read More