चारुमतीमा एक महिने गुंला बुद्ध पूजा सम्पन्न

काठमाडौँको चावहिलस्थित चारुमती स्पुतमा भइरहेको एक महिने गुंला बुद्ध पूजा शनिबार सम्पन्न भएको छ । पूजा अवधिभर स्तुप परिसरमा धर्मदेशना तथा परित्राण पाठ गरिएको थियो । एक महिने बुद्ध धर्मपूजाको जिम्मा लिई जलपान र धर्मपूजामा सहयोग पुर्याउने उपासक उपासिकाहरु समेत समापन कार्यक्रममा सहभागि थिए । चारुमती स्तुपका प्रमुख भिक्षु तपस्सी धम्मले पूजा सम्पन्न भएसँगै एक महिने पूजा आयोजनामा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै बुद्धका ज्ञान तथा उपदेशलाई सबैले पालना गरेको खण्डमा विश्वमै शान्ति छाउने बताए ।

Read More

His Eminence Chogyal Rinpoche honored by World Book of Records

His Eminence Chogyal Rinpoche, the founder/president of Bodhisattva in Action Foundation (BIA) has been honored by World Book of Records, London. He has received this honor for his contribution towards supporting the people with disabilities in Nepal over various projects of BIA Foundation. On the occasion of receiving the honor, a program has been organized today to celebrate. Foundation officials, volunteers, journalists and well-wishers attended to congratulate to Rinpoche on this cheerful occasion.

Read More

वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनबाट छोग्याल रिन्पोचे सम्मानित

बोधिसत्व इन एक्सन (बि.आई.ए.)का संस्थापक तथा अध्यक्ष छोग्याल रिन्पोछे वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनबाट सम्मानित हुनु भएको छ । नेपालमा शारिरिक रुपमा अशक्त भएकाहरुको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका कारण उहाँलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ । बि.आई.ए.फाउण्डेसनमार्फत छोग्याल रिन्पोचेले शारिरीक रुपमा अशक्त भएकाहरुको सिप तथा अभिवृत्ति विकासमा सहयोग गर्दै आउनु भएको छ । गत मंगलबार स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको फाउण्डेसनले छोग्याल रिम्पोचेलाई गरिएको सम्मानको अवसरमा काठमाडौँमा एक कार्यक्रम गर्दै खुशी साटासाट गरेको छ । कार्यक्रममा रिम्पोचेलाई शुभकामना दिनका लागि बि.आई.ए.का पदाधिकारी, सञ्चारकर्मी, शुभेक्षुक सहभागि भएका थिए ।

Read More

विख्यात धर्मगुरु क्याव्जे सोग्याल रिम्पोचेको निधन

विश्वप्रसिद्ध धर्मगुरु, लेखक, साहित्यकार तथा बौद्ध दर्शनका प्रकाण्ड बिद्धान क्याब्जे सोग्यल रिम्पोछेले समाधि लिनुभएको छ । रिम्पोचेको ७२ वर्षको उमेरमा बुधबार थाइल्याण्डमा निधन भएको हो । धर्मगुरु सोग्याल रिन्पोछे १९औं शताब्दीका महान निधिपति तेर्तोन सोग्यालको निर्माणाकाय (टुल्कु) हुनुहुन्छ । महागुरु ज्याम्याङ खेन्चे छोकी लोडो, क्याब्जे दुजोम रिन्पोछे र दिल्गो खेन्चे रिन्पोछेजस्ता महासिद्धहरुबाट ज्ञान हासिल गरेपछि उहाँले लण्डनको क्याम्ब्रिज विश्वविद्यालयबाट मास्टर्स डिग्री गर्नु भएको थियो । जीवन, मृत्यु, अन्तर्भाव र पुनर्जन्मसम्बन्धी अंग्रेजी भाषामा उहाँले लेख्नुभएको पुस्तक संसारमै प्रख्यात छन् । हालसम्म दशौं लाख मानिसले पढिसकेको उक्त पुस्तक संसारका ३४ वटा भाषामा…

Read More

‘पञ्चबुद्ध पाँच पाण्डव होइनन्’

भक्तपुरमा बौद्ध धर्मावलम्बीहरुले मनाउने पञ्चदान पर्वमा विभिन्न बिहारबाट निस्केर नगर परिक्रमा गर्ने पञ्चबुद्ध पाँच पाण्डव नभएको सरोकारवालाहरुले बताएका छन् । बौद्ध धर्मावलम्बीहरुले पाँच बुद्धलाई दान दिएर मनाउने पञ्चदान पर्वमा हिन्दू धर्मावलम्बीहरुले पाँच पाण्डवको रूपमा पूजा एवं दान गरेर मनाउँदै आएका छन् । हरेक वर्ष गुँलागा त्रयोदशी (भाद्र कृष्ण त्रयोदशी) मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने यो पर्व हिन्दू धर्मावलम्बीले पनि महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएका छन् । दानलाई महत्व दिई सर्वहिताय दान भनिने पञ्चदान पर्व पाँच पाण्डवलाई नभई पञ्चबुद्धलाई दिइने सरोकारवालाहरुको भनाइ छ । बौद्ध धर्म विज्ञ पुष्परत्न…

Read More

बौद्धको तिलौरी र टुँडाल कसले चोर्यो ?

  विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपको २०७४ सालमा गरुडको टुडाँल हरायो । यसको कुनै खोजीकार्य हुन सकेन । त्यसपछि अहिले नक्कली टुडाँल हालिएको छ । गत वैशाख महिनामा फेरी बौद्धको अजिमा थानमा रहेको तिलौरी हराएको छ । यसको पनि अहिले सम्म कसरी र कस्ले लग्यो भन्ने तथ्य खुल्न सकेको छैन । बौद्धमा रहेको अजिमा थानको जिर्णौद्धारको कार्य २०५० साल फागुन ३ गते निर्माण कार्य सम्पन्न भएको सोही ठाउँमा उल्लेख छ । बौद्धनाथ क्षेत्र विकास समितिका अनुसार उक्त अजिमा थान बौद्ध मेलम्ची घ्याङ गुठीको मातहतमा सञ्चालन छ । उक्त ठाउँमा धेरै…

Read More

बुद्धमूर्ति चोरी आरोपमा गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष थुनामा

बुद्धमूर्ति चोरी आरोपमा डोल्पाको एक गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष डेढ महिनादेखि थुनामा छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू उच्च अदालतको आदेशमा थुनामा परेका हुन् ।डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मल्ल टसी गुरुङ र सोही गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङ थुनामा परेका छन् । करिब ७ वर्षअघि डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–४, राहापमा माटोमुनि लुकाएर राखेका बुद्धमूर्ति चोरी भएका थिए । प्रहरीले त्यसको सुइँको एक वर्षअघि कात्तिक १० मा मात्र पाएको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक शुभराज बमका अनुसार त्यहाँबाट ३७ थान मूर्ति र स्तुपा चोरी भएका थिए । सोही घटनाको…

Read More