काठमाडौँको चावहिलस्थित चारुमती स्पुतमा भइरहेको एक महिने गुंला बुद्ध पूजा शनिबार सम्पन्न भएको छ । पूजा अवधिभर स्तुप परिसरमा धर्मदेशना तथा परित्राण पाठ गरिएको थियो । एक महिने बुद्ध धर्मपूजाको जिम्मा लिई जलपान र धर्मपूजामा सहयोग पुर्याउने उपासक उपासिकाहरु समेत समापन कार्यक्रममा सहभागि थिए ।

चारुमती स्तुपका प्रमुख भिक्षु तपस्सी धम्मले पूजा सम्पन्न भएसँगै एक महिने पूजा आयोजनामा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै बुद्धका ज्ञान तथा उपदेशलाई सबैले पालना गरेको खण्डमा विश्वमै शान्ति छाउने बताए ।




