विख्यात धर्मगुरु क्याव्जे सोग्याल रिम्पोचेको निधन

विश्वप्रसिद्ध धर्मगुरु, लेखक, साहित्यकार तथा बौद्ध दर्शनका प्रकाण्ड बिद्धान क्याब्जे सोग्यल रिम्पोछेले समाधि लिनुभएको छ । रिम्पोचेको ७२ वर्षको उमेरमा बुधबार थाइल्याण्डमा निधन भएको हो ।

धर्मगुरु सोग्याल रिन्पोछे १९औं शताब्दीका महान निधिपति तेर्तोन सोग्यालको निर्माणाकाय (टुल्कु) हुनुहुन्छ । महागुरु ज्याम्याङ खेन्चे छोकी लोडो, क्याब्जे दुजोम रिन्पोछे र दिल्गो खेन्चे रिन्पोछेजस्ता महासिद्धहरुबाट ज्ञान हासिल गरेपछि उहाँले लण्डनको क्याम्ब्रिज विश्वविद्यालयबाट मास्टर्स डिग्री गर्नु भएको थियो ।

जीवन, मृत्यु, अन्तर्भाव र पुनर्जन्मसम्बन्धी अंग्रेजी भाषामा उहाँले लेख्नुभएको पुस्तक संसारमै प्रख्यात छन् । हालसम्म दशौं लाख मानिसले पढिसकेको उक्त पुस्तक संसारका ३४ वटा भाषामा अनुवाद भइसकेका छन् । ३० लाखभन्दा बढीको संख्यामा छापिएको सो पुस्तक हाल ८० देशहरुमा विक्री वितरण भइरहेका छन् ।

उहाँले विगत तीन दशकदेखि यूरोप, अमेरिका, अष्ट्रेलिया र एसियाका विभिन्न मुलुकहरुमा आध्यात्मिक शिक्षा प्रदान गर्दै आउनुभएको छ। बौद्ध शिक्षा प्रवर्द्धनमा वहाँको योगदान अतुलनीय छ ।

सोग्यल रिम्पोचेको जन्म सन् १९४७ मा तिब्बतको खामको ट्रेहोरमा भएको थियो । सोग्यल रिम्पोचे अन्तर्राष्ट्रिय बौद्ध समुदाय र धर्म केन्द्रहरूको नेटवर्क, रिग्पाका संस्थापक हुनुहुन्थ्यो

Share

Related posts

Leave a Comment