चार सय वर्ष पुरानो गुम्बा पुननिर्माण सुरु

चार सय वर्ष पुरानो मानिएको ओलाङचुङगोलाको दिकीछ्योलिङ गुम्बा पुनर्निर्माण सुरु भएको छ । पटकपटकको भूकम्पले क्षतिग्रस्त गुम्बाको दक्षिण भाग भत्काएर बनाउन थालिएको छ । यो पूरै गुम्बाको करिब ३५ प्रतिशत भाग हो । निर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाका अनुसार जति बेला पनि भत्कन सक्ने र पुरातात्त्विक महत्त्वका सामानहरू नाश हुने जोखिम बढेको थियो । शेर्पाका अनुसार गुम्बाको अहिलेको निर्माण लागत करिब १ करोड ८० लाख रुपैयाँ हो । ३१ सय मिटर उचाइमा अवस्थित यहाँ हिउँदयाममा काम गर्न सकिँदैन । निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार आर्थिक वर्ष सकिएपछि…

Read More

भिक्षुहरुद्वारा पञ्चदान ग्रहण

पञ्चदान पर्वको अवसरमा थेरवादी बौद्ध भिक्षुहरुबाट भिक्षाटन ग्रहण गर्नुभएको छ । दीप प्रज्वलन समिति, महाबौद्धले आयोजना गरेको भिक्षाटनमा ६० जना थेरवादी बौद्ध भिक्षु र सामणेरहरु सहभागी थिए । काठमाडौंको महाबौद्धबाट स्वयम्भू भगवानपाउ सम्म बौद्ध भिक्षुबाट हिडेर भिक्षाटन ग्रहण भएको हो । स्थानीयहरुले अष्टपरिकार सहितका भिक्षा बौद्ध भिक्षुलाई प्रदान गरेका थिए । सो अवसरमा स्वयम्भूमा दीप प्रज्वलन, बौद्ध त्रिरत्न वन्दना, परित्राण पाठ र धर्म देशना समेत गरिएको थियो । दीप प्रज्वलन १२ औं पटक भएको समितिले जनाएको छ । आजै नेपाल संवत् तिथि बमोजिम गुंलागा त्रयोदशी अर्थात पञ्चदान । बौद्ध संस्कृतिअनुसार…

Read More

श्रद्धेय छोग्याल रिन्पोचेद्वारा सञ्चालित ध्यान शिविर सम्पन्न

लण्डन छोए समुहको आयोजनामा मार्च १२, २०२२ देखि श्रद्धेय गुरु छोग्याल रिन्पोछेज्यूको प्रत्यक्ष मार्गदर्शनमा जुम मार्फत् सुरु भएको २१ हप्ताको शमथा (शिने) र विपश्यना (ल्हग्थोङ) ध्यान शिविर ७ अगस्ट २०२२ मा समाप्त भएको छ । शिविर प्रत्येक शनिवार हुँदै आएको थियो । श्रद्धेय छोग्याल रिन्पोछेसँग ध्यान विधिको ज्ञान लिन हरेक हप्ता ६० भन्दा बढि सहभागि हुने गरेका थिए । ध्यान शिविरमा छोग्याल रिन्पोचेले बज्रयान सम्बन्धि ध्यान सिकाउनु भएको थियो । साथै स्वीजरल्याण्डको जुरिक शहरमा श्रद्धेय गुरु छोग्याल रिन्पोछको साथमा लण्डन छोए समुह ५ दिनको रिट्रिटमा पनि सहभागि भएको थियो ।…

Read More

बौद्ध पुरातात्व शहर अभियान सुरु

राष्ट्रिय जनमोर्चाले रुपन्देही, कपिलबस्तु र पश्चिम नवलपरासीलाई बौद्ध पुरातत्व शहर निर्माणका लागि अभियान सुरु गरेको छ । बौद्ध क्षेत्रहरुको पुरातात्विक महत्वलाई उजागर गर्दै बौद्ध सभ्यतालाई अन्र्तराष्ट्रिय स्तरमा फैलाउनका लागि जनमोर्चाले बौद्ध पुरातत्व शहर अभियान सुरु गरेको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जनमोर्चाले तीन जिल्लामा रहेका बुद्धसँग सम्बन्धित क्षेत्रको अन्वेषण, संरक्षण र उत्खनन् गर्न दवाव दिने समेत जनाएको छ । जनमोर्चाले प्राचिन बौद्ध सभ्यताका विविध विधाहरुको अध्ययन अनुसन्धानलाई जोड दिदै बृहत बौद्ध शहर निर्माण गर्न एउटा अवधारणा अघि सारेको जनाएको छ । लुम्बिनी र बौद्ध दर्शनका ज्ञाता प्राध्यापक डा.…

Read More

बुद्धभूमि तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रयास गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् । सोमबार तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले तिलौराकोटको संवद्र्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका हुन् । भगवान् गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्त्विक दृष्टिकोणबाट विश्वकै महत्त्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ । तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पुरा गरिने उनले बताए । तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको…

Read More