बौद्ध भावना केन्द्रमा बुद्ध मूर्ति अनावरण

काठमाडौंको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको अनावरण गरिएको छ। केही दिन अघि केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहेका बुद्धको प्रतिमा अनावरण गरिएको हो। प्रतिस्थापित प्रतिमा बाबुकाजी शाक्यको परिवारले आफ्ना दिवंगत मातापिता, श्रीमती र छोराका नाममा दान गरेका हुन्। प्रतिमा प्रतिस्थापनका अवसरमा भिक्षु इन्दक स्थवीरले शील प्रदान गरेका थिए। भने भिक्षु संघबाट बुद्धाभिषेक ९मंगल पाठ० र बुद्ध पूजा गरिएको थियो। भिक्षु ञाणाबुध स्थविरले उपदेश दिएका थिए। यो भवन बनाउन महानगरले करीव ४ करोड रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। केन्द्रका अध्यक्ष प्रत्येक रत्न ताम्रकारका अनुसार भवन निर्माणको काम…

Read More

‘वी ह्याभ अ ड्रिम’का लागि विश्वका २०१ युवामा छानिए नेपाली लामा वाङचुक

किमोलुङ फाउण्डेसनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामा वर्ल्ड ड्रिम प्रोजेक्टले विश्वभरका युवाहरुको सपना समेटेर प्रकाशन गरिने पुस्तक वी ह्याभ अ ड्रिममा छनौट भएका छन् । विश्वभरका २ सय १ देशका २ सय १ युवाका सपना समेटिने क्रममा नेपालमा लामा छनौट भएका हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा आफुले गर्न चाहेको कामको विवरणलाई उक्त पूस्तकमा समेटिएको छ । उनले आफ्नो स्वस्थ र सुखी नेपालको परिकल्पना प्रस्तुत गरेका छन् । लामाको वर्ल्ड ड्रिम प्रोजेक्टसँगको सम्बन्ध २०१४ मा आयरल्याण्डमा भएको वन योङ कन्फ्रेन्समा युवा सद्भावना दुतको रुपमा जाने क्रममा भएको हो । कन्फ्रेन्समा…

Read More

बौद्ध धर्मको महत्वपुर्ण ग्रन्थ त्रिपिटक के हो ?

बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलंका सहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गर्नुभएको थियो । गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न संघमार्फत बुद्ध वचनलाई एक सूत्रमा संग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । त्रि–अर्थात् तीन वटा थैला–अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको संग्रह ‘त्रिपिटक’ हो । बुद्ध महापरिनिर्वाण हुनुभएको तीन महिनापछि इसापूर्व ४८३ मा मगधका राजा अजातशत्रुको संरक्षणमा भिक्षु महाकाश्यप महास्थवीरको नेतृत्वमा ५०० अर्हत भिक्षुको सहकार्यमा बुद्धवचन र विनयको संग्रह गरिएको थियो । यसलाई प्रथम ‘संघायन’ भनिन्छ । यसको १०० वर्षपछि वैशालीमा राजा कालाशोकको संरक्षणमा भिक्षु…

Read More

नाग र गौतम बुद्ध सम्बन्धी यो धार्मिक प्रसंग

बोधगयामा बुद्धले बैशाख पूर्णिमा तिथिमा बुद्धत्व ज्ञान प्राप्त गरेपछि त्यहीँ सात स्थानमा १ हप्ताको दरले सात हप्ता बिताउनु भएको थियो । छैटौं हप्ता मुचलिन्द बृक्षमुनी बस्नुहुँदा ठूलो हावाहुरी असिना पानी आएको थियो । त्यस बेला बुद्धको ध्यान भङ्ग नहोस् भनी मुचलिन्द नामक नागराजाले आफ्नो फणा फिजाई छाता ओढाएर बुद्धको रक्षा गरेको थियो । एक समय सर्पको टोकाइबाट एक भिक्षुको मरण भएपछि बुद्धले पनि सर्प जातीको भय र टोकाईबाट रक्षा हुन चार नागराजाहरुलाई मैत्री पुर्याउनु खन्ध सुत्र पाठ गरिरहनु भनी भिक्षुहरुलाई उपदेश दिनु भएको छ । खन्ध सूत्रको केही अंश हेरौंः…

Read More

गौतम बुद्धको वशीकरण (मोहिनी)मन्त्रलाई बुझौँ

एकपल्ट बुद्ध बैशालीमा हुँदा भद्दीय बुद्धकहाँ आइ भने “बुद्धले सामान्य मानिसलाई मात्रै नभई अन्य धर्म तथा संस्कारमा रहेकालाई पनि आफ्नो अनुयायी बनाउन सक्नुमा पक्कै उहाँको मायाजाल(वशीकरण, मोहिनी मन्त्र)को हात हुनु पर्छ!“ बुद्धले भने “भद्दीय कसैले नौलो कुरा भन्दैमा पत्यार नगर्नु, ग्रन्थमा छ भन्दैमा, तार्किक छ भन्दैमा, राम्रो छ भन्दैमा, मतानुकुल छ भन्दैमा स्वीकार नगर्नु, भन्ने मान्छे राम्रो छ वा गुरुले भनेको भन्दैमा विश्वास नगर्नु । पहिला आफैले विचार गर कि त्यो कुरा हित हुन्छ कि हुन्न, दुख कम हुन्छ कि हुन्न । तिमी नै भन कि लोभ, द्वेष र मुर्खताले…

Read More

बौद्ध तीर्थस्थल परिक्रमा (कोरा) गर्दा हुने फाइदाहरु

बौद्धधर्मलम्विहरु बिहान ,दिउसो वा बेलुका सधै स्वयम्भु ,बौद्ध वा अन्य स्थलहरुमा रहेको बुद्धिस्ट चैत्य ,मानीहरुमा परिक्रम गर्नेको संख्या बाक्लो देखिन्छ । यसै परिक्रम गर्दा महायाना बौद्ध सुत्र अनुसार निम्न लाभहरु प्राप्त गर्न सकिन्छ । [१] छ्योर्तेन परिक्रमा गर्नार्ले, सयौं कल्प सम्म पनि, कहिल्यै अन्धा, रोगी र असफल नभई, काय अथवा शरीर पनि परि शुद्ध हुनेछ । [२] छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भइ सम्पत्ति पनि प्रसस्त हुनेछ,धनको लोभ नगरी धनको दान गर्नेछ,दान आधिमा बहादुरी हुनेछ । [३] छ्योर्तेन परिक्रमा गर्नाले, मन मोहक भइ हेर्दामा राम्रो देखिनेछ, राम्रो रुप देख्दा खुसी हुनेछ, प्रसस्त सम्पत्ति…

Read More

हिरण्यवर्ण महाविहार पूनर्निर्माणमा किन विवाद भयो ?

‘गोल्डेन टेम्पल’ का नामले प्रसिद्ध हिरण्यवर्ण महाविहारको पुनर्निर्माणका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाटनवासीबीच विवाद सिर्जना भएको छ । झन्डै २ हजार वर्ष पुरानो हिरण्यवर्ण महाविहारको निर्माणमा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीले ठूलो परिमाणमा सुन चन्दा दिएको इतिहास छ । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि रेक्टोफिटिङका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाठनवासीबीच विवाद सिर्जना भएको हो । महाविहारको शाक्यमुनि बुद्धको मन्दिर परिसरको पाँचवटै देव–घर प्रबलीकरण प्रविधिको प्रयोग गरी मजबुत बनाउन लागिएको हिरण्यवर्ण महाविहार सुधार समितिले जनाएको छ । ऐतिहासिक दृष्टिले मात्र नभई मूर्त, अर्मूत…

Read More

काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको प्राचीन सम्बन्ध

काठमाडौँ उपत्यका बौद्ध धर्मको विस्तार, अभ्यास र संरक्षणाका लागि परापुर्वकालदेखि नै महत्वपुर्ण रहँदै आएको छ । यहाँ रहेका बौद्धनाथ, स्वयम्भूनाथ लगायत टोल टोलमा रहेका विहार तथा वहिल अनि काठमाडौँबासीको दैनिक जीवनसँग जोडिएको बौद्ध संस्कार यसका उद्धाहरण हुन् । उपत्यकाको प्राचीन इतिहास धार्मिक ग्रन्थ तथा वंशावलीहरुमा आधारित छ । काठमाडौँको इतिहासको जानकारी दिने धार्मिक ग्रन्थहरुमध्ये स्वयम्भू पुराण पनि प्रमुख हो । स्वयम्भू पुराण अनुसार काठमाडौँ उपत्यका प्राचीन समयमा एक दह थियो । दहको नाम नागदह थियो । उक्त दहमा महाचीनका बुद्ध धर्मका बोधिसत्व मञ्जुश्रीले अलौकिक रश्मी देखेर मानव वस्ती बसाउने निर्णय…

Read More

नेपालमा थेरवादी विहार

मुनीन्द्ररत्न वज्राचार्य रगत–मासुले बनेको मानव शरीरको रक्षा गर्न अन्न, वस्त्र र आवास आदिको आवश्यक छ भन्ने कुरालाई गौतमबुद्धले पनि भन्नुभएको छ । मानव शरीर रक्षानिम्ति आवासीय आवश्यकताको सत्यलाई बुझाउन बुद्धले विहार दानको पुण्य कार्यको अनुमोदन गर्नुभयो । बुद्धका पालामा पनि विहार रहेको कुरा धेरै सूत्रमा उल्लेख छ । विहार भन्नाले बस्ने क्रिया अर्थात् आराम लिने, ज्ञान लिने केन्द्रका रूपमा बोध हुन्छ । त्यो बेला बौद्ध विहारहरूलाई गन्धकुटी पनि भन्ने गरिन्थ्यो । त्यो बेलाका प्रसिद्ध बौद्ध विहार अर्थात् गन्धकुटीहरूमा वेणुवन, जीवक आम्रवन, जेतवन, पूर्वाराम, राजकाराम, निग्रोधराम, कालखेमकाराम, अम्बपालीवन, घोषिकाराम, कुक्कुराम, कालकाराम,…

Read More

लुम्बिनी विकास गुरूयोजनाः ४४ वर्षअघि काम सुरु, ८० प्रतिशतमै ठप्प

निश्चित समयमा काम सक्ने भनेर सुरू भएका विकास आयोजनाले समय समयमा आफ्ना प्रगति विवरण सार्वजनिक गर्छन्। काम रोकिएको छैन भने केही न केही प्रतिशत प्रगति थपिएकै हुन्छ। लुम्बिनी विकास गुरूयोजनाको निर्माण प्रगति भने सात वर्षपछि एउटै प्रतिशतमा अड्किएको छ। लुम्बिनी विकास कोषले सात वर्षदेखि वर्षेनी यो गुरूयोजनाको प्रगति विवरण सार्वजनिक गर्दा ८० प्रतिशत सम्पन्न भइसकेको विवरण दिन्छ। २०७१ साल बुद्ध जयन्तीको अवसरमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्याङ्बोले लुम्बिनी विकास गुरूयोजनाको काम ८० प्रतिशत पूरा भएको प्रतिवेदन सार्वजनिक गरेका थिए। कार्यक्रममै १५ वर्षमा पूरा गर्ने गरी…

Read More