शेर्पा किदुग अमेरिकाले विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धिको लागि पहिलोपल्ट एकलाख वज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गर्ने भएको छ । महायानी बौद्धमार्गीबीच दोस्रो बुद्ध भगवान मानिने पद्मसंभवको पुण्य तिथि टेल्दा छेचु (पाँचौं महिना) दशमीको अवसर पारेर उक्त समारोह आयोजना गर्न लागिएको हो । उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न भुटानबाट परमपूज्य गुरु नाम्खी ङिङ्पो रिन्पोछे आउने शेर्पा किदुग, अमेरिकाका अध्यक्ष उगेन शेर्पाले बताए । आगामी जुलाई ११ देखि १४ तारीख सम्म शेर्पा किदुगमा आयोजना हुने कार्यक्रममा दैनिक ५० जना लामा गुरुहरुको साथमा सयौं उपासक उपासिकाले मन्त्र…
Read Moreमहिना: मे 2019
विपश्यना ध्यान भनेको के हो?
तिब्बती गुरु जेत्सुन मिलारेपाको जीवनी ।भाग १
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
वुद्ध जयन्तीको अबसरमा बर्षैभरी निरन्तरता दिने योजना अनुरुप कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको छ । एउटा सडकको दुबैतर्फ धुपी वृक्षारोपण गरी सो सडकलाई धुपी मार्ग र अर्को सडकको दुबैतर्फ अशोक वृक्षारोपण गरी सो सडकलाई अशोक मार्ग नामाकरण गरिएको छ । छस् मीटर चौढाइको यी दुई मार्गको लम्बाइ करीब ५०० मीटरको छ । वृक्षारोपणको शुभारम्भ गर्नु अघि मन्तब्य दिने क्रममा कुश्मा नगरपालिकाका मेयर जोशीले वृक्षारोपण गरिएका बिरुवाहरुलाई राम्ररी हुर्काउन यथोचित रेखदेख गर्ने कामलाई उच्च महत्व दिनुपर्ने कुरामा…
Read Moreशमथ ध्यान भनेको के हो?
भारतको गुजरातमा सयौ दलित बौद्ध धर्ममा प्रवेश
भारतको गुजरात राज्यस्थित एउटा गाउँमा दलित समुदायका झन्डै तीन सय परिवारले हिन्दु धर्म त्यागेर बौद्ध धर्म अपनाएका छन् । धर्मपरिवर्तन गरेकामध्ये उनामा भएको कुटपिटको घटनाका पीडित पनि छन् । उनाको मोटा समाधियाला गाउँमा सन् २०१६ मा ’गोरक्षक’ का रूपमा आफूलाई चिनाउने मानिसहरूले वाश्रम सरवैया तथा उनका भाइलाई गाई मारेको आरोप लगाउँदै अर्धनग्न पारेर कुटपिट गरेका थिए । उक्त घटनापश्चात् गुजरातका दलितहरू आक्रोशित भए र उनीहरूले कैयौँ स्थानमा विरोधप्रदर्शन गरे । त्यसरी रुष्ट भएका कैयौँ मानिसहरूले आइतवार बौद्ध धर्म अङ्गीकार गरेका छन्। उनाका पीडितहरूले यसअघि नै आफ्ना परिवारले धर्म परिवर्तन गर्न…
Read Moreम्यानमारकी चर्चित अभिनेत्री बनिन् भिक्षुणी
म्यानमारकी चर्चित अभिनेत्री तथा गायिका सोई प्याए थाजिन बौद्ध भिक्षुणी बनेकी छिन् । उनी बौद्ध भिक्षुणी बने पछि अहिले म्यानमारका सञ्चारमाध्यमले महत्वका साथ समाचार संप्रेशण गरिरहेका छन् । त्यस्तै उनको भिक्षुणी स्वरुपको तस्वीर सामाजिक सञ्जालमा कैयौले सेयर गर्दै शुभकामना दिएका छन् । म्यानमारको रंगुनमा जन्मिएकी सोए प्याएले ग्रेड नौमा हुँदा देखि नै अभिनय गर्न सुरु गरेकी थिइन् ।
Read More“ॐ मुनी मुनी माहा मुनी शाक्यमुनी स्वहाँ ” मन्त्र
जब तपाईं यो मन्त्र जप गर्नु हुन्छ, बुद्धको पवित्र शरीर बाट लाखौं सुनको सरणीको तपाईंको शरीरको मुकुट मार्फत आफ्नो शरीरमा प्रवेश कल्पना भयको गरनु होस् । यसले तपाईंको नकारात्मक कर्मलाई शुद्ध गर्दछ र यसले बुद्धिलाई विकास गर्न मद्दत गर्दछ। यो मन्त्र दिन को १०८ पल्ट जप गरमा हाम्रो साधारण शरीर, साधारण भाषण, सामान्य मन बुद्ध को शरीर, भाषण र दिमाग मा बदलछन।
Read Moreरौतहटमा नेपालकै अग्लो बौद्ध स्तुप बनाइने
रौतहटको गैंडाटारस्थित १३२ फिट उचाइको नेपालकै अग्लो बौद्ध स्तुप निर्माण गरिने भएको छ । केही दिन अघि निर्माण गरिने उक्त स्तुपको शिलान्यास गरिएको छ । प्रदेश २ को रौतहट क्षेत्र नं ४ मा संघीय सांसद देवप्रसाद तिमिल्सिनाले स्तुपको शिलान्यास गरेका थिए । सांसद तिमिल्सिनाले स्तुप शिलान्यास गर्दै निर्माण सम्पन्न भएपछि स्तुप गैडाटारकै मात्र नभई रौतहटकै गौरवको विषय बन्ने बताए । स्तुपले गैडाटारलाई पर्यटकीय क्षेत्र बनाउने समेत उनको भनाई थियो । मागी गुम्बा व्यवस्थापन समितिद्वारा अभियानको रुपमा सुरु भएको स्तुपको मात्रै लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । स्तुप…
Read Moreपरम्परागत बौद्ध संस्कारको अभ्यासमा कमी आएकोमा सरोकारवाला चिन्तित
भूकम्पले प्रभावित बनेका नेपालका विभिन्न जिल्लाका १ सय ८ वटा गुम्बा निर्माण गर्ने अभियान सञ्चालन गरिरहेको नेपाल बौद्ध संघले सोमबार काठमाडौँको बौद्धमा विभिन्न स्थानमा रहेका गुम्बाका लामा गुरु तथा सरोकारवालासँग छलफल गरेको छ । तिबेत होटलमा आयोजित छलफल कार्यक्रममा विभिन्न गुम्बाका करिब २ दर्जन प्रतिनिधि सहभागि थिए । छलफलका सहभागिहरुले गुम्बा निर्माणसँगै पछिल्लो समय बौद्ध धर्म र दर्शनको परम्परागत अभ्यासलाई नयाँ पूस्तामा लैजान चूनौतिको सामना गर्नु परिरहेको बताए । आधुनिकताको नाममा परम्परागत संस्कार बिर्सदै जाने परिपाटीले पछिल्लो समय बौद्ध शिक्षा अध्ययन गर्नेको संख्या निकै कमी भइरहेको उनीहरुको गुनासो थियो ।…
Read More