वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु

वुद्ध जयन्तीको अबसरमा बर्षैभरी निरन्तरता दिने योजना अनुरुप कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको छ । एउटा सडकको दुबैतर्फ धुपी वृक्षारोपण गरी सो सडकलाई धुपी मार्ग र अर्को सडकको दुबैतर्फ अशोक वृक्षारोपण गरी सो सडकलाई अशोक मार्ग नामाकरण गरिएको छ । छस् मीटर चौढाइको यी दुई मार्गको लम्बाइ करीब ५०० मीटरको छ ।

वृक्षारोपणको शुभारम्भ गर्नु अघि मन्तब्य दिने क्रममा कुश्मा नगरपालिकाका मेयर जोशीले वृक्षारोपण गरिएका बिरुवाहरुलाई राम्ररी हुर्काउन यथोचित रेखदेख गर्ने कामलाई उच्च महत्व दिनुपर्ने कुरामा जोड दिनु भयो । मेयर जोशीले कुश्मा नगरपालिकाले आयोजना गरेको वृक्षारोपणको अबधारणाले अरुलाई पनि प्रोत्साहित गर्न सक्ने बिस्वास ब्यक्त गर्नु भयो ।

लुम्विनी कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एबं अस्ट्रेलिया सरकारका तर्फबाट वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठले वृक्षारोपणको धार्मिक, पर्याबरणीय, आर्थिक, प्राकृतिक प्रकोप न्यूनिकरण जस्ता बहुआयामिक महत्व भएको र हामीले फेर्ने स्वास बोट बिरुवाले लिने र बोट बिरुवाले फाल्ने स्वास हामीले लिने भएकोले प्रत्येक बोट बिरुवासंग हाम्रो आधा जीवन जोडिने भएकोले पनि वृक्षारोपणको महत्व अत्यन्तै ठूलो हुने बताउनु भयो ।

यो बर्ष २५६३ औं वुद्ध जयन्ती हो, तर यो वुद्धले महापरिनिर्माण लिनु भएको आधारमा मनाइने गरिएको हो । वुद्धको जन्मस्थल बिषयमा विश्वब्यापी दिग्भ्रम सिर्जना भएका कारण अभियानले बिगत केही बर्षदेखि वुद्धको जन्मस्थल नेपाल भएकोले वुद्ध जन्मनु भएको बर्षलाई आधार मानी वुद्ध जयन्ती मनाउन आग्रह गर्दै आएकोले यो बर्षको वुद्ध जयन्ती २६४३ औं हुने जानकारी दिनु भयो । जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विस्वब्यापी प्रचलन भएकोले पनि यो अवधारणा सही भएको जिकिर श्रेष्ठले गरे ।

मन्तब्यकै क्रममा श्रेष्ठले युनेस्कोको आर्थिक सहयोगमा प्रो कनिंघामको नेतृत्वमा लुम्बिनी क्षेत्रमा गरिएको अत्याधुनिक उत्खननले वुद्ध जुन समयमा जन्मनु भएको भनी मानी आएको छ त्योभन्दा केही सय बर्ष अघि नै जन्मनु भएको भन्ने निकालेको अनुसन्धानात्मक निचोडलाई थुप्रै अन्तरास्ट्रिय संचार जगतले उच्च प्राथमिकता दिएको र न्यासनल जियोग्राफी जस्तो संस्थाले त यो बिषयमा डकुमेण्ट्री नै बनाउँदा नेपाली सरकार र संचार जगतले यस्लाई खासै महत्व नदिएको कारण यत्ति महत्वपूर्ण जानकारीबाट अधिकांश नेपाली अनभिज्ञ रहेको गुनासो पोखे ।

Share

Related posts