बुद्ध विहारलाई शाक्य दम्पत्तिको २ रोपनी जग्गादान

म्याग्दीमा निर्मित बुद्ध विहारलाई एक दम्पत्तिले २ रोपनी जग्गा दान गरेका छन् । बेनी नगरपालिका ७, संगमचोक निवासी पुण्यबहादुर शाक्य र लक्ष्मीदेवी शाक्यले बौद्ध चैत्य रहेको स्थानमा बनाइएको विहारलाई थप जग्गा आवश्यक परेपछि उक्त थप २ रोपनी जग्गा दान गरेका हुन् । २०५६ सालमा निर्मित चैत्यमा केही समय अघि पूण्य भूमि बुद्ध विहार निर्माण गरिएको थियो । उक्त विहारका लागि शाक्य दम्पत्तीले पहिले पनि जग्गा दान गरेका थिए । तर विहारका लागि अपुग भएपछि शाक्य दम्पत्तिले थप जग्गा दान गरेका हुन् । शाक्य दम्पत्तीले जग्गा दानसँगै विहारमा नित्य पूजामा सहयोग,…

Read More

६ वर्षदेखि एउटा बुद्ध मुर्ति किन प्रहरी नियन्त्रणमा ?

शनिबार २५६३ औं बुद्ध जयन्ती, बौद्धधर्मावलम्बीसहित देशभरका अन्य धर्मावलम्बीले पनि धुमधामका साथ बुद्ध जयन्ती मनाएका छन् । सुर्खेतमा पनि शनिबार शान्तिको कामनासहित बुद्ध जयन्ती मनाइयो । तर सुर्खेतमै एउटा बुद्ध मुर्ति भने विगत ६ वर्षदेखि प्रहरी कार्यालयमै रहेको छ । बौद्ध धर्मावलम्बीले सुर्खेतमा प्रतिस्थापन गर्न ल्याएको बुद्ध मूर्ति विवादका कारण ६ वर्षदेखि जिल्ला प्रहरी कार्यालयमा राखिएको हो । स्थानीय कांक्रेबिहार संरक्षित वनमा स्थापना गर्न ल्याइएको मूर्ति विवादका कारण प्रहरी नियन्त्रणमा रहेको हो । बुद्ध जयन्तीका अवसरमा मूर्ति राख्न लागेको जानकारी पाएलगत्तै स्थानीय प्रहरी प्रशासनले बुद्ध प्रतिमा स्थापना गर्न नपाइने उर्दी…

Read More

चारुमतीमा बुद्ध जयन्ती (फोटो फिचर)

२५६३ औँ बुद्ध जयन्ती मनाउने क्रममा काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा पनि विशेष कार्यक्रम गरियो । शनिबार दिउँसो ३ बजेदेखि सुरु भएको कार्यक्रममा विश्व शान्तिको कामना गर्दै बुद्ध पूजा गरिएको थियो । कार्यक्रममा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बौद्ध धर्म र बुद्धका उपदेशको महत्व उल्लेख गर्दै प्रवचन दिनुभएको थियो । चारुमती बुद्धिष्ट मिसन नेपाल र चारुमती बुद्ध विहारको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा शान्ति यात्राका साथै चारुमती ज्ञानमाला संघले बुद्ध भजन प्रस्तुत गरेको थियो ।

Read More

करिब शतप्रतिशत बौद्धमार्गी भएको गाउँमा मासु काटमार गर्न र खान प्रतिबन्ध

गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै…

Read More

२५६३ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो

२५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम मनाइएको छ । बुद्ध जयन्ती मनाउने क्रममा काठमाडौँको बौद्धमा पनि विभिन्न कार्यक्रमको गरिएको छ । बौद्ध धर्मावलम्वीले विशेष पूजापाठ, सांस्कृतिक झाँकी तथा र्याली गरेर बुद्ध जयन्ती मनाएका छन् । बौद्धमार्गी शेर्पा, तामाङ, गुरुङ तथा ह्योल्मो लगायतका समुदायका धर्मावलम्बी विहानैदेखि बौद्ध, चावहिल लगायतका स्थानमा रहेका स्तुपमा र्याली सहित पुगेका थिए । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए ।…

Read More

यसरी मनाए सिन्धुपाल्चोकका शेर्पाले बुद्ध जयन्ती

२५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम मनाइएको छ । यसैक्रममा सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौँमा स्थायी तथा अस्थायी रुपमा बसिरहेका शेर्पा समुदायले पनि विशेष कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाएका छन् । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको संयोजनमा आयोजना भएको बुद्ध जयन्ती कार्यक्रममा करिब २ सयको संख्यामा शेर्पा समुदायका उपस्थित भएका थिए । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको बौद्धस्थित कार्यालयमा विशेष पूजापाठ तथा विश्व शान्तिको कामना गरिएको थियो । पूजापाठ सम्पन्न गरे पछि झाँकीसहित र्याली आयोजना गरिएको थियो । बौद्धबाट सुरु भएको र्याली चावहिलस्थित चारुमती बौद्ध विहार र कुटुबहालस्थित प्राचीन बुद्ध मुर्तिको दर्शन…

Read More

लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरै, अझै बनेन पर्यटक अड्याउने रणनीति

जापानी नागरिक प्रा.केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए । मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यतिबेलै आत्मसात् गर्दै आफ्नो घरबास दिएका थिए । स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक (अस्पताल) निर्माण गर्ने योजना गुरुयोजनामा समावेश गरियो । तर चार दशक बित्दा पनि ती संरचना बनेको छैन । लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन् । योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला…

Read More

बुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै उहाँले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको उल्लेख गर्नुभएको छ । राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “यस महत्वपूर्ण अवसरमा समृद्ध नेपाल…

Read More

२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै

२५६३ औँ बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् । इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार त्यागेर दरबारबाट ज्ञानको खोजीमा निस्किएका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इशापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन…

Read More

गौतम बुद्ध विश्व सामु गौरवको सत्पात्र : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध विश्व सामु गौरवका सत्पात्र भएको बताएका छन् । २५ सय ६३औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सन्देशमा प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरे । ‘संसारमा दुःख छ र दुःख हटाउने सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए,‘ प्रधानमन्त्री ओलीले भने, ‘जातीय भेदभाव र छुवाछुत प्रथाको विरोध गरे, समानताको सिद्धान्तको प्रतिपादन…

Read More