चारुमतीमा बुद्ध जयन्ती (फोटो फिचर)

२५६३ औँ बुद्ध जयन्ती मनाउने क्रममा काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा पनि विशेष कार्यक्रम गरियो । शनिबार दिउँसो ३ बजेदेखि सुरु भएको कार्यक्रममा विश्व शान्तिको कामना गर्दै बुद्ध पूजा गरिएको थियो ।

कार्यक्रममा चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले बौद्ध धर्म र बुद्धका उपदेशको महत्व उल्लेख गर्दै प्रवचन दिनुभएको थियो । चारुमती बुद्धिष्ट मिसन नेपाल र चारुमती बुद्ध विहारको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा शान्ति यात्राका साथै चारुमती ज्ञानमाला संघले बुद्ध भजन प्रस्तुत गरेको थियो ।

Share

Related posts

Leave a Comment