२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै

२५६३ औँ बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् ।

इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार त्यागेर दरबारबाट ज्ञानको खोजीमा निस्किएका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इशापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि बुद्धका रुपमा उनले विश्वप्रसिद्धि पाए ।

३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका बौद्ध दर्शनको खोज–अनुसन्धानमा लागेका सिद्धार्थले बुद्धत्व प्राप्तिपछि आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।
द्धपूर्णिमाको त्रिसंयोगको अवसरमा विश्वभर विभिन्न कार्यक्रम गरि मनाईँदैछ ।

नेपालमा बुद्धजन्मस्थल लुम्बिनी, बुद्धको क्रिडास्थल शुद्धोधनको दरबार क्षेत्र रहेको तिलौराकोट र कपिलवस्तु क्षेत्र, बुद्धको अस्तु धातु रहेको रामग्राम, मावली देवदहलगायतका क्षेत्र तथा बौद्ध गुम्बा, विहारहरुमा भव्य रुपमा बुद्धपूर्णिमा मनाईँदैछ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा यसैअवसरमा विशेष कार्यक्रम आयोजना हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनीस्थित सभाहलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु, बौद्धधर्मगुरुहरु, लगायत सहभागी हुँदैछन् ।

Share

Related posts