म्याग्दीमा निर्मित बुद्ध विहारलाई एक दम्पत्तिले २ रोपनी जग्गा दान गरेका छन् । बेनी नगरपालिका ७, संगमचोक निवासी पुण्यबहादुर शाक्य र लक्ष्मीदेवी शाक्यले बौद्ध चैत्य रहेको स्थानमा बनाइएको विहारलाई थप जग्गा आवश्यक परेपछि उक्त थप २ रोपनी जग्गा दान गरेका हुन् ।
२०५६ सालमा निर्मित चैत्यमा केही समय अघि पूण्य भूमि बुद्ध विहार निर्माण गरिएको थियो । उक्त विहारका लागि शाक्य दम्पत्तीले पहिले पनि जग्गा दान गरेका थिए । तर विहारका लागि अपुग भएपछि शाक्य दम्पत्तिले थप जग्गा दान गरेका हुन् । शाक्य दम्पत्तीले जग्गा दानसँगै विहारमा नित्य पूजामा सहयोग, अक्षयकोष स्थापना सहित विभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग गर्दै आएका छन् ।
Share