नेपाल बौद्ध ञिङमा संघको आयोजनामा पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमा (पौष ६ देखि १० गते) सम्म पाँच दिन १४ औँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम शुरु भएको छ । नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथ चैत्य परिसरमा यो मोन्लम कार्यक्रम आयोजना गर्दै आएको भए तापनि बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गर्नेहरुलाई असहज हुने भएको हुँदा आठौँ मोन्लमदेखि शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा आयोजना गर्दै आएको छ । विभिन्न गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपोनहरूको साथै उपासक उपसिकाहरुको सहभागितामा हुने मोन्लम पूजापाठमा विश्वमै कुनै…
Read Moreमहिना: डिसेम्बर 2023
लुम्बिनी प्रेस क्लबको बौद्ध सञ्चार यात्रा
‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा’ नारासहित लुम्बिनी प्रेस क्लब, रुपन्देहीले शुक्रबार भैरहवा–लुम्बिनी बौद्ध संचार यात्रा गरेको छ । क्लबको नवौं स्थापना दिवसको अवसरमा पदयात्रा गरिएको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए । शुक्रवार बिहान ७ः१० मा भैरहवाको लुम्बिनी गेटबाट सुरु पदयात्रा ११ः४० मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सशस्त्र प्रहरी २७ नम्बर गणका प्रमुख…
Read Moreश्याल्पा रिन्पोचेको परिकल्पना : विश्व शान्ति धाम, निर्माण सुरु
बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ‘विश्वशान्ति धाम’को काम धमाधम भइरहेको छ । विश्वका जुनसुकै देशका नागरिक एकैठाउँ जम्मा भएर शान्तिको बिगुल फुक्न र सम्पूर्ण मानवताको कल्याण तथा लाभको लागि प्रार्थना गर्नसक्ने गरी लुम्बिनीमा विश्वशान्ति धाम निर्माण भइरहेको हो । धाम निर्माण स्थलमा शनिबार ढुंगा बिछ्याएर निर्माण कार्यको थालनी गरिएको छ । विश्वशान्ति कामनाको अभियान चलाइरहेका धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेको ¥याङ्ग्रिग एसे फाउण्डेसनले लुम्बिनीमा धाम बनाइरहेको हो । विश्वभर छरिएर रहेका बौद्धधर्मालवम्बी, अनुयायी, भिक्षुभिक्षुणी तथा आम मानिसको सहयोगमा धाम निर्माण गरिने फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका संचालक तथा धाम निर्माणकर्ता श्याल्पा रिन्पोछेले…
Read Moreलुम्बिनीको विकासका लागि चिनियाँ उपमन्त्रीसँग डा. ल्हारक्याल लामाको आग्रह
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चिनियाँ उपमन्त्री वाङ रुइजुन सहितको टोलीसँग शुक्रवा शिष्टाचार भेटवार्ता गरेका छन् । चिनियाँ उपमन्त्री वाङ रुइजुनसहितको प्रतिनिधिमण्डलका सदस्यहरू ग्वाङ्दोङ, प्रान्तीय समितिको स्थायी समितिका सदस्य र ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष चिनियाँ कम्युनिस्ट पार्टी ग्वाङ्दोङ प्रान्तका स्थायी सदस्य वाङ रुइजुन, ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक, गुआङ्दोङ धार्मिक तथा सांस्कृतिक आदानप्रदान संघका अध्यक्ष झाङ वेईसहितको टोलीसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन लगायतको विषयमा उपाध्यक्ष लामाले छलफल गरेका छन् । भेटमा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध…
Read Moreखाङ्सेर रिन्पोचे विचरित ‘बलियो भएर खुशीसाथ बाँचौ’ नेपालीमा सार्वजनिक
थाङ्कार देचेन छोयलिङ मोनास्ट्रीले गएको आइतवार खाङ्सेर रिन्पोचेद्वारा विचरित पूस्तक बलियो भएर खुशीसाथ बाँचौ सार्वजनिक गरेको छ । ८ सय वर्ष अघि भियतनामी भाषामा रहेको उक्त पुस्तक अंग्रेजीबाट नेपालीमा प्रोफेसर मिलन शाक्यले अनुवाद गर्नु भएको हो । पूस्तकले मानशिक स्वास्थ्य अन्तर्गतका डिप्रेसन, लागुपदार्थ दुरुपयोग र आत्महत्या जस्ता प्रवृतिबाट मुक्त हुन सकरात्मक सोच प्रदान गर्ने कार्यक्रमका वक्ताहरुले बताए । खाङ्सेर रिन्पोचे र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पूस्तकको विमोचन गर्नु भएको थियो । पुस्तकले मानसिक शान्ति प्राप्त गर्ने मार्गलाई उज्यालो पार्ने खाङ्सेर रिन्पोचेले बताउनु भयो ।
Read Moreलुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्र बनाउन ल्हारक्याल लामाको आग्रह
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् । भारतीय दूतावास, काठमाडौँ र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्तरूपमा शुक्रवार आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन जना बुद्ध क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको भन्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्ने धारणा राखेका हुन् । बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुआत भएको भन्दै उपाध्यक्ष डा लामाले विश्वकै शान्तिको स्रोत बुद्धको…
Read Moreलामा वाङचुक राप्तेनलाई ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड
उत्तरी गोरखा स्थित छेकम्पारका वाङचुक राप्तेन लामा ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् । वुमेन अफ द फ्यूचर नामक संस्थाले सिंगारपुरमा एक कार्यक्रम गरी मंगलवार लामालाई सम्मान गरेको हो । किमलुङ फाउण्डेसनका संस्थापक अध्यक्ष समेत रहेका लामा सामाजिक क्षेत्र अन्तरगत छनौट भइ सम्मानित भएका हुन् । उक्त कार्यक्रममा उनी सहित सामाजिक कार्यमा संलग्न हुदै आएका अन्य ५० जना पनि सम्मानित भएका छन् । यस संस्थाबाट सम्मानित हुने लामा नेपालको पहिलो व्यक्ति हुन् । उत्तरी गोरखाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै लामालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।…
Read More