लुम्बिनी प्रेस क्लबको बौद्ध सञ्चार यात्रा

‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा’ नारासहित लुम्बिनी प्रेस क्लब, रुपन्देहीले शुक्रबार भैरहवा–लुम्बिनी बौद्ध संचार यात्रा गरेको छ । क्लबको नवौं स्थापना दिवसको अवसरमा पदयात्रा गरिएको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए । शुक्रवार बिहान ७ः१० मा भैरहवाको लुम्बिनी गेटबाट सुरु पदयात्रा ११ः४० मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सशस्त्र प्रहरी २७ नम्बर गणका प्रमुख दीपककुमार थापा, राष्ट्रिय अनुसन्धानका रुपन्देही प्रमुख हुमाकान्त पाण्डे लगायतले रिवन काटेर बौद्ध संचार यात्राको सुरुवात गरेका थिए ।

यो बीचमा मायादेवी गाउँपालिकाको बेथरी र सेमरी–सुण्डीमा स्थानीयले स्वागत गरेका थिए । लुम्बिनीस्थित पर्सा चोकमा पर्यटन व्यवसायी, स्थानीय आमा समूहले स्वागत गरे । मायादेवी परिसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामा, सदस्यसचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए ।

Share

Related posts