जुममा गुञ्जियो धम्मचक्क सुत्र पाठ, विश्वका १४ भन्दा बढि देशका भिक्षु तथा उपासक सहभागि

सोमबार विश्वका विभिन्न मुलुकमा रहेका भिक्षु, भिक्षुणी, उपासक तथा उपासिकाद्वारा एक साथ धम्मचक्क सुत्र पाठ गरिएको छ । कात्तिक शुक्ल पूर्णिमाको अवसर पारेर विश्वभरका बौद्ध धर्मगुरु तथा अनुयायीहरुले सुत्रपाठ गरेका हुन् । बौद्ध धर्मावलम्वीका लागी यो पूर्णिमा अत्यन्तै महत्वपुर्ण रहेको छ । यसै दिन गौतम बुद्धले ५ जना ब्राह्मण भिक्षुलाई धम्मचक्क सुत्र देशना गर्नु भएको थियो । वर्ल्ड एलायन्स अफ बुद्धिजमले आयोजना गरेको कार्यक्रममा नेपाल सहित थाइल्याण्ड, म्यानमार, श्रीलंका, अमेरिका, भारत लगायतका १४ भन्दा बढि मुलुकका भिक्षु, भिक्षुणी तथा अनुयायी सहभागि थिए । नेपालबाट भिक्षु तपस्सी धम्म, भिक्षु बोधिज्ञान लगायत…

Read More

मास्टर कर्मा तान्पाई ग्याल्जेनको परिनिर्वाण

काठमाडौँको जोरपाटी सुन्दरटोलस्थि डुब्छेन छ्योलिङ (सेतो) गुम्बाका प्रमुख कर्मा तान्पाई ग्याल्जेनको  निधन भएको छ । उनको निधन भएको समाचार सुन्दा निकै दुख लागेको बताउँदै कमलशीला इन्स्टिच्यूटको फेसबुक पेजमा उक्त इन्स्टिच्यूटमा प्रमुख प्रशिक्षक आचार्य लामा केल्जांग र आचार्य लामा सोनामले उल्लेख गरेका छन् । पछिल्लो धर्मदेशनाका क्रममा हंगेरीमा रहेका कर्मा तान्पाईको उतै निधन भएको हो । बौद्ध धर्मको प्रवर्धनमा उल्लेखनीय योगदान दिदै आएका कर्मा तान्पाई धार्मिक सद्भावनाका लागी उद्धाहरणीय धर्मगुरु थिए । उनले विश्वका विभिन्न शक्तिशाली तथा चर्चित व्यक्तिहरुलाई समेत प्रत्यक्ष भेटेर बौद्ध ज्ञान बाढ्ने गरेका थिए ।

Read More

स्वयम्भू क्षेत्रका बौद्ध सम्पदा नहटाउन आग्रह, जवरजस्ती गरिए आन्दोलन गर्ने बौद्धमार्गीको चेतावनी

सडक विभागले चक्रपथ विस्तारको दोस्रो चरणमा स्वयम्भू क्षेत्रको बुद्धपार्कभित्र रहेका केही बौद्ध धार्मिक सम्पदा भत्काउन लागेको भन्दै बौद्ध धर्मावलम्वी आक्रोशित बनेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै सम्पदा भत्काउने कार्य विरुद्ध आन्दोलन गर्न स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔ अभियान गठन गरिएको समेत जानकारी दिइयो । आचार्य नुर्बु शेर्पाको संयोजकत्वमा मंसिर ५ गते बौद्ध धर्म सम्बन्धित विभिन्न धार्मिक संगठनको उपस्थितिमा स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियान गठन गरिएको हो । कलंकीदेखि चावहिलसम्मको सडक विस्तारको क्रममा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुप (साङ्गे तोङ्कु)…

Read More

पोखराको धर्मशिला विहारमा कथिन चिवर दान सम्पन्न, विहार निर्माणका लागी २ लाख सहयोय प्राप्त

पोखरा ३, नदिपुरस्थित धर्मशिला बुद्ध विहारमा आज कथिन चिवर दान कार्यक्रम गरिएको छ । कथिन चिवर दान कार्यक्रममा सहभागि हुन काठमाडौँको विश्व शान्ति विहारका प्रमुख भिक्षु बोधिज्ञान सहित ७ जना भिक्षुको समूह पोखरा पुगेका थियो । धर्मशिला बुद्ध विहारका भिक्षु धज्जवन्तो वर्षावास बसेका थिए । असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म वर्षावास बस्ने भिक्षुहरुलाई वर्षावास सकिएपछि कथिन चिवर दान गर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार धर्मशिला बुद्ध विहारमा शनिबार चिवर दान कार्यक्रम गरिएको हो । चिवर दान कार्यक्रमको दाता पोखरा निवासी सुजन वज्रचार्य र संगीता वज्राचार्य रहेका थिए । धर्मशिला…

Read More

बौद्ध धर्ममा पञ्चशीलको महत्व र उदारता

बौद्ध धर्ममा पञ्चशीलको एकदमै ठूलो महत्व छ । पञ्चशील बौद्ध धर्मको आधारभुत पाँच शीलहरुको संग्रह हो । अंगुत्तरनिकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा पञ्चशीलको वर्णन गरिएको छ । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापद भनिएको १० शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशील बौद्ध धर्म प्रवेश गर्ने प्रवेशद्वारको रुपमा लिइन्छ । पञ्चशीलमा बुद्धको मार्गमा हिड्नका लागि प्राणी हिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा अरुले नदिएको नलिने, झुठो नबोल्ने, आफ्नो पति वा पत्नी बाहेक अरुसँग नलाग्ने (भिक्षुहरुले कोहीसँग पनि व्यभिचार नगर्ने) प्रण लिइन्छ…

Read More

विश्व शान्ति विहारमा कथिन चिवर दान सम्पन्न, कोभिड १९ का कारण सिमित भिक्षु मात्रै आमन्त्रित

काठमाडौँको मिनभवनस्थित विश्व शान्ति विहारमा यस वर्षको कथिन चिवर दान कार्यक्रम बुधवार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण एकदमै सुरक्षित तवरले सामान्य तरिकाले कथिन चिवर दान कार्यक्रम गरिएको विहारका प्रमुख भिक्षु बोधिज्ञानले बताए । यसपटक चिवर दान सम्पन्न गर्न मलेशियाका दाताहरुले सहयोग गरेका छन् । कोभिड १९ कै कारण यसवर्ष विहार बाहिरबाट भिक्षुहरुलाई आमन्त्रण समेत नगरिएको उनले जानकारी दिए । विहारमै रहेका पनि निकै सिमित भिक्षुहरुलाई मात्रै सहभागि गराई दान कार्यक्रम गरिएको उनले उल्लेख गरे । यो वर्ष विश्व शान्ति विहारका ७ जना भिक्षु तीन महिने वर्षावास बसेका थिए…

Read More

हरेक महिनाको दशमी तिथिमा रिग्जिन दुईपा अर्थात् विद्याधर गणचक्र पूजा गर्दै बि.टि.एम.सी

बुद्धिष्ट टिचिंग एण्ड मेडिटेसन सेन्टरले हरेक महिनाको दशमी तिथिमा एकदिने रिग्जिन दुईपा अर्थात् विद्याधर गणचक्र पूजा आयोजना गर्ने भएको छ । पहिलो पूजा भोली मंसिर ९ गते हुँदैछ । काठमाडौँको किमडोल, स्वयम्भूमा पूजा गरिने बि.टि.एम.सी.का प्रमुख खेन्पो सोनाम गुर्मे तामांगले जानकारी दिदै पूजामा सहभाग हुन आग्रह पनि गरेका छन् । पूजा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । पूजाको धर्म टिभीको अफिसियल फेसबुक पेजबाट लाइभ समेत गरिदैछ । छेच्यू (दशमी) विशेषगरी गुरु पद्मशम्भवको जन्म दिनको पवित्र तिथि भएका कारण हिमाली भेगका बौद्ध धर्मावलम्वीले दशमीको दिन छोग (गणचक्र) पूजा गर्ने…

Read More

पिपली थेरवाद बुद्ध विहारमा कथिन दान सम्पन्न

काठमाडौँको सिफलस्थित पिपली थेरवाद बुद्ध विहारमा कथिन चिवर दान सम्पन्न भएको छ । आइतबार उक्त विहारमा भिक्षु तिस्सलाई दाताहरुले दान गरेका हुन् । भिक्षु तिस्स ३ महिने वर्षावास बसेका थिए । चिवर दान कार्यक्रममा नर बुद्ध विहारका प्रमुख भिक्षु पुण्णले पञ्चशील, सिद्धिपुर बुद्ध विहारका प्रमुख भिक्षु विमलोले धर्मदेशना र चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले कथिन अष्टपरिस्कार वाक्य वचन गरेका थिए । बुद्ध विहारमा भएको उक्त कथिन चिवर दानको दाताहरु गोकर्णेश्वर नगरपालिका दक्षिणढोका निवासी नानीमैया गुरुङ्ग घले र उपासक भरत बहादुर घले परिवार रहेका थिए । कार्यक्रममा गुरुङ्ग, मगर,…

Read More

बौद्ध धर्मको इतिहासको एक खम्बाः फा सियान, जसको कारण बुद्धको जन्मस्थल पत्ता लाग्यो

पुग्न त बौद्ध धर्म सन् ६७ मै चीन पुगिसकेको थियो र विस्तारै लोकप्रिय पनि हुन थालेको थियो । तर लामो समयसम्म यो शुद्ध रूपमा रहेन । शुद्ध रहोस् पनि कसरी र, चीनसँग यो धर्मबारे व्याख्या गर्ने आधिकारिक ग्रन्थ नै थिएन । गौतम बुद्धले के भनेका थिए, त्यसैबारे भ्रम थियो । बौद्ध धर्मको व्याख्या गलत ढंगले भइरहेको थियो । यस्तोमा एकजना चिनियाँ भिक्षु फा सियान (कतिपयले फा हियान पनि भन्ने गर्छन्) निस्के, बौद्ध धार्मिक यात्रामा । कालान्तरमा उनको यात्रा नै बन्यो इतिहासको भरपर्दो स्रोत । अहिले पनि नेपालसँगै भारतीय बौद्ध धर्मको अध्ययन गर्न फाले लेखेको किताबमा भर नपरेर…

Read More

यसकारण भिक्षुहरुले त्रिपिटक लिपिबद्ध गरे

बुद्धले बुद्धत्व प्राप्तिदेखि महापरिनिर्वाणसम्म धर्मसम्बन्धी उपदेश लगातार दिइरहे । बुद्धले उपदेश न कुनै एक खास व्यक्तिलाई मात्र दिएका थिए, न त एक खास स्थान वा खास समुदायलाई । उनले आफूद्वारा स्थापित संघका लागि आवश्यकता अनुसार नियम पनि बनाए । बुद्धको समयसम्म यी सबै उपदेश मौखिक थिए । उनका शिष्यले त्यसलाई कण्ठस्थ पार्थे । भिक्षुहरूमा सबैसँगै मिलेर कण्ठस्थ पार्ने चलन थियो । बुद्धको महापरिनिर्वाणपछि उनका मुख्य–मुख्य शिष्यले सबै उपदेशलाई संग्रहित गर्नु पर्ने आवश्यकता देखे । बुद्धका उपदेशहरु श्रृतिश्रवण परम्परामा मात्रै सिमित राख्दा कालान्तारमा आफु अनुकुल व्याख्या हुने वा सुनाइन सक्ने सम्भावना…

Read More