प्रत्येक पाँच वर्षको फरकमा ललितपुरमा हुने दिपंकर बुद्ध सम्यक महादान बिहिबार सम्पन्न भएको छ । पाँच-पाँच वर्षमा एक पटक गरिने सयौं बुद्ध र दिपंकर बोधिसत्वका प्रतिमाहरु सहभागि गराइदै मनाइने सम्यक महादान हिजो बुधबारदेखि सुरु भएको थियो । सम्यक महादान हेर्न हजारौ सर्वसाधारण भेला भएका थिए । यस वर्ष पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १ सय २६ बुद्धहरु एकै ठाउँमा भेला गरिएको थियो । नेवार-बौद्ध परम्पराअनुसार यस पर्वमा शाक्य तथा बज्राचार्य भिक्षुहरूलाई दान दिने गरिन्छ । त्यस्तै दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरा, आर्यतारालगायतलाई पनि दान दिइन्छ । धर्मवालम्बीहरूले दानमा सहभागिता जनाउनुलाई नै…
Read Moreमहिना: फ्रेवुअरी 2020
विश्वकै सबैभन्दा धेरै बुद्ध मूर्ति प्रदर्शनी हुने सम्यक महादान सुरु
सात सय वर्षदेखि सुरु हुँदै आएको काठमाडौँ उपत्यकाका बौद्धमार्गीहरुको महान उत्सव सम्यक पर्व सुरु भएको छ । फागुन १४ गते बुधबारदेखि सुरु भएको सम्यक पर्व प्रत्येक ५ वर्षमा आयोजना हुँदै आएको छ । सम्यक पर्वमा नेवार बौद्ध परम्परा अनुसार शाक्य तथा वज्राचार्य भिक्षु एवम् काठमाडौँ, भक्तपुर, कीर्तिपुर, चोभार लगायत स्थानबाट बुद्ध, दीपंकर बोधिसत्व, अवलोकितेश्वर, बसुन्धरा देवी, आर्य तारा लगायतका देवीदेवताका प्रतिमा ललितपुरको नागवहालमा ल्याएर पूजाआजा एवम् दान दिने परम्परा रहि आएको । यो पर्वमा सयौँको संख्यामा बुद्ध प्रतिमाहरु एकैस्थानमा ल्याई पूजाआजा गर्ने प्रचलन छ । सम्यकको पहिलो दिन बुधबार बेलुकी…
Read Moreबुद्धजयन्ती विशेषः नेपाल बुद्धिष्ट न्यूजको आयोजनामा राष्ट्रिय निवन्ध प्रतियोगिता आयोजना हुँदै
बौद्ध धर्म र दर्शन सम्बन्धी विविध गतिविधिलाई समाचार तथा बौद्ध दर्शनको अनलाईनमार्फत शिक्षा प्रवाह गर्ने उद्देश्यले सञ्चालित नेपाल बुद्धिष्ट न्यूजले निवन्ध प्रतियोगिता गर्ने भएको छ । आउँदै गरेको २५६४ औँ बुद्ध जयन्तीको अवसर पारेर गर्न लागिएको प्रतियोगिताको शीर्षक बौद्ध धर्ममा करुणाको स्थान रहेको छ । प्रतियोगितामा सहभागि हुनका लागि यसै शीर्षकको भाव अनुसारको निवन्ध लेखेर पठाउनु पर्नेछ । निवन्ध प्रतियोगितामा भाग लिनका लागि वैशाख १० गतेभित्र आफुले लेखेको निवन्ध नेपाल बुद्धिष्ट न्यूजको इमेलमा पठाउनु पर्नेछ । प्रतियोगिता सम्बन्धी थप जानकारी निवन्धको शीर्षकः बौद्ध धर्ममा करुणाको स्थान निवन्ध पठाउने अन्तिम मितिः…
Read Moreश्याल्पा तेन्जिन रिम्पोछेको जन्मोत्सवमा प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन
सोमबार काठमाडौँको कपनमा श्याल्पा तेन्जिन रिन्पोछेद्वारा लेखिएको पुस्तक प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन सार्वजनिक गरिएको छ । रिन्पोछेको जन्मोत्सव तथा ग्लाल्पो ल्होसारको अवसर पारेर उक्त पुस्तक सार्वजनिक गरिएको हो । प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन गत वर्ष फागुनमा अंग्रेजीमा प्रकाशित लिभिंग फुल्लीः फाइण्डिंग जोय इन एभ्री ब्रेथको नेपाली अनुवाद हो । करिब ४ दशकदेखि बौद्ध ज्ञान र दर्शनमा अभ्यस्त रहँदै आएका रिम्पोछेले आफ्नो ज्ञान तथा अनुभवलाई उक्त पुस्तकमा उतारेका छन् । कपन गुम्बामा आयोजित पुस्तक सार्वजनिक तथा रिम्पोछेको जन्मोत्सव कार्यक्रममा लामा, शुभेच्छुक, अनुयायी तथा सञ्चारकर्मी लगायत उपस्थित थिए । रिन्पोछेले…
Read Moreबौद्ध धर्मका कृति वेभसाइटमा
नेपालको स्थविरवाद बुद्धधर्ममा अहिलेसम्म प्रकाशित कृतिहरु अब वेबसाईटबाटै पढ्ने व्यवस्था मिलाइएको छ । भिक्षु अस्सजीको संयोजकत्वमा १५ जनाको टोलीले धम्म डिजिटल शुरु गरेपछि वेभसाइटबाटै स्थविरवाद बुद्धधर्मको कृति पढ्न पाइने भएको हो । स्थविरवाद बुद्धधर्मको पुनःजागरणयताको झन्डै ८० वर्षको अवधिमा प्रकाशित कृति, लेख रचनाहरु पढ्न नया“ पुस्ताका लागि सहज बनेको संयोजक भिक्षुले बताए । गत शनिबार ललितपुरको धापाखेलमा आयोजित एक समारोहका बीच सो वेभसाईटको शुभारम्भ गरिएको थियो । सो अवसरमा सम्बद्ध वक्ताहरुले इन्टरनेटको माध्यमबाट विश्वको जुनसुकै स्थानबाट बसेर बुद्ध धर्म सम्बन्धी किताब पढ्न सकिने अवस्थाले बुद्ध धर्मको विकासमा महत्वपूर्ण टेवा पुर्याउने…
Read Moreबौद्ध शिक्षाको अध्ययन गर्ने विद्यार्थीलाई नेपाल बौद्ध संघको छात्रवृत्ति
नेपाल बौद्ध संघले बौद्ध शिक्षाको अध्ययन गरिरहेका पाटन बहुमुखी क्याम्पसका १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आइतबार ललितपुरमा आयोजित छात्रवृत्ति प्रदान कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक सर्वेन्द्र ठाकुरले बुद्ध शिक्षाको प्रवद्र्धनका लागी छात्रवृत्ति प्रदान गर्न पाउँदा संघले नै गौरव महशुष गरेको बताए । कर्यक्रममा बोल्दै उनले आगामी वर्षहरुमा पनि क्रमैसँग १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्घोष गरे । छात्रवृत्ति पाटन क्याम्पसमा मात्रै सिमित नहुने पनि संघका कार्यकारी निर्देशक ठाकुरले बताए । आगामी वर्ष अन्य शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्ने योजना संघको रहेको ठाकुरको भनाई छ…
Read Moreलुम्बिनीमा बौद्ध सम्मेलन गर्ने भएपछि पर्यटनको विकास हुने सम्भावना
सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लुम्बिनीलाई प्राथमिकतामा राखेर बौद्ध सम्मेलन गर्नुले यहाँको पर्यटन व्यवसायमा मात्र नभई बृहत्तर लुम्बिनी विकासको योजना अघि बढाउन पनि सहयोग पुग्ने व्यवसायीको भनाइ छ । “बौद्ध सम्मेलनले अन्तर्रा्ष्ट्रिय जगत्मा लुम्बिनीको प्रचार हुनुका साथै पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ, त्यसैले पनि सरकारले गरेको निर्णय स्वागतयोग्य छ”– लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले बताएका छन् । सरकारले बुद्ध जयन्ती अर्थात् वैशाख शुक्ल पूर्णिमाको अवसर पारेर हरेक दुई वर्षमा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन गर्दै…
Read Moreगौरीशंकरको मार्बुमा दीर्घायू अभिषेक (वाङ) हुने
गौरीशंकर गाउँपालिका वडा नं. ७ स्थित मार्बु गाउँमा दीर्घायू अभिषेक (वाङ) तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । च्याग फो चिवा लो २१४७ औँ ग्याल्पो ल्होसारको अवसरमा गरिन लागिएको उक्त दीर्घायू अभिषेक फागुन १४ गते हुँदैछ । अभिषेकका तथा प्रवचनका लागि सिक्किमबाट टुल्कु छिरिङ दोर्जे रिन्पोछे उपस्थित हुने गौरीशंकर गाउँपालिका वडा नं. ७ का अध्यक्ष आङ दोर्जे शेर्पाले बताए । कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष तथा धर्मगुरु आचार्य नुर्बु शेर्पा खेन्पो पेम छिरी शेर्पा पनि सहभागि हुने अध्यक्ष शेर्पाले जानकारी दिए । वाङ कार्यक्रममा विहान ८ देखि १२ बजेसम्म…
Read Moreकोरोना भाइरसबाट मृत्यु भएकाको स्मृतिमा हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन
चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको हो । सङ्क्रमणबाट दिवङ्गत भएकाहरुको सम्झना तथा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयवासीको सहयोगमा प्रज्ञापारमितासमेत पाठ गरियो । दीप प्रज्वलनमा सहभागीले चिनियाँ तथा नेपाली भाषामा ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’, ‘सङ्क्रमणविरुद्धको जीत निश्चित छ’ लगायतका नारा लोखिएको प्लेकार्ड बोकेका थिए । नेग्गाका अध्यक्ष निशान प्रधानले नेपालको…
Read Moreझापाको काकडभिट्टामा वज्रगुरु जप सुरु
बौद्ध धर्मको प्रवद्र्धन तथा विश्व शान्ति एवम् देशमा दिगो शान्तिको कामना गर्दै झापाको काकडभिट्टामा वज्रगुरु जप (सिद्धि दुङ्ड्रुब पूजा) आयोजना भइरहेको छ । हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजद्वारा आयोजना भइरहेको पूजा फागुन १ गतेदेखि सुरु भएको हो । परम पुजनीय धर्मगुरु खेन्छेन नम्ड्रोल छिरिङ रिन्पोछे ज्यूको नेत्तृत्वमा भइरहेको वज्रगुरु जप फागुन ६ गते समापन हुने आयोजकले जानकारी दिएको छ । तस्विरः हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको फेसबुक पेजबाट
Read More