बौद्ध शिक्षाको अध्ययन गर्ने विद्यार्थीलाई नेपाल बौद्ध संघको छात्रवृत्ति

नेपाल बौद्ध संघले बौद्ध शिक्षाको अध्ययन गरिरहेका पाटन बहुमुखी क्याम्पसका १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आइतबार ललितपुरमा आयोजित छात्रवृत्ति प्रदान कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक सर्वेन्द्र ठाकुरले बुद्ध शिक्षाको प्रवद्र्धनका लागी छात्रवृत्ति प्रदान गर्न पाउँदा संघले नै गौरव महशुष गरेको बताए । कर्यक्रममा बोल्दै उनले आगामी वर्षहरुमा पनि क्रमैसँग १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्घोष गरे ।

छात्रवृत्ति पाटन क्याम्पसमा मात्रै सिमित नहुने पनि संघका कार्यकारी निर्देशक ठाकुरले बताए । आगामी वर्ष अन्य शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्ने योजना संघको रहेको ठाकुरको भनाई छ ।

छात्रवृत्तिले बौद्ध शिक्षाको अध्ययनमा अझ उत्साहित मिलेको प्रतिक्रिया छात्रवृत्ति पाउने विद्यार्थीहरुले दिए । संघले छात्रवृत्ति प्रदान गरेर बौद्ध धर्म तथा दर्शनको औपचारिक शिक्षा लिन चाहने विद्यार्थीहरुको हौसला बढाएको क्याम्पसका प्राध्यापक डा. जगतप्रसाद पराजुली तथा डा. जुनु बासुकलाले प्रतिक्रिया दिए ।

बौद्ध शिक्षाको अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना संघका अध्यक्ष १३ औँ अवतारी छोग्याल रिन्पोछेको हो । २०७२ सालको भूकम्पबाट प्रभावित बनेकाहरुलाई राहत वितरण गर्दै जादा भत्किएका गुम्बाको पूनर्निमाण ग्रामीण भेगका लामाहरुलाई बौद्ध शिक्षाको ज्ञान प्रदान गर्ने उद्देश्यले छोग्याल रिन्पोछेले नेपाल बौद्ध संघको स्थापना गरेका हुन् ।

गुम्बा पूननिर्माण तथा लामाहरुलाई शिक्षा दिने क्रममै बौद्ध शिक्षाको औपचारिक शिक्षा लिइरहेकाहरुलाई पनि छात्रवृत्ति दिने योजना छोग्याल रिन्पोछेले बनाएका हुन् । सोही अनुरुप पाटन बहुमुखी क्याम्पसबाट छात्रवृत्ति प्रदान गर्न सुरु गरिएको हो ।

Share

Related posts