बौद्ध गुरु तिलोपा ८औँदेखि ११औँ शताब्दीबीचका महान योगी तथा शिद्ध गुरु हुनुहुन्छ । उहाँको जन्म हालको भारतमा एक ब्राह्मण परिवारमा भएको मानिन्छ । उहाँमा बाल्यकालदेखि नै तीक्ष्ण बुद्धि र आध्यात्मिक जिज्ञासा देखिन्थ्यो । प्रारम्भिक शिक्षामा उहाँले सामान्य वैदिक अध्ययन, संस्कृत शास्त्र र धर्मशास्त्रहरूको ज्ञान प्राप्त गर्नुभयो । तर बाल्यकालमै उहाँको मन भौतिक जीवनभन्दा पर गहिरो सत्यको खोजतर्फ आकर्षित भयो । युवावस्थामा तिलोपाले मठीय शिक्षा ग्रहण गर्दै बौद्ध दर्शन, तर्कशास्त्र र ध्यान अभ्यासको अध्ययन गर्नुभयो । तर उहाँले शास्त्रीय ज्ञानले मात्र मुक्ति सम्भव हुँदैन भन्ने निष्कर्ष निकाल्नुभयो । त्यसपछि उहाँले परम्परागत…
Read More