संसारभर चर्चित नारोपाका ६ योग के हुन् ?

नारोपा बौद्ध धर्मका महान महासीद्ध, दार्शनिक तथा योगीमध्ये एक हुनुहुन्छ । उहाँको जन्म करिब ११औँ शताब्दीको प्रारम्भतिर भारतको बंगाल क्षेत्रमा भएको मानिन्छ। प्रारम्भिक जीवनमै उहाँ असाधारण प्रतिभाशाली हुनुहुन्थ्यो। उहाँले तत्कालीन विश्वप्रसिद्ध नालान्द विश्वविद्यालयमा अध्ययन गरी पछि त्यहीँका प्रमुख आचार्य बन्नुभएको थियो । बौद्ध दर्शन, तर्कशास्त्र, व्याकरण तथा तन्त्रमा उहाँको गहिरो ज्ञान थियो ।

यद्यपि शास्त्रीय ज्ञानले मात्र अन्तिम सत्य प्राप्त नहुने अनुभूति भएपछि उहाँले सच्चा आध्यात्मिक गुरुको खोजी गर्नुभयो । यस क्रममा उहाँको भेट महान महासीद्ध तिलोपासँग भयो । तिलोपाले नारोपालाई कठोर परीक्षा, साधना र आध्यात्मिक अनुशासनबाट दीक्षित गर्नुभयो । परम्पराअनुसार नारोपाले गुरुबाट अनेक कठिन परीक्षा पार गरेपछि प्रत्यक्ष अनुभूतिमा आधारित ज्ञान प्राप्त गर्नुभयो । यही सम्बन्धलाई वज्रयान बौद्ध परम्परामा गुरु–शिष्य सम्बन्धको सर्वोच्च उदाहरण मानिन्छ ।

नारोपाले प्राप्त गरेका गहन योग अभ्यासहरू पछि “नारोपाका छ योग का नामले प्रसिद्ध भए । यी अभ्यासहरूमा तुम्मो (आन्तरिक ताप), स्वप्न योग, मायावी शरीर, प्रकाश योग, बर्दो तथा चेतनाको स्थानान्तरणजस्ता उच्च तान्त्रिक साधनाहरू समावेश छन् । आज पनि यी अभ्यासहरू विशेषगरी प्बनथग परम्परामा अत्यन्त महत्वपूर्ण मानिन्छन् ।

नारोपाका प्रमुख शिष्य मार्पा लोचवा हुनुहुन्थ्यो । मार्पाले भारतबाट यी शिक्षाहरू तिब्बत पु¥याउनु भयो । पछि मार्पाका शिष्य मिलारेपा र उहाँका उत्तराधिकारीहरूबाट काग्यू परम्परा विश्वभर फैलियो । यसरी नारोपाको ज्ञानले हिमाली बौद्ध धर्मको विकासमा अत्यन्त गहिरो प्रभाव पारेको छ ।

आज नारोपालाई विद्वान मात्रै होइन, बौद्ध धर्ममा बौद्धिक ज्ञानलाई प्रत्यक्ष साधना र अनुभूतिसँग जोड्ने अद्वितीय महासीद्धका रूपमा सम्मान गरिन्छ । उहाँको जीवनले साँचो ज्ञान पुस्तकमा सीमित नभई योग्य गुरुको मार्गदर्शन, निरन्तर साधना र आत्मानुभूतिबाट प्राप्त हुने सन्देश दिन्छ ।

Share

Related posts

Leave a Comment