८ मंसिर,बनेपा: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ । जात्राको मुख्य दिन आज पूर्णिमाका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो । राजकुमार महासत्वले भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नो शरीर अर्पण गरेको स्मरणमा यो जात्रा मनाउने गरिएको नगरप्रमुख कुन्साङ लामाले बताए । त्यसलाई त्याग र करुणाको अर्थमा लिने गरिएको छ । उनका अनुसार…
Read MoreDay: November 24, 2026
विश्वशान्ति र मानवताको संरक्षणमा बुद्धका शिक्षालाई आत्मसात् गर्नुपर्नेमा जोड
८ मंसिर, काठमाडौं : आधुनिक विश्वमा बढ्दै गएको द्वन्द्व, हिंसा, अशान्ति र असहिष्णुताको समाधानका लागि भगवान् गौतम बुद्धका शिक्षा तथा दर्शनलाई व्यवहारमा उतार्नुपर्नेमा भारतको बिहारस्थित पटनामा आयोजित राष्ट्रिय सेमिनारका सहभागीहरूले जोड दिएका छन् । उनीहरूले बुद्धका करुणा, अहिंसा, मैत्री र सहअस्तित्वका सिद्धान्त विश्वशान्ति स्थापनाका लागि प्रभावकारी मार्गदर्शन बन्न सक्ने बताएका हुन् । ‘बुद्ध विचारमार्फत मानवता र विश्वशान्ति’ विषयमा आयोजित दुईदिने राष्ट्रिय सेमिनारको समापन कार्यक्रममा वक्ताहरूले वर्तमान विश्वमा देखिएका युद्ध, सामाजिक विभाजन, धार्मिक असहिष्णुता र आपसी अविश्वासजस्ता समस्याको समाधानका लागि बुद्धदर्शनको सान्दर्भिकता बढ्दै गएको उल्लेख गरे । उनीहरूका अनुसार भौतिक विकास…
Read Moreसारनाथमा बुद्धका पवित्र अस्थिधातुको सार्वजनिक दर्शन आज सम्पन्न हुँदै
८ मंसिर,काठमाडौं : भारतको उत्तर प्रदेशस्थित ऐतिहासिक बौद्ध तीर्थस्थल सारनाथमा भगवान् गौतम बुद्धका पवित्र अस्थिधातुको सार्वजनिक दर्शन कार्यक्रम आज नोभेम्बर २४ मा सम्पन्न हुँदैछ । नोभेम्बर २२ देखि सुरु भएको तीनदिने विशेष धार्मिक कार्यक्रम मुलगन्ध कुटी विहारमा आयोजना गरिएको हो । बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेपछि आफ्ना पाँच पूर्वसहयोगीलाई पहिलो धर्मदेशना दिएको स्थल सारनाथ बौद्ध धर्मावलम्बीका लागि अत्यन्त पवित्र मानिन्छ । यही स्थानबाट बुद्धले चार आर्यसत्य र आर्य अष्टाङ्गिक मार्गको शिक्षा प्रवाह गर्दै धर्मचक्र प्रवर्तन गर्नुभएको बौद्ध ग्रन्थहरूमा उल्लेख छ । त्यसैले सारनाथलाई बौद्ध धर्मको इतिहासमा धर्मचक्र प्रवर्तनस्थलका रूपमा विशेष…
Read More