७ मंसिर, बनेपा: राजकुमार महासत्त्वले भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको जीवन रक्षाका लागि आफ्नो शरीर अर्पण गरेको ऐतिहासिक तथा धार्मिक किंवदन्तिसँग जोडिएको नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित प्रसिद्ध बौद्ध तीर्थस्थलमा लाग्ने यस जात्रामा हजारौँ श्रद्धालु तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ । कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन दिवङ्गत आफन्त तथा पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिने परम्परा छ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार भोलि मङ्गलबार कात्तिक शुक्ल पूर्णिमाका दिन मुख्य मेला लाग्नुका साथै विशेष पूजाआजा…
Read MoreDay: November 23, 2026
बुद्धले पहिलो धर्मदेशना दिएको सारनाथले पायो विश्व सम्पदाको मान्यता
७ मंसिर, काठमाडौं : भारतको उत्तर प्रदेशस्थित ऐतिहासिक बौद्ध तीर्थस्थल सारनाथ युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ । दक्षिण कोरियाको बुसानमा २०२६ जुलाई २५ मा सम्पन्न विश्व सम्पदा समितिको ४८औँ बैठकले सारनाथलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने निर्णय गरेको हो । यससँगै भारतको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको सङ्ख्या ४५ पुगेको छ । गौतम बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेपछि सारनाथमा आफ्ना पाँच पूर्वसहयात्रीलाई पहिलोपटक धर्मदेशना दिएका थिए । यही घटनालाई बौद्ध परम्परामा धर्मचक्र प्रवर्तन भनिन्छ । यस घटनाबाट बुद्धको शिक्षाको औपचारिक प्रचारप्रसार सुरु भएको र बौद्ध सङ्घको स्थापना भएको…
Read More