सोमबार काठमाडौँको कपनमा श्याल्पा तेन्जिन रिन्पोछेद्वारा लेखिएको पुस्तक प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन सार्वजनिक गरिएको छ । रिन्पोछेको जन्मोत्सव तथा ग्लाल्पो ल्होसारको अवसर पारेर उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
प्रत्येक श्वासमा आनन्द पूर्णताको जीवन गत वर्ष फागुनमा अंग्रेजीमा प्रकाशित लिभिंग फुल्लीः फाइण्डिंग जोय इन एभ्री ब्रेथको नेपाली अनुवाद हो । करिब ४ दशकदेखि बौद्ध ज्ञान र दर्शनमा अभ्यस्त रहँदै आएका रिम्पोछेले आफ्नो ज्ञान तथा अनुभवलाई उक्त पुस्तकमा उतारेका छन् ।
कपन गुम्बामा आयोजित पुस्तक सार्वजनिक तथा रिम्पोछेको जन्मोत्सव कार्यक्रममा लामा, शुभेच्छुक, अनुयायी तथा सञ्चारकर्मी लगायत उपस्थित थिए । रिन्पोछेले अंग्रेजीमा रहेको आफ्नो पुस्तकलाई नेपालीमा अनुवाद गरेर अ्रंग्रेजी भाषा नबुझ्नेलाई समेत पुस्तकमा रहेको ज्ञानको परख गर्ने मौका दिएको संस्कृतिविद सत्यमोहन जोशीले बताए ।